विकिपिडिया वार्ता:प्रमुख लेख/मापदण्ड

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख लेखकाे छनाैटकाे लागि तयार गरिएकाे मापदण्डहरूमा अरू के के लेख विशेषता थप गर्नु पर्ला, सुझाव दिनु हाेला । Nirjal stha (कुरा गर्ने) १५:५४, २१ जुन २०१४ (युटिसी(UTC))

प्रमुख लेखलाई स्तरिय बनाउने मापदण्ड प्रस्ताव गर्नु भएकोमा खुसी छु। तर स्थिर:लेखको सामाग्रीमा अर्थ नै परिवर्तन हुने गरि बारम्बार सम्पादन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने- भन्ने बुदासित भने असहमति-विकिपिडिया सबैले सम्पादन गर्न पाउने खुला ज्ञानकोष भएकाले बारम्बार सम्पादन हुनु र सम्पादन युद्धहुनु स्वभाविक कुरा हो। लेखमा सम्पादन युद्ध पर्यो भने सवैको आँखा त्यसमा पुग्छ र लेख झन राम्रो हुन्छ। त्यसैको लागि त प्रसाशक र प्रवन्धकको आवश्यकता, नत्र किन चाहियो?-धन्यवाद सृजना (कुरा गर्ने) ०७:१५, २५ जुन २०१४ (युटिसी(UTC))