वेदारम्भ संस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वेदारम्भ संस्कार हिन्दु धर्म अन्तर्गत सोह्र संस्कार भित्र पर्ने यो एक महत्त्वपूर्ण संस्कार हो। वैदिक सनातन वर्णाश्रम धर्मको संस्कृति नै संस्कारहरूमा अडिक छ। प्राचीनकालमा यसको विशेष महत्त्व थियो। जब बालकलाई उपनयन संस्कार गरिसके पछि उसलाई ज्ञान आर्जनका निम्ति गुरुकुल पठाउने प्रचलन थियो। गुरुकुलमा शिष्यलाई ब्रह्मचर्य ब्रत को पालन गराउने र संयमित रहने प्रतिज्ञा गराइन्थ्यो। शिष्य सम्पूर्ण परीक्षामा सफल भए पछि नै वेदारम्भको लागि योग्य भएको पुष्टि गरिन्थ्यो। आचार्यहरू आफुले उपनयन गराई आफना साथमा रहेका शिष्यहरूलाई हरेक वर्ष श्रवण नक्षत्रयुक्त वा अयुक्त साउनीपूर्णिमा, हस्तनक्षत्रयुक्त वा अयुक्त पञ्चमी तिथिमा अध्यायोपाकर्म सम्पन्न गरी वेद पढाउँथे। यस दिनदेखि करिव साँढे पाँच महिनासम्म स्वाध्यायाध्ययन कार्य चल्दथ्यो। त्यस पछि पुष महिनामा वेदोत्सर्ग कर्म गरी आचार्य गुरूहरू वैदिक यज्ञ-यागादि अनुष्टानतर्फ संलग्न हुन्थे।

संस्कारहरूको महत्त्व[सम्पादन गर्नुहोस्]

वेदारम्भको विशेष व्याख्या[सम्पादन गर्नुहोस्]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]