विराट पोखर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विराट पोखरी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चल, झापा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको स्थान हो। अनारमनी गाविस वडा नं. ७मा अवस्थित विराटपोखर ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गाविस क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको यो क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरू विराटपोखर भन्ने गर्दछन।

महाभारतकालीन राजा विराटका गाईवस्तुहरूलाई पानी खुवाउन यो पोखरीको निर्माण गरिएको हो भन्ने जनविश्वास रहेको छ। यो पोखरी विर्तामोडबाट ४ किलोमिटर दक्षिणमा एक विगाहा क्षेत्रफलमा फैलिएको छ। यहाँ पुग्नको लागि विर्तामोडबाट बस, ट्याक्सी रिक्सा आदिमा चढेर जान सकिन्छ। यस पोखरीलाई ऐतिहासिक र धार्मिक पृष्ठभूमिका अतिरिक्त पर्यावरणीय महत्त्वका दृष्टिकोणबाट समेत हेर्ने गरिएको पाइन्छ। यस स्थानमा माछापालन गरी नौका विहार गर्न सक्ने प्रचुर सम्भावना रहेको छ। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "विराट पोखरी", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति