विकिपिडिया:समाचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठलाई विकिपिडियासँग सम्बन्धित समाचार सम्प्रेषण गर्न प्रयोग गर्नु होला। धन्यवाद।


नेपाली कम्युनिटी बढाउन विकी फाउण्डेसनलाई ध्यानाकर्षण गरिने[सम्पादन गर्नुहोस्]

गत २०६७ असार २२ गते मङ्गलबार विकीपिडियाका काठमाडौंमा उपलब्ध केही सकृय योगदानकर्ताहरू बीचमा नेपाली विकिपिडियाको विषयमा छलफल भयो। ठमेलमा भएको उक्त अनौपचारिक भेटघाटमा विकिमेनिया २०१०मा नेपालको तर्फबाट कस्तो कार्यपत्र प्रस्तुत गर्ने भन्ने विषयमा घनीभूत छलफल गरी केही टिपोट पनि गरियो। साथै नेपाली विकी कम्युनिटीलाई अगाडी बढाउने विषयमा समेत छलफल गरियो। विकीमेनिया २०१०मा अन्य भाषाका सहभागीहरूसँग अनुभव साटासाट गर्ने, नेपाली विकीपिडियाको समुदाय बृद्धिका लागि सहयोग गर्न विकी फाउण्डेसनको ध्यानाकर्षण गर्ने लगायतका विषयवस्तु कार्यपत्रमा प्रस्तुत गर्न सुझाव दिइयो। नेपाली विकिपीडियन राजेश पाण्डे विकीमेनियामा सहभागी भएर फर्किए लगत्तै काठमाडौंमा पनि विकिपिडिया सम्बन्धि एक प्राविधिक कार्यशाला गर्ने र नेपाली विकिपिडियाको समुदाय बृद्धि गराउन अभियान (Nepali Wikipedia Promotion Campagn) गर्ने पनि सहमति भयो। राजेश पाण्डेलाई पोल्याण्डमा विकी संस्थापक जिम्मी वेल्स लगायत अन्य पदाधिकारीहरू सँग भेटी काठमाडौंमा विकिमेनियाको आयोजना गर्न आग्रह गर्न सुझाव दिइएको छ। साथै विकी फाउण्डेसनका प्रतिनिधिहरूलाई ‍पनि नेपालको गतिविधि प्रति चासो राख्न र सहभागी हुन समेत आग्रह गर्न छलफलमा सुझाव दिइएको छ। छलफलमा विकिपीडियनहरू युकेश रञ्जित, राजेश पाण्डे, शङ्कर पोखरेल, गणेश पौडेल लगायतको सहभागिता थियो।


जिम्मी वेल्सको चासो नेपाली विकी[सम्पादन गर्नुहोस्]

विकिपिडियाका फाउन्डर जिम्मी वेल्सले नेपाली विकिपिडियाको बारेमा चासो व्यक्त गरेका छन्। नेपाली विकीका एकजना प्रवन्धक युकेश रञ्जितको वार्ता पृष्ठमा लेखेका छन्- नेपाली लगायत साना भाषाहरूको गतिविधि बारेमा आफूले आगामी विकिमेनिया २०१०मा प्रस्तुतीकरण गर्ने भएकाले आफ्नो अनुभवका बारेमा मलाई एउटा भिडियो अन्तर्वार्ता दिनुहुन अनुरोध छ।- विकीमेनिया २०१० पोल्याण्डको ग्डनास्क शहरमा यही असार २५ गतेदेखि सुरू हुँदैछ।

Wikimania 2010मा नेपाली विकीबाट राजेश पाण्डे सहभागी हुने[सम्पादन गर्नुहोस्]

पोल्याण्डको ग्डनास्कमा हुने विकिमेनिया २०१०मा भाग लिन नेपाली विकिपिडियाका एकजना प्रवन्धक राजेश पाण्डे यही जून ७ तारिख त्यसतर्फ जाँदै हुनुहुन्छ। वहाँले नेपाली विकिपिडियालाई माथि लैजान विश्व विकी समुदायमा सहयोगको आग्रह गर्नुहुनेछ। राजेशजीले पोल्याण्ड विकीमेनियामा नेपाली विकीपिडियाको वर्तमान अवस्था बारेमा एउटा कार्यपत्र पनि प्रस्तुत गर्नुहुनेछ। र सम्भवतः हामी योगदानकर्ताहरूको पनि चर्चा हुनेछ। विश्वका विभिन्न भाषाबाट आएका विकिपीडियनहरूमाझ विकिपिडिया कम्युनिटीमा आपसी सहयोग अभिबृद्धि तथा समस्या समाधानका लागि अनुभवहरूको आदान-प्रदान पनि गर्नुहुनेछ। यसका लागि के कस्तो विषय उठाउनुपर्ला भनेर वहाँले हामी सबैलाई सुझावको लागि आग्रह गर्नुभएको छ। आफ्नो सुझावका राजेशजीको वार्तापृष्ठमा लेखिदिनुहोला। धन्यवाद।-गणेश पौडेल ०९:०१, ५ जुलाई २०१० (UTC)


सेप्टेम्बर २८, २००७[सम्पादन गर्नुहोस्]

This week on Bhasha ka Kura (a weekly forum on Language development held at Yalamaya Kendra, Patandhoka) we are discussing about Nepalese languages' wikipedias. Please try to make it there at 4 PM if you can. यस हप्ताको भाषाका कुरामा नेपाली भाषाका विकिपिडियाहरूका बारेमा छलफल हुन गैरहेको छ, सक्नुहुन्छ भने, शुक्रवार बेलुका ४ बजे आउनुहोस, सबै मिलेर सबैका निम्ति विकिपिडियाको निर्माण गरौं।

सेप्टेम्बर १५, २००७[सम्पादन गर्नुहोस्]

  • An awareness program about Wikipedia and a presentation was held at Madan Puraskar Pustakalaya, Yela Maya Kendra. The programme was organised on the occasion of Software Freedom Day.

Rajesh, Eukesh and Indiver were the speakers from Nepali Wikipedia. From Left, Rajesh, Indiver and Eukesh.

  • सफ्टवेयर स्वतन्त्रता दिवस् सेप्टेम्बर १५, २००७ का दिन विकिपिडियाको बारेमा इन्दिवर युकेश र राजेशले उत्सुक सहभागीहरूलाई विकिपिडियाको बारेमा सैद्धान्तिक प्रस्तुती दिए । वायाँ बाट राजेश, इन्दिवर र युकेश।

  • External Links
more events and photos on www.tuxolta.com/wiki

जुलाई १४, २००७[सम्पादन गर्नुहोस्]

जुलाई ३, २००७[सम्पादन गर्नुहोस्]

नेपाल सरकारका प्रमुख कार्यालयहरू जस्तै मन्त्रालय, विभाग, आयोग, आयोजना, कार्यालयहरू आदिको बारेमा लेखहरू तयार पारी भविश्यमा नेपाल सरकार पोर्टल बनाउने उद्देश्य राखेर Wikipedia:नेपाल सरकार आयोजना सुरू गरियो ।

अप्रिल २८, २००७[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा लेखको संख्या १,००० भन्दा बढी भयो।

फेब्रुवरी १६, २००७[सम्पादन गर्नुहोस्]

  • यलमाया केन्द्र (मदन पुरस्कार पुस्तकालय)मा आयोजित भाषाका कुरा कार्यक्रममा विकिपिडियाको बारेमा छलफल गरियो।‍‍ यस कार्यक्रममा इन्दीवरयुकेशले उत्सुक सहभागीहरूलाई विकिपिडियाको बारेमा सैद्धान्तिक र व्यवाहारिक व्याख्या अनि प्रदर्शन गराए।

22 जुन 2010 नेपाली विकीपिडीयामा लेख सङ्ख्या ५००० नाघ्यो[सम्पादन गर्नुहोस्]

केही नयाँ योगदानकर्ताहरूको उल्लेखनीय सकृयताका कारण नेपाली विकीपिडिया तीब्र गतिमा अगाडी बढीरहेको छ। हाल नेपाली विकिपिडियामा जम्मा लेखहरूको सङ्ख्या ५ हजार नाघेको छ। १० हजार लेख सङ्ख्या बढेपछि अर्कै श्रेणीमा पुग्ने भएको हुँदा आ-आफ्नो विषय र क्षेत्र सँग सम्बन्धित लेखहरू लेखेर/प्रकाशित गरेर विकीपिडीयामा स्वयंसेवी रूपमा योगदान पुर्‍याउन हुन सबै नेपाली भाषी महानुभावहरूमा अनुरोध गरिन्छ। साथै पहिले योगदान दिएर हाल सकृय नरहनुभएका समेत सबै प्रयोगकर्ताहरू लाई योगदानका लागि फर्कन अनुरोध गर्दछौं। -- प्रवन्धकहरू तथा सकृय प्रयोगकर्ताहरू