विकिपिडिया:भाषा सम्बन्धित सिकायतहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठ नेपाली विकिपिडियाको परियोजना पृष्ठ अथवा आयोजना पृष्ठ हो यो पृष्ठमा कुनै लेखहरूमा भाषा नमिलेको फेला परेमा त्यो लेखको भाषालाई कसरी सुधार गर्ने भन्ने बारेमा छलफल गरिन्छ। छलफल गर्न यहाँ लेखको लिंक दिएर फलानो लेखको भाषा मिलेको छैन यसलाई सुधार गर्नु पर्छ भन्ने सुचना दिनु पर्ने छ। यदी हाल नेपाली विकिपिडियामा सकृय समुदायले त्यो लेखको भाषा सुधार गर्न न सकेको खण्डमा जुन प्रयोगकर्ताले सृजना गरेको हो त्यो प्रयोगकर्तालाई पनि यो लेखको भाषा मिलेको छैन यसलाई सुधार गरेर आफ्नो योगदान निरंतर राख्नुहोला भनेर सुचना दिनु पर्छ। यदी त्यो पर्योगकर्ता निष्कृय छ भने त्यसको अन्य सम्पर्क जस्तै:- ईमेल, फेसबुक, फोन मार्फत जानकारी दिनु पर्छ। यदी लेख बोटहरूले सृजना गरेको हो भने बोट परिचालक सँग सम्पर्क गर्ने यत्ती गर्दा गर्दै कुनै प्रयोगकर्ताले कुनै पनि प्रतिक्रिया न दिएमा लेख स्वत मेट्नु पर्ने हुन्छ र मेट्नकोलागी लेखमा {{delete}} ढाँचा लगाएर केही दिन हेर्नु पर्छ यदी मेट्नै पर्ने श्रेणीको लेख छ भने त्यो लेखलाई विकिपिडियामा राखेर काम छैन त्यसलाई मेटेर नयाँ लेखको सृजना गर्न राम्रो हुनेछ।

कस्तो लेखलाई मेट्नु पर्ने हुन्छ त?
  1. यदी लेख गुगलबाट अनुवाद गरिएको हो तर त्यसको भाषा कुनै पनि प्रयोग कर्ताले सुधार गर्न सक्दैन भने।
  2. यदी लेख सृजना गर्ने प्रयोगकर्ता नेपाली भाषी नभएर अन्य विकिपिडियाबाट योगदान गरेको तर त्यसमा प्रयोग भएको ढाँचा सम्म पनि नेपाली भाषामा छैन भने।
  3. यदी लेख सृजना गर्ने पर्योगकर्ताले आफै मेटाउनको लागी समर्थन गरेमा।
  4. यदी तोकिएको म्याद भित्र लेखकले कुनै पनि प्रतिक्रिया न दिएर बेवास्ता गरेमा।

माथी उल्लेखित कुराहरू मिल्न गएमा लेखलाई मेटिने छ तर मेट्ने प्रवंधकले त्यसै नामको अर्को लेख लेखेर जानकारी मुलक सामाग्रीलाई राखेर ठुटो, अन्य भाषाको विकि लिंक, श्रेणी, आदी राखेर नयाँ संस्करण लेख्नु पर्ने छ।

निर्णयका लागि मतदान

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०२:५०, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

यस अभियानमा हटाउन खोजिएको पृष्ठहरु Google translator गरि अन्य भाषाबाट ल्याइएका पृष्ठहरु हुन् । केही उदाहरणहरु निम्नानुसार छन् ।
  1. ह्वेल
  2. भारतको झण्डा
  3. संस्कृति
  4. पृथ्वी दिवस
  5. नाभिकीय ऊर्जा
  6. भूमण्डलीय उष्मीकरण
सबैलाई थाह होस् यो खण्ड चौतारीबाट कपि गरेर यहाँ राखिएको हो। यो आयोजना पृष्ठको सृजना पहिले देखि नै यस बिषयमा लामो छलफल चौतारीमा पनि भैरहेको छ।

समर्थन

   यदी उपरोक्त लेखहरू सुधार गर्न सकिन्छन् भने सुधार गर्नु नै बेस छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०४:४८, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विरोध