वार्तालाप:ललितपुर घोषणापत्र, २०६८

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो घोषणापत्र मलाइ शत प्रतिशत मन पर्यो। जे जस्तो भएपनि आफ्नो भाषालाइ हामी आफै बचाइराख्नु पर्दछ। गल्ती भएको ठाउँमा गल्ती औंल्याएर सच्याउने वा सच्याउन लगाउनु पर्छ जस्तो आयो त्यस्तै स्विकार गर्न हुँदैन भन्ने मलाइ लाग्दछ। घोषणापत्र एकदमै मन पर्यो। --Rajesh (वार्ता) १९:०२, २८ मार्च २०१२ (युटिसी(UTC))

मैंले पनि हस्ताक्षर गरेँ[सम्पादन गर्नुहोस्]

यो कार्यक्रममा विकिपीडियाको तर्फबाट म सहभागी भएको थिएँ। भेलामा उपस्थित बुद्धिजिवी लेखक, पत्रकार, भाषाविद् एवं भाषाकर्मीहरूले उठाउनुभएका विभिन्न विषयहरू सही र गम्भीर थिए। भाषालाई जीवन्त राख्नका लागि यसका प्रयोगकर्ताहरूले समय समयमा यस किसिमका वहश चलाउनु भाषाको विकासका लागि महत्त्वपूर्ण काम हो। तर, भाषाको विकास र अन्तरराष्ट्रिय प्रयोग बढाउन अत्यन्तै महत्त्वपूर्ण भूमिका निभाइरहेको अनलाइन क्षेत्रलाई त्यस कार्यक्रममा आलोचना मात्र गरियो, त्यो आलोचनाको प्रतिवाद गर्न एकजना पनि अनलाइन कर्मीलाई अवसर दिइएन जुन खेदजनक छ। यो घोषणापत्रमा भएका सबै कुरामा मेरो सहमति छैन न त भाषालाई बिगारेर कुरूप बनाउनेमा नै हाम्रो सहमति हुन सक्छ। यद्यपि मैंले त्यस घोषणापत्रमा आलोचनात्मक समर्थन साथ हस्ताक्षर गरेको छु। भाषा नियमित रूपमा विकास हुने प्रकृया हो। त्यसैले केही जटीलतामा सरलता ल्याउनुपर्छ भन्ने मेरो धारणा छ।

त्यस घोषणापत्रको समग्र प्रकृया र अभियानलाई विकिपीडियाको तर्फबाट लिखित प्रतिकृया दिइएको छ।--Ganesh Paudel (वार्ता) ०४:५१, २९ मार्च २०१२ (युटिसी(UTC))