विकिपिडिया:चौतारी/पुरालेख 1

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली भाषामा यति महत्त्वपूर्न काम थलानी भएकोमा यस सँग सम्बन्धित व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु। मेरो नाम अशोक थापा हो । म साहित्यको विद्यार्थी हो । मैले त्रि. वि. बाट नेपाली साहित्यमा एम् पास गरी अहिले त्यहीँबाट नेपाली नाटकमा पि एच् डी गर्दै छु। म तस विकिपिडियामा निरन्तर साहित्य सम्बन्धी लेख लेख्‍न चाहन्छु त्यसका लागि मैले के गर्नु पर्ला? तुरुन्त प्रतिक्रिया पाउँ । Ashok Thapa kazithapa@gmail.com 9841405988

सर्वनाममा एकरूपता ल्याऔं[सम्पादन गर्नुहोस्]

व्यक्ति सँग सम्बन्धित लेखहरूमा प्रयोग हुने आदरार्थी सर्वनाममा एकरूपता ल्याउन 'तिमी' बर्ग प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास विकीपिडियामा पनि प्रयोग गर्दा उपयुक्त हुने थियो कि? --गणेश पौडेल १०:४२, १८ एप्रील २०१० (UTC)

पुस्तकालय दिवस[सम्पादन गर्नुहोस्]

अन्य देशमा आआफ्नै मौलिकता अनुसार पुस्तकालय दिवस मानउने गरिए पनि नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाइन्छ । पुस्तकालय सूचनाको भण्डार तथा ज्ञानको महत्त्वपूर्ण स्रोत हो । पुस्तकालय क्षेत्रलाई समाज विकास र समाज परिवर्तनको कडीको रूपमा लिन सकिन्छ । सरकारी तथा निजी तवरबाट नेपालका अधिकांश सङ्घ संस्थाहरूमा पुस्तकालयको स्थापना गरिए पनि यस क्षेत्रको दीगो विकासका लागि खास उल्लेखनीय काम हुन नसक्नु चिन्ताको विषय बनेको छ । अत्यन्त गाम्रीण समुदायदेखि अति भव्य सहरीकरण भएको स्थानसम्म पुस्तकालयको विकास गर्दै एक शिक्षित समाजको निर्माणको दिशामा क्रियाशील हुन पर्ने आजको आवश्यकता हो । पुस्तकालयले शिक्षित र सभ्य समाज निर्माणमा सहयोग पुर्‍याउँछ, समाज बस्न योग्य बनाउँछ; नागरिकको सोचाइमा परिवर्तन ल्याउँछ । अझ पुस्तकालयको विकास नै नयाँ नेपाल निर्माणको महत्त्वपूर्ण निकास हो । पुस्तकालयको विकास र पुस्तकालयकर्मीको सम्मानजनक सामाजिक उपस्थिति तथा पुस्तकालय क्षेत्रको सर्वाङ्गिण विकास गर्नाका लागि यो दोस्रो पुस्तकालय दिवस भव्यताका साथ देशव्यपि रूपामा सम्पन्न गरिएको छ । यही २०६६ भदौ ८ गतेदेखि १५ गते सम्मको एक हप्‍ताको समयलाई पुस्तकालय सप्‍ताहका रूपमा विविध कार्यक्रम गरी सम्पन्न गरी मनाइयो ।हरेक वर्ष भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाइएकोमा प्रथम पुस्तकालय दिवस २०६५ तत्कालीन नेपाल पुस्तकालय संघका अध्यक्ष भोलाकुमार श्रेष्‍ठको संयोजकत्वमा प्रथम पुस्तकालय दिवस मनाइयो भने दोस्रो पुस्तकालय दिवस पुस्तकालय तथा सूचना विज्ञान विद्यार्थी सङ्घ (लिसा) का अध्यक्ष अशोक थापाको संयोजकत्त्वमा मनाइएको थियो भने पुन नेपाल पुस्तकालय संघका वर्तमान अध्यक्ष प्रकाशकुमार थापाको संयोजकनत्वमा तेस्रो पुस्तकालय दिवस मनाइदैछ।स्मरण रहोस् यी तीनै पुस्तकालय दिवस मूल आयोजक समितिका सचिव विश्‍वराज गौतम हुन्। -अशोक थापा kazithapa@gmail.com 9841405988

यो पृष्ठमा विकिपिडिया सम्बन्धित विषयहरुको बारेमा बहस गर्न सकिन्छ। नेपाली विकिपिडिया सम्बन्धित केही सुझाव भएमा यहाँ राख्न अनुरोध गरिन्छ। धन्यवाद!

म्यानुएल‍‍‍‍‍‍‍‍[सम्पादन गर्नुहोस्]

मुख पृष्ठमा संपादन कसरी गर्ने र संपादन गर्न र लेखहरु थप्न प्रोत्साहन गर्ने सामाग्री राखे राम्रो होला। धन्यवाद।

एउटा सानो विकास[सम्पादन गर्नुहोस्]

हाम्रो विकिपिडियामा देखाईने अङ्क रोमनमा थियो (जस्तै मिति, लेख संख्या)। त्यसको बारेमा बगजिल्ला भन्ने ठाउँमा निवेदन राखेर अब देवनागरी संख्या नै देखिने गरिएको छ। धन्यवाद।--युकेश १६:४०, १९ एप्रील २००७ (UTC)

विषय सूची राख्न के गर्नुपर्ला?[सम्पादन गर्नुहोस्]

मैले विकिपेडियामा विषय सूची राख्न सकिन? के गर्नुपर्ला?

विषय सूचीआफै आउछ । जब सामाग्री Content धेरै हुन्छ तब विषय सूचीआउछ । जस्तै यो पेजमा ४ वटा = = हरु राख्नुहोस् ४ लाइन सम्म । तब विषय सूचीआफै आउछ। राजेश १५:१९, ५ जुन २००७ (UTC)

लेख श्रेणीकरण[सम्पादन गर्नुहोस्]

कुनैपनि विकिपीडियमा हरेक लेख श्रेणीकरण (category) हुनु अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले यस विकिपिडियामा नयाँ लेख थपिनासाथ त्यो ठीक तरिकाले श्रेणीकरण भए नभएको हेर्नु जरूरी छ । यो काम गर्न सजिलो पनि छ । नयाँ लेख थप्नासाथ त्यसलाई उचित तरिकाले श्रेणीकृत गर्ने गरौं । यदि कुनै लेख श्रेणीकृत नगरिएको अथवा गल्ती तरिकाले श्रेणीकृत गरेको भेटिएमा त्यसलाई तुरून्त ठीक तरिकाले श्रेणीकृत गरौं । श्रेणीकरू सम्बन्धि हेर्नको लागि कुनै प्रयोगकर्तालाई जिम्मा दिएमा अझ राम्रो हुन्छ होला । सबै प्रयोगकर्ताहरूलाई श्रेणीकरण कसरी गर्ने भन्ने थाहा नहुन सक्तछ । त्यसैले श्रेणीकरण गर्ने काम कसैले जिम्मा लिएमा त्यस्ता प्रयोगकर्ताहरूलाई उक्त काम कसरी गर्ने भन्ने सिकाईरहनु जरूरी पनि हुँदैन ।

हालसम्म भएको श्रेणीकरणको नक्सा तयार पार्न सकिन्छ जसले गर्दा श्रेणीकरण काम सजिलो र ज्यादा प्रभावकारी हुन सक्तछ । आनियो ०१:५८, २० जुन २००७ (UTC)

यो निकै राम्रो प्रसंग ल्याउनभयो आनियो जी। सर्वप्रथम त मेरो ढिलो प्रतिक्रियाको लागि क्षमा चाहन्छुं। म तपाईंसंग सहमत छुं। मेरो विचारमा लेखहरुलाई वर्गीकरण/श्रेणीकरण गर्न मुख्य पृष्ठमा (विकिपिडियाको शिर्षकको दांया) रहेका ९ वटा श्रेणीहरुलाई प्रयोग गर्दा उपयुक्त हुन्छ जस्तो लाग्दछ। यी प्रमुख श्रेणीहरु मैले सबै विकिपिडियामा हुनपर्ने लेखहरुको मुख्य शिर्षकहरुबाट साभार गरेर राखेको थिएं। अंग्रेजीमा पनि झण्डै यी मुख्य शिर्षकहरुको अधीनमा लेखहरुलाई वर्गीकरण गरिएको छ। र फेरि यी श्रेणीहरु मुख्य शिर्षकमा नै रहेकाले यिनीहरुबाट परिवहन (न्याभिगेसन) गर्न पनि सरल हुन्छ। रह्यो कुरा यी गतिविधिहरुको रेखदेख कसले गर्ने भन्ने, अंग्रेजी विकिपिडियामा विषेश सम्पादकहरु हुन्छन् जसलाई विकिनोम (wikiGnome) भनिन्छ, यस्ता प्रयोगकर्ताहरुले त्यहाँका लेखहरुलाई व्यवस्थापन गर्ने गर्दछन्। नेपालीमा त रेगुलर सदस्य नै छैनन्, अतः, यहाँ प्रायः सम्पादन गर्ने तथा विकिपिडियाको टुल/फंक्सनका जानकारी भएका प्रयोगकर्ताले यी कार्य गर्नुपर्ला। अहिले सम्मको तपाईंको प्रयास कदरनीय छ, यसको लागि धन्यवाद। मेरो विचारमा तपाईं, इन्दीवरजी, राजेशजी र म मिलेर यो काम आफ्नो फुर्सदमा गरे उचित होला जस्तो छ। यसको लागि, यदि चाहिएमा, विकिपरियोजना (विकिप्रोजेक्ट)को पनि स्थापना गर्न सकिन्छ। धन्यवाद। --युकेश ११:१३, २३ जुन २००७ (UTC)
हाम्रो यस विकिमा विकिनोमको व्यवस्था नभए पनि विकिपिडियाको बारेमा राम्रो जानकारी भएका प्रयोगकर्ताहरू विकिनोमको जस्तो काम गर्दा राम्रो हुन्छ होला । आनियो ०८:५८, २४ जुन २००७ (UTC)
हुन्छ, त्यस्तै गरौ,श्रेणीकरण जान्ने प्रयोगकर्ताहरुले आफैले भ्याए जत्ति श्रेणीकरण आफैले गरौं। प्राथमिक श्रेणीको रुपमा चाहिं त्यही नौ वटा श्रेणीहरु लिने कि त्यसमा अनुमोदन गर्ने, आनियोजी?--युकेश १९:०६, २४ जुन २००७ (UTC)

लेखहरू लेख्दा नेपाली हिज्जेहरूमा निकै गल्ती भेटिएको छ । मुख्य रूपले शिर्षकहरूमै हिज्जे गल्तीले गर्दा निकै समस्या देखिएको छ । त्यसैले कुनै हिज्जेमा शंका लागेमा पहिले गूगल खोजी गरेरे अथवा नेपाली समकालीन शब्दकोश (http://www.nepalisabdakos.com/)मा गई verify गरी हिज्जेहरू परिवर्तन गर्दा राम्रो हुन्थ्यो कि ?

हिज्जेको लागि मेरो विचारमा बोट प्रयोग गर्दा उचित होला। नेपाली मात्र नभएर सबै देवनागरी तथा अबुजिडा विकिपिडियामा हिज्जेको समस्या देखिएको छ। मराठी विकिपिडियामा अभय नातूजी ले यसको लागि एक प्रकारको सी शार्प आधारित बोट प्रयोग गर्दछन्, मराठीमा त त शुद्धलेखनको लागि एउटा प्रकल्प (परियोजना) नै छुट्याइएको छ, क्यारे। हामीले पनि सही हिज्जे पत्ता लगाएर सबै भन्दा बढी गलती हुने शब्दहरूलाई बोटको माध्यमले सुधार्नु पर्ला। गूगलमा खोजेर हिज्जे परिवर्तन गर्न अलि उचित नहोला किनभने इन्टरनेटमा नेपाली शब्द खोज्दा धेरै जस्तो त ब्लगहरु नै देखाउँछ र ब्लगहरुको हिज्जेहरुलाई सही भनेर लिन मिल्दैन| बरु आनियोजीले गर्नु भएको जस्तै बिबिसि आदिको हिज्जेलाई चाहिं "सेलेक्टिभ्ली" सुधारको लागि प्रयोग गर्न सकिएला, अन्यथा शब्दकोष कै भर पर्न उचित होला जस्तो छ (हुन त हाम्रो विकिस्नरी अलि सुस्त नभएको भए त्यही मार्फत यो समस्या समाधान गर्न सकिन्थ्यो होला)। धन्यवाद।--युकेश १९:०३, २४ जुन २००७ (UTC)
हिज्जे परीक्षण गर्नको लागि गूगलमा सर्च गर्दा बिबिसि नेपाली सेवा, कान्तिपुर अनलाई, गोरखापत्र, तथा हिमाल खबर पत्रिकाका नतिजाहरूलाई आधिकारीक मान्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई । मैले यसै गरी हिज्जेहरू सच्याउने गर्दछु । जहाँ सम्म हिज्जेको लागि bot प्रयोग गर्ने कुरो छ त्यो राम्रो हो । लेखहरूको संख्या बढ्दै गएपछि हातैले हिज्जे परिवर्तन गर्न मुस्किल पर्छ । त्यसैले एड्मिन साथीहरूले अहिले देखि नै उपाय सोच्दै गर्नु भए राम्रो होला ।
अहिले ज्वलन्त श्रेष्ठले बनाउनु भएको फारफक्स ब्राउजरको लागि नेपाली हिज्जे जाँचकी प्रयोग गर्नु बेस होला जस्तो लाग्छ । यहाँबाट प्राप्त गर्न सकिन्छ सरोज कुमार ढकाल ०७:१६, ६ सेप्टेम्बर २००९ (UTC)

लेखहरूको स्तर निर्धारण[सम्पादन गर्नुहोस्]

लेखहरूको स्तर विभाजनमा पनि ध्यान दिने हो कि ? लेखहरूको स्तर नाप्ने कुनै आधार (criteria) बनाएर त्यस अनुसार लेखहरूलाई स्तर अनुसार छान्ने कामले लेखहरूको स्तर माथि उठाउन सहयोग गर्दछ । त्यसैले यो काम पनि सुरू गर्ने हो कि ? यसका लागि सबैभन्दा पहिले लेखहरूको स्तर नाप्ने आधार बनाएर अगाडि बढ्नु पर्छ । आनियो १३:५७, २५ जुन २००७ (UTC)

मुख्य पृष्ठको लेख[सम्पादन गर्नुहोस्]

मुख्य पृष्ठमा हामीले नेपाल लेख राखेको धेरै भइसक्यो। यसको स्थानमा अर्को लेख राख्नको लागि केही गृहकार्य थाल्न पर्‍यो जस्तो मलाई लाग्दछ। मेरो विचारमा हामीले लेखाधिकार नामक लेखलाई सामूहिक रुपमा भाषान्तरण ग‍रेर तथा यसमा अझ धेरै जानकारी थपेमा उचित होला जस्तो छ। यसको लागि मैले कारणहरु सो पृष्ठको वार्तालाप पृष्ठमा दिएको छुं। धन्यवाद।--युकेश १६:०१, ३० सेप्टेम्बर २००७ (UTC)


लेखहरू सकारात्मक होउन[सम्पादन गर्नुहोस्]

विकीपेडियामा युकेस जि गोविन्द जि लगायतका साथीहरूको योगदान अतुलनीय छ त्यति हुँदा हुँदै पनि केही कुरामा हामी ले विचार पुर्‍याउनु पर्छ लेखहरू सकारात्मक र अर्का लाइ चोट नपुर्‍याउने नरम भाषा प्रयोग बढाउन सके र त्यसै भित्र तथ्य अटाउन सके सुनमा सुगन्ध थपिने छ । म भुगोल इतिहास अर्थशास्त्र, समाजशास्त्रको धेरै थोरै ज्ञान राख्छु साथै मैले घुमेका २३ देशहरूका बारेमा अझ बढी नेपालका स्थान विशेषका बारेमा मैले धेरै लेखेको छु तर कतिपय साथीहरूले बिना प्रमाणिक तथ्य तिनलाई परिवर्तन गरी रहनु भएको छ हामीले नेपालका बारेमा नेपालीका बारेमा नेपाली भाषा, नेपालका अन्य प्रमुख भाषा लगायत प्रमुख अन्तर्राष्‍ट्रिय भाषामा पनि नेपाली सामग्री पस्कन सके मात्र नेपालको बारेमा विकीपेडियाले यथेष्ट जानकारी दिन सक्छ । रवीन्द्र बराल

Wikimedia Commons नेपाली पृष्ठ[सम्पादन गर्नुहोस्]

मैले विकिमिडिया कमन्सको नेपाली पृष्ठ बनाएँ र अब त्यो सबैले हेर्न सक्नेछन् । तर त्यस पृष्ठलाई विभिन्न राष्ट्रहरूको पृष्ठको सूचीसँगै राख्न हामीसँग अधिकार छैन । त्यसैले विकिपिडियाका आधिकारीक साथीहरूसँग सहयोगको अपेक्षा राख्दछु । http://commons.wikimedia.org/wiki/गृह पृष्ठ

विनोद

मेरो सुझाव छ कि यो चौतारी नामको वार्तालाप पृष्ठमा आउनको लागि यो विकिपिडियाको मुख्य पृष्ठको साईड बारमा एउटा लिँकिंग अपसन हुनु पर्थ्यो जसले गर्दा नयाँ आगन्तुकहरुलाई यहाँ आउन मद्दत पुग्थ्यो।

गणेश जी , चौतारीको लिङ्क मैले मुख्यपृष्ठमा थपिदिएको छु । कृपया एकताल हेर्नुहोला ! तर तपाईँले आफ्नो सन्देश लेखे पछि सहिगर्न भुल्नु भयो है ! :) --सरोज १९:०५, ८ एप्रील २०१० (UTC)

ध्यान दिनु पर्ने[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा दिन प्रति दिन नयाँ प्रयोग कर्ताहरु र नयाँ पृष्टहरुको शृजना, परिवर्तन कार्य तिब्र रुपले भैरहेको छ। यसमा नयाँ प्रयोगकर्ताहरुलाई सिकाउन र बिग्रिएका लेखहरु सुधार्न एक दुई जना प्रबंधकहरुले दिनहुँ समय मिलाएर योगदान दिनु पर्ने हुन्छ। साथै सहायता पृष्टको पनि संपादन गर्नु पर्ने भएको छ। किन भने यो नै अनजान प्रयोगकर्ताहरुको एक सहारा हो। सबैले यो पृष्टमा योगदान दिनु पर्ने हुन्छ।

  • राम प्रसाद जोशी १७:४०, १८ एप्रील २०१० (UTC)

राम्रो सुझाव[सम्पादन गर्नुहोस्]

रामप्रसाद जी तपाईको सुझाव सान्दर्भिक लाग्यो । सहायता पृष्ठ, अस्विकारोक्ती पृष्ठ, गोपनियाता नीति सबै पृष्ठहरु पुरै खालीछन् ।यी कुराहरुमा हाम्रा प्रवन्धकहरुको ध्यान जाओस भन्ने मेरो पनि कामना रहेको छ।--सरोज १९:४६, १९ एप्रील २०१० (UTC)

प्यारा प्रवन्धक ज्युहरु तथा सम्पादक मित्रहरु मेरो बिचारमा नेपाली विकिपिडियामा विज्ञान,प्रविधि तथा चिकित्सा शास्त्र सम्बन्धि लेखहरु छैनन्। मञ्चहरुको पनि निर्माण गर्नु पर्ने देखिन्छ । यहाँहरुबाट सामग्रीको प्राथमिकता निर्धारण गर्नेकाम भइदिए देखि हामीजस्ता सम्पादकहरुलाई सजिलो हुने थियो कि ?--सरोज १९:५१, १९ एप्रील २०१० (UTC)

मेरो सल्लाह[सम्पादन गर्नुहोस्]

आदरणिय प्रबंधक महोदय तथा संपादक मित्रहरु! जो प्रयोगकर्ताहरुलाई विकिपिडियाको बारेमा राम्रो जानकारी छ र जो प्रयोगकर्ताहरुले अङ्ग्रजी भाषामा लेखिएको लेखहरुलाई नेपाली भाषामा उल्था गर्न आउँछ ति प्रयोगकर्ताहरुले सहायता पृष्ठमा योगदान दिनु परेको छ। हाल नेपाली विकिपिडियामा भएको सहयोग पृष्टलाई हटाई त्यहाँ सहायता पृष्ठ राख्नु परेको छ। साथै मुख्य पृष्ठमा विकिपिडिया समय देखिने ढाँचा टैम्पलेट तयार गरेर लगाएमा राम्रो हुने थियो। मैले हिन्दी विकिपिडीयामा रहेको ढाँचा टम्पलेट "समय" लाई नेपाली विकिपिडियामा संपादन गर्न खोजेको थिञ तर त्यो राम्ररी तयार भएको छैन जानेका साथीहरुले ढाँचाको सुधार गरी मुख्य पृष्टमा लगाई दिएमा यसले मिती र समय देखाउने काम गर्ने छ। यदी यो मेरो कुरा कसैलाई मन परे नपरेको प्रतिक्रिया दिनु होला। ढाँचाको नमुना{{समय}} झलक

२८
२०२४
२२:१४ (UTC)

--[[राम प्रसाद जोशी १३:१२, २१ एप्रील २०१० (UTC) ०५:२०, २१ एप्रील २०१० (UTC)

परिणाम कोड प्रभाव
कुन सप्ताह चल्दै छ जान्नलाई {{CURRENTWEEK}} १३
कुन महिना चल्दैछ {{CURRENTMONTH}} ०३
यो महिनाको नाम? {{CURRENTMONTHNAME}} मार्च
आजको दिन {{CURRENTDAY}} २८
दिनको नाम {{CURRENTDAYNAME}} बिहीबार
अहिलेको वर्ष कुन हो? {{CURRENTYEAR}} २०२४
आजको दिन {{CURRENTDAYNAME}} बिहीबार
यो विकिपिडियामा लेखहरुको संख्या? {{NUMBEROFARTICLES}} ३३,००४
प्रयोगकर्ताहरुको संख्या {{NUMBEROFUSERS}} ६६,६६०


अहिलेको समय {{CURRENTTIME}} २२:१४

--Nepaboy१५:५६, २१ एप्रील २०१० (UTC)

==[सम्पादन गर्नुहोस्]

मैले पहिले पनि मथि दुई चोटी लेखि सकेको छु। आज म तेस्रो पटक यहाँ लेख्दै छु। मलाई यहाँ लेखिएका कुराहरुमा कसैले ध्यान न दिए जस्तै छ। सहायता पृष्टको जरुरी भएका कारण मैले दुई-दुई चोटी लेखि सकेको छु।यसमा कसैले ध्यान न दिएको हो या मेरो कुरा सांधर्बिक नभएको हो बुझ्न सकिएन मलाईत मेरो कुरा सांधर्विक नभए जस्तो लाग्दैन। हाम्रा प्रबंधक ज्यूहरुले यसमा ध्यान दिनु पर्ने हुन्छ। साथै यहाँ भएका सहयोग मद्दतसहायता पृष्ठहरुको उदेस्य एउटै छ तर पुरा कसैलाई गरिएको छैन। यदी कोही मित्रहरुलाई अङ्ग्रेजी बाट नेपालीमा उल्था गर्न आउछ र विकिपिडियाको विकिकरणको बारेमा राम्रो जानकारी छ भने माथी उल्लेखित पृष्ठमा योगदान दिनु होस्। यदि अँझै पनि यसमा कसैले केही प्रतिक्रिया दिदैन र उपर्युक्त बिषयमा विचार गरिएन भने यो चौतारी पृष्ठ विकिपिडियाको बारेमा छलफल गर्ने ठाउँ नभएर एक सोपिस पृष्ठ मानिने छ। --राम प्रसाद जोशी १९:५९, २६ एप्रील २०१० (UTC)




साथीहरु, नेपाली विकिपिडियामा म एउटा सक्रिय प्रयोगकर्ता हो र विकिपिडियामा धेरै समय देखी निरन्तर योगदान दिदैं आइरहेको छु। यस अन्तरालमा मइले धेरै कुरो सिके र जाने। आबो म यस विकिपिडियामा प्रबन्धक बन्न चाहदै छु तर मलाई तपाँईहरुको सहयोग चाहिन्छ।

कृपया यहाँ थिचेर मलाई सहयोग गर्नुहोस।

धन्यवाद- Nepaboy  talk  ११:५६, २९ मे २०१० (UTC)

प्रबंधक महोदय[सम्पादन गर्नुहोस्]

आदरणिय प्रबंधक महोदय नेपाली विकिपिडियामा 4-4 जना प्रबंधक भएर पनि कसैले पनि निरन्तरता दिएको देखिदैन प्रबंधकहरुले फुर्सत नपाए जस्तो पनि लाग्दैन किन भने सक्रिय प्रबंधकहरुले अन्य विकिपिडियामा योगदान दिइरहनु भएको छ। मैले विकिपिडियामा खाता 24 जनवरी 2010 का दिन बनाएको हुँ त्यो दिन देखी अहिले सम्म कुनै पनि प्रबंधकहरुले राम्रो उपस्थिति र निरन्तरता दिएको मैले पाएँन मैले चारै जना प्रबन्धकहरुको वार्ता पृष्ठ का साथै यो चौतारी पृष्ठमा पनि धेरै पटक लेखेँ तर कसैले मेरो कुरालाई गौर गरेन विना प्रबंधकको यो विकिपिडियामा बाटो विराएको अंधो मान्छे झैँ भौँतारीनु भन्दा यो विकिपिडियामा सम्पादन कार्य छोड्नु नै वेस लागेर मैले आजबाट सम्पादन कार्य बन्द गरेको छु। म नयाँ प्रयोगकर्ता भएकाले मलाई विकिपिडिया सम्पादन कार्य आउदैन पनि मलाई सम्पादको बाटो देखाउने तिन जना मध्य एक जनाले निरन्तरता दिनु भएको थियो अब वहाँले पनि छोड्नु भयो सबैले छोडे पछि म एक्लै अनजान मान्छेको केही काम छैन यो सम्पादन मेरो अन्तिम सम्पादन हो। यहाँ आएर मेरो तर्फबाट कुनै पनि प्रयोगकर्ता साथी अथवा कसैलाई केही मर्का पर्ने काम गरिएको भए माफ गर्दिनु होला मलाई यहाँ सहयोग गर्ने साथीहरुको नाम मेरो वार्ता पृष्ठमा लेखे छु तपाईँ तिन जना मलाई मेरो ई- मेल tiwari.ramesh21@yahoo.in मेल गर्न न भुल्नु होला नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १३:४९, ५ जुन २०१० (UTC)

जोशी जी, तपाँइले नेपाली विकीपिडियामा अतुलनीय योगदान गर्दै आउनुभएको छ। मोवाइलबाट विकीपिडियामा यत्रो ठूलो योगदान दिनु चानचुने कुरा होइन। त्यसैले तपाँइको लगनशीलताको जति सुकै प्रसंसा गरे पनि कम नै होला। सिसप लगायत विकीपिडियाका सबै प्रयोगकर्ताहरू स्वयंसेवक योगदानकर्ता भएकाले सबै समय सबैले निरन्तर योगदान गरिरहन्छन् भन्ने छैन। कसैलाई यसो गर भनेर अनुरोध गरी लेख तयार गर्न वा सम्पादन गर्न पनि विकीको आचार संहिता विपरीत हुने हुनाले स्व-स्फूर्त योगदानलाई विकीमा प्राकृतिक मानिन्छ। तपाँइले चाहनुभएको सपोर्ट अभ्यस्त साथीहरूबाट पाइहाल्नुहुनेछ यति चाँडै निराश नहुनुहोला। नेपाली विकीपिडियामा तपाँ

चौतारी पृष्ठको सुधार[सम्पादन गर्नुहोस्]

सर्व प्रथम त म प्र. गणेश पौडेल ज्यू ले मलाई नेपाली विकिपिडियामा निरन्तरता दिन आग्रह गर्नु गर्नु भएकोमा वहाँलाई धन्यवाद दिन चाहन्छु। मलाई विकिपिडियामा काम गर्न साह्रै नै रहर छ म अहिले नयाँ प्रयोगकर्ता र मोबाइल युजर भएका कारण मलाई तपाईँ जस्तै दक्ष विकिपीडियन साथीहरुको सहयोगको अती आवश्यक छ। मैले धेरै कुरा सिक्नु पर्ने भएकाले मैले प्रबंधकहरुलाई औंल्याएर माथीको खण्ड सम्पादन गरेको हो। किन भने दक्ष प्रयोगकर्ताहरुले मात्र सिसपको पद पाउँछ। अर्को कुरा यो विकिपिडियामा असान्धर्भीक लेखहरुलाई मेटाउने र राम्रा लेखहरुलाई अनजान प्रयोगकर्ताहरुले बिगार्न नपाउने गरी रक्षित गर्न प्रबन्धकहरुको निरन्तरताको माग गरेको हुँ। त्यसमा मेरो केही गल्ती भएमा माफ गर्नु होला। यो चौतारी पृष्ठको बारेमा लेख्दै छु ध्यान दिनुहोला जो प्रयोगकर्ता साथिहरुले ढाँचा टम्पलेट तयार गर्न आउँछ त्यो प्रयोगकर्ता साथीले यो चौतारी पृष्ठको सुरुमा नै चौतारी नयाँ खण्ड सम्पादन गर्न सकिने टैम्पलेट तयार गरेर लगाउन आग्रह गर्दै छु किन भने यहाँ माथीको खण्डमा हेर्नुहोस् मैले नयाँ खण्ड बनाएर सम्पादन गर्न खोज्दा मेरो ब्रौजरमा पुरा पेज न आएकाले पहिलेको सम्पादन मेटिएको छ। साथै पौडेल ज्युलाई माथीको पृष्ठको सुधार गर्न मेटिएको डाटा वापस ल्याउन आग्रहका साथ आफुले जाने जति सहयोग नेपाली विकिपिडियामा निरन्तरता जारी राख्ने वाचा सहित

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०६:३७, ७ जुन २०१० (UTC)

कुनै कुनै श्रेणिहरुमा पुरा लेखहरु नै लेखिएका छन्। जस्तै:- category:नेपाली सेना त्यस्तै अरु पनि श्रेणिहरु देखिएका छन्। जसमा पुरै लेख तयार गरिएको छ। कुनै श्रेणीहरुमा कोही व्याक्तीको नाम लेखिएको छ जस्तै:-"म थानेश्वर पोखरेल" के यो ठिक होला र ?

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०३:१६, १७ जुन २०१० (UTC)

मलाइ खासमा राम्रो सग नेपालीमा लेख्न आउदैन, यो भन्दा गूगूलको रोमन टाइप गर्ने सजिलो छ. There is this new google translator which is more accurate.. anyways I am into computer and I would like to give some time to nepali wikipedia.. How can I get into..?? please help

सर्व प्रथम त तपाईले यहाँ आफ्नो समस्या दर्शाएकोमा धन्यवाद। तपाईको नेपाली विकिपिडियामा काम गर्ने रुची देख्दा खुसी लाग्यो। विकिपिडिया एक खुला विश्वकोष भएकाले यहाँ सबैलाई सम्पादनको अधिकार दिइएको छ। त्यसको लागी तपाईले आफ्नो खाता बनाउनु आवस्यक छ। खाता बनाएमा तपाईँलाई सम्पादका साथै पृष्ठ सार्ने सुरक्षित पृष्ठको सम्पादन गर्ने चित्र अपलोड गर्ने आदी अधिकार दिईने छ। यदी तपाईँको खाता पहिले देखि नै यो विकिमा बनेको छ भने नयाँ खाता बनाउने केही आवश्यकता छैन।

तपाईँ त्यै पुरानो खाता नै प्रयोग गर्नु होल। तपाईको नेपाली भाषा नजान्नेको सम्बन्धमा कुनै आवश्यक छैन कि नेपाली विकिपिडियामा योगदान दिन नेपाली भाषा जान्नै पर्छ भन्ने आवश्यक छैन तपाईले नजानेको या तपाइले बिगारेको अरु प्रयोगर्ताले सपार्न सक्छन्। त्यस कारण तपाईँलाई नयाँ खाता बनाएर विकिपिडिया सम्पादन कार्य गर्न अनुरोध गरिन्छ --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०८:०४, २४ जुन २०१० (UTC)

एउटै लेखका कतिवटा शिर्षकहरु हुन सक्छ। त्यो सबै शीर्षक मुख्य लेखसंग Redirect गर्न आवश्यक छ। जस्तै गंडक, गण्डक, गन्डक। यस्तै धेरै लेखहरु छन ति सबै लेखलाई Redirect गर्न आवश्यक छ किन भनें भिन्न भिन्न ब्यक्तिले भिन्न तरिकामा लेखेर लेख खोज्न सक्छन। कसैले गण्डक लेखेर खोज्ला भन कसैले गंडकNepaboy  talk  १४:१९, २८ जुन २०१० (UTC)

तपाईको विचार सान्धर्भीक छ। कुनै पनि लेखहरु फरक फरक शिर्षकको हुन्छ फेरी यो देवनागरीमा त हिज्जेको ठूलो समस्या छ त्यसकारणले एकै सन्धर्भका फरक फरक शिर्षक भएका लेखहरु हुने गर्छन्। मेरो विचारमा त कुनै नेपाली व्याकरण जान्ने प्रयोगकर्ताले हिज्जे सुधार गर्ने काम जिम्मा लगाएमा ठिक हुने थियो।


--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १६:२०, २८ जुन २०१० (UTC)