विश्वनाथ उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
विश्वनाथ उपाध्याय
सन् २००६ को कम्प्युटर मेलामा विश्वनाथ उपाध्याय
नेपालको सर्वोच्च अदालत
कार्यकाल
२०४८ साल साउन २३ गते – २०५२ साल असोज ९ गते
नियुक्ति कर्ताराजा बीरेन्द्र
पूर्वाधिकारीधनेन्द्रबहादुर सिंह
उतराधिकारीसुरेन्द्रप्रसाद सिंह
व्यक्तिगत विवरण
मृत्यु२०७० माघ १६
नर्भिक अस्पताल, काठमाडौँ
नागरिकतानेपाली
राष्ट्रियतानेपाली
विश्वनाथ उपाध्याय सूचना प्रविधि मेलामा एडीएसएल प्रविधि हेर्दै

विश्वनाथ उपाध्याय (विसं १९८६-२०७०) नेपालका पूर्व प्रधानन्यायाधीश थिए। उनी २०४८ साल साउन २३ गतेदेखि २०५२ साल असोज ९ गतेसम्म नेपालको प्रधानन्यायाधीश भएका थिए ।[१] उनी नेपाल अधिराज्यको संविधान २०४७ बनाउन गठित संविधान सुझाव आयोगका प्रमुख आयुक्त थिए। यिनैको आयोगले संविधानको मस्यौदा तयार पारेको थियो।[२]

पेशागत जीवन[सम्पादन गर्नुहोस्]

उपाध्याय कानुन सचिव, कानुन आयोग हुँदै सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा प्रवेश गरेका थिए। विसं २०४८ मा उनी प्रधानन्यायाधीश बनेका थिए। [३]

पारिवारिक पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

उहाँका चार दाजुभाइ मध्ये केदारनाथ उपाध्याय पूर्वप्रधानन्यायाधीश एंव राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष हुन् भने वैद्यनाथ उपाध्याय सर्वोच्चका वहालवाल न्यायाधीश र अर्का भाइ नरेन्द्र दाहाल सरकारी सेवामा कार्यरत छन् ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अवकाश प्राप्त प्रधानन्यायाधीशहरू", supremecourt.gov.np, सर्बोच्च अदालत, अन्तिम पहुँच २०७० माघ १७  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-३० मिति
  2. २.० २.१ "को हुन विश्वनाथ उपाध्याय ?", ujyaaloonline.com, २०७० माघ १७, अन्तिम पहुँच २०७० माघ १७  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०१ मिति
  3. दाहाल, दीपक (१७ माघ २०७०), "कानुनका ज्ञाता विश्वनाथ उपाध्यायको निधन", www.nagariknews.com, अन्तिम पहुँच २०७० माघ १७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]