ल्होत्साम्पा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
ल्होत्साम्पा (तिब्बती: ལྷོ་མཚམས་པ་, अर्थ: दक्षिणबासि) भूटानका मुख्यतया हिन्दुधर्मी र अरु नेपाली मूलका मानिसहरूलाई भनिन्छ। यिनीहरू भुटानमा इश्वी १९औ सताब्दी देखि बसोबास गर्न थाले। [१] [२] यिनीहरूको आगमन बढ्दै गएका बेला भर्खरै भूटानको राजनैतिक विकास हुन थालेको थियो र १८८५मा तत्कालिन राजा उगेन वान्ग्चुच्कले कुटनैतिक सम्बन्ध बढाएर भूटानको पररास्ट्र नीति ब्रिटिश/भारतलाई सुम्पे।[२][३] तर धेरै संख्यामा बसाइ सर्नुभन्दा धेरै पहिले करिब सन् १६२०मा नै शाब्द्रुंग नवांग नामग्यालले केही नेवार शिल्पकारहरूलाई काठमाडौंबाट बोलाएका थिए [४]
यिनीहरू हिन्दू चाड पर्बहरू दसैं र तिहार, मनाउछन् भने बौद्ध धर्मको ल्होसार, लूसोंग, सागा दावा, ल्हाबाब ड्युचेन, ड्रूपका टेशी र भूमचूती अरु चाड-पर्ब हुन। नेपाली प्राय सबै ल्होत्साम्पाको बोलीचालीको भाषा हो र अङ्ग्रेजी र हिन्दी बोल्ने अनि बुझ्ने मानिसहरू पनि छन्। अरु भाषाहरूमा गुरूङ, लेप्चा, लिम्बु, मगर, नेवारी र तामाङ इत्यादि पर्दछन।
तिनीहरू मध्ये करिब एक लाख दुई दशकदेखि दक्षिणपूर्वी नेपालको झापा र मोरङ जिल्लाका सात शिविरमा शरणार्थीका रूपमा छन्[५]. त्यसैगरी भारतमा ३० हजार जति ल्होत्साम्पाहरू शरणार्थीका रूपमा बसिरहेका रहेका छन्। उनिहरूले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन्। भूटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरे। संयुक्त राज्य अमेरिकाले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ [६]।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ Worden, Robert L. & Savada, Andrea Matles (ed.) (1991), "Chapter 6: Bhutan - Ethnic Groups", Nepal and Bhutan: Country Studies (3rd ed.), Federal Research Division, United States Library of Congress, pp. 424, ISBN 0844407771, <http://lcweb2.loc.gov/frd/cs/bttoc.html>. Retrieved on २ अक्टोबर २०१०
- ↑ २.० २.१ "Background Note: Bhutan", 2010-02-02
- ↑ "Timeline: Bhutan", 2010-05-05
- ↑ Aris, Michael (1979), Bhutan: The Early History of a Himalayan Kingdom, Aris & Phillips, pp. 344, ISBN 9780856681998
- ↑ http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=216896
- ↑ http://bhutansamachar.com/841.html
यो भुटान सम्बन्धी लेख अहिले अधुरो अवस्थामा छ। यसलाइ तपाइ बढाएर यस लेखलाइ सुधार्न सक्नुहुन्छ।