शर्बत

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इरानी चिया (बायाँ)को साथमा दुइ किसिमका इरानी शर्बत (दायाँ) ।

शर्बत एक पेय हो जुन पानीकागति या फलहरूको रसहरूमा मसला तथा अन्य सामग्रिहरूलाई मिलाएर बनाइन्छ । प्रायः यो शीतलता प्रदान गर्नको लागि पिइन्छ । नेपाल तथा भारतमा शर्बतमा मुख्यत: पानी, चीनीनुनको अलावा केही मसला र कागतिको रसको प्रधानता हुन्छ । तर टर्की, अरब तथा फारस (ईरान)को शर्बत धेरै फलहरूको रसहरू तथा सुगन्धित पुष्पहरू र वनस्पतिहरू बाट मिलेर बनेको हुन्छ ।

नाम[सम्पादन गर्ने]

शर्बत शब्द अरबी भाषाको शब्द शरिबा देखि आउछ जसको अर्थ हो 'पीउनु' । अरबी भाषामा कुनै पनि पेयलाई शरबा भन्छन । टर्की तथा फारसीमा यसलाई शेर्बत भन्छन्ं। भारतीय शब्द शराब पनि त्यहि मूल देखि आएको हो। सन् १८६७मा 'सेलर्स ह्यान्डबुक'मा श्राब शब्दको अर्थ केही यस तरिका बाट दिइएको थियो - एक मादक द्रव्य जुन समुद्री यात्रिहरूको लागि कलकत्ताको फोहर इलाकाहरूमा बनाइन्छ ।

यहि मूल देखि अङ्ग्रेजीको यूनानी प्रतीत हुने शब्द सीरप तथा पोर्चुगली एवम् ल्याटिनको क्रमशः क्जेरोप (xarope) तथा सीरपस (sirupus) शब्द आएको हो ।[१]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "संसारको सबै भन्दा पहिलो पेय" (in अङ्ग्रेजी) 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]