विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/अगस्त २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
३० अगस्त २०१४
  • अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र महासचिव धीरेन्द्र प्रधानविरुद्ध फ्रेन्ड्स क्लबले अदालतको अवहेलना गरेको दाबी गर्दै पुनरावेदन अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको छ । (इकान्तिपुर)
२९ अगस्त २०१४
  • मिस नेपाल यूएसएको चौथो संस्करणको उपाधि ओहायोमा बसोबास गर्दै आएकी खुस्बु मिश्रले १४ प्रतिस्पर्धीलाई पछि पार्दै जितेकी छिन् । (इकान्तिपुर)
२८ अगस्त २०१४
  • गाजा क्षेत्रमा दीर्घकालीन युद्धविराम घोषणा भएपछि एक दशकमा सबैभन्दा घातक देखिएको हिंसा अन्त्य भएपछि इजरायल तथा हमास दुवैले ५० दिने युद्धमा आफू विजयी भएको दाबी गरेका छन् । (इकान्तिपुर)
२७ अगस्त २०१४
  • पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफ तथा शक्तिशाली सेनाप्रमुख जनरल राहिल सरिफबीच मंगलबार सहमति भएको छ । (इकान्तिपुर)
२६ अगस्त २०१४
  • मुलुकको खस्कँदो आर्थिक अवस्थाबीच फ्रान्सका प्रधानमन्त्री म्यानियल भाल्सको राजीनामा गरेपछि राष्ट्रपति फ्रान्स्वाँ होलान्डले सरकार भंग गरेका छन् । (इकान्तिपुर)
२५ अगस्त २०१४
  • नेपाली कथा, स्थान र पात्र प्रयोग गरिएको विश्व प्रसिद्ध भिडियो गेम फार क्राईको चौथो संस्करण रिलिज हुने भएको छ । (इकान्तिपुर)
२४ अगस्त २०१४
  • इराकस्थित संयुक्त राष्ट्र संघीय अधिकारीहरुले इस्लामिक स्टेट लडाकुहरुको कब्जामा रहेको अमेरली शहरमा अर्को नरसंहार हुनसक्ने चेतावनी दिएका छन् । (बिबिसी नेपाली)
२३ अगस्त २०१४
  • दक्षिण भारतको केरलामा राज्य सरकारले चरणबद्ध रूपमा मादक पदार्थ (रक्सी)मा प्रतिबन्ध लगाउने योजना बनाएको छ । (इकान्तिपुर)
  • विद्रोही नियन्त्रित पूर्वी युक्रेनमा अनुमति विना प्रवेश गरेका दुईसयभन्दा बढी रुसी ट्रकहरु रुस फर्किएको युरोपेली अनुगमनकर्ताहरुले बताएका छन् । (बिबिसी नेपाली)
२२ अगस्त २०१४
  • आफ्नो नियन्त्रणमा रहेका अर्का अमेरिकी पत्रकारको समेत हत्या गर्ने इस्लामिक स्टेट (आईएस) ले दिएको चेतावनीको उपेक्षा गर्दै अमेरिकाले उत्तरी इराकमा लडाकुमाथि ताजा आक्रमण गरेको छ । (इकान्तिपुर)
  • राजधानी इस्लामावादमा जारी प्रदर्शनलाई लिएर पाकिस्तान सरकार तथा पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक ए इन्साफबीच भएको पहिलो चरणको वार्ता सकिएको छ । (इकान्तिपुर)
२१ अगस्त २०१४
  • जिहादी समूह इस्लामिक स्टेटले मंगलबार अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरिएको भिडियो सार्वजनिक गरेको छ । (इकान्तिपुर)
  • थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई प्रधानमन्त्री पदमा मनोनयन गरेको छ । (इकान्तिपुर)
२० अगस्त २०१४
  • लागू पदार्थ सेवन गरेको आरोपमा हलिउडका प्रसिद्ध अभिनेता ज्याकी च्यानका छोरा जैसीलाई चिनियाँ प्रहरीले पक्राउ गरेको छ । (इकान्तिपुर)
१९ अगस्त २०१४
  • सुनकोशी नदी थुनिएर अरनिको राजमार्ग अवरुद्ध हुँदा चीनबाट दसैँका निम्ति काठमाडौं भित्र्याउन तयार पारिएका झन्डै ३५ सय कन्टेनर वैकल्पिक बाटोबाट राजधानी ल्याउन नसकिने व्यवसायीहरुले बताएका छन् । (बिबिसी नेपाली
१८ अगस्त २०१४
  • भीषण भीडन्तबीच उत्तरी इराकस्थित रणनीतिक महत्वको मोसुल बाँध जिहादी समूह इस्लामिक स्टेटबाट पुनः आफूहरुको नियन्त्रणमा आएको इराकी र कुर्द अधिकारीहरुले बताएका छन् । (बिबिसी नेपाली)
  • नेपाल सरकारले विदेशमा बसीरहेका नेपालीहरुलाई जतिसक्दो चाँडो हस्तलिखित पुरानो राहदानीको सट्टा मशीनले पढ्न मिल्ने नयाँ राहदानी (एमआरपी) बनाउन आह्वान गरेको छ । (बिबिसी नेपाली)
१७ अगस्त २०१४
  • चिकित्साक्षेत्रको निगरानी राख्ने निकाय नेपाल मेडिकल काउन्सिल र मेडिकल कलेज एवं स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुबीच विद्यार्थी भर्ना गर्ने विषयलाई लिएर विवाद चुलिएको छ । (बिबिसी नेपाली)
१६ अगस्त २०१४
  • लिबियाको सिर्त शहरस्थित एउटा निर्माण कम्पनीमा कार्यरत १२६ नेपाली कामदारको उद्दार गरिएको छ । (अनलाइनखबर)
१५ अगस्त २०१४
  • तीन दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोले मध्य तथा सुदूरपश्चिममा विनास मच्चाउदा सुर्खेतमा २१ सहित देशका विभिन्न स्थानमा ४४ जनाको मृत्यु भएको छ केही हराइरहेका छन् भने हजारौं विस्थापित भएका छन् । (अनलाइनखबर)
  • भारतको स्वतन्त्रताको ६८ औं दिवसका अवसरमा भारतको लालकिल्ला मैदानबाट विश्वलाई सम्बोधन गर्दै नरेन्द्र मोदीले भने ‘बुद्धको जन्मभूमि नेपालले आज हिंसाको बाटोमा लागेका विश्वभरका नौजवानहरुलाई शान्तिको बाटोमा फर्किन उत्कृष्ट सन्देश दिइरहेको छ । (अनलाइनखबर)
१४ अगस्त २०१४
  • विश्व फुटबलको नियमनकारी निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रममा नेपाल दुर्इ स्थान तल झरेर १६४औ स्थानमा पुगेको छ । (अनलाइन खबर)
११ अगस्त २०१४
१० अगस्त २०१४
९ अगस्त २०१४
  • अमेरिकाले इराकको इर्बिल शहरमा रहेका आफ्ना नागरिकहरुको सुरक्षाका निम्ति भन्दै इस्लामवादी लडाकू विरुद्ध हवाई कारवाही तीव्र बनाएको अधिकारीहरुले बताएका छन् । (बिबिसी नेपाली)
७ अगस्त २०१४
  • युक्रेनको विषयलाई लिएर आफूविरुद्ध लगाइएको नाकाबन्दीको बदलामा रुसले पश्चिमा देशहरुबाट हुँदै आएको खाद्य पदार्थ आयातमा प्रतिबन्धको घोषणा गरेको छ । (बिबिसी नेपाली)
६ अगस्त २०१४
५ अगस्त २०१४
४ अगस्त २०१४
३ अगस्त २०१४
२ अगस्त २०१४
१ अगस्त २०१४