शाश्वत पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शाश्वत पराजुली (वि.सं.२०२६ -) नेपाली बालसाहित्यका लेखक हुन्। शाश्वत साहित्यकार कृष्णप्रसाद पराजुलीका जेठा छोरा हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

वि.सं. २०२६ मंसिरमा जन्मेका शाश्वतले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। पराजुलीका दुई दर्जन भन्दा बढी बालकथा र चित्रकथाका किताब् प्रकाशित छन्। उनले दर्जनौं बाल पुस्तकहरूको सम्पादन पनि गरेका छन्। उनले बालपत्रिका मेलाकान्तिपुर दैनिकको परिशिष्टाङ्क कोपिलाको पनि सम्पादन तथा संयोजन गरेका छन्। बालमनोविज्ञान र बाल रुचि बुझेका शाश्वतका बालसाहित्यिक कृतिहरू निकै लोकप्रिय मानिन्छन्। शाश्वत बालसाहित्यमा बढी पुस्तक बिक्री हुने लेखकका रूपमा पनि चिनिएका छन्।

कृतिहरू[सम्पादन गर्नुहोस्]

शाश्वतका प्रकाशित पुस्तकहरू हुन् :

१. हीराको टुक्रा (बालकथा सङ्ग्रह)
२. अनुहारको चित्र (बालकथा सङ्ग्रह)
३. लाटोकोसेरोलाई लड्डु (बालकथा सङ्ग्रह)
४. बादलुले रङ फेर्दा (गीत सङ्ग्रह)
५. छिमेकी चरा (अनुवाद बालपुस्तक)
६. पुलतीको यात्रा (बालचित्र पुस्तक)
७. बिचरो बुख्याचा (बालचित्र पुस्तक)
८. दङ्ग फुरुङ्ग (बालचित्र पुस्तक)
९. भकुल्लेको साथीको ? (बालचित्र पुस्तक)
१०. चुस्के र छुस्के (बालचित्र पुस्तक)
११. हिउकान्छा (बालचित्र पुस्तक)
१२. सुरीको साइकल (बालचित्र पुस्तक)
१३. जन्मदिन (सहलेखन)
१४. भुकली र म्याउँची (सहलेखन)
१५. रमाइलो मेला (सहलेखन)
१६. गोपीको टोपी (बालचित्र पुस्तक)
१७. सिंहपता मैजु र अरू कथाहरू (बालचित्र कथा–पुर्नकथन)
१८. म आफैं गर्न सक्छु (बाल तस्वीर पुस्तक)
१९. आधा देशको राजकुमार (बाल उपन्यास)
२०. सोहन र सर्कस (बालकथा सङ्ग्रह)
२१. बुर्लुक्क उफ्रदै मुसुक्क हाँस्दै (बालचित्र पुस्तक)
२२. लालमोहन रसभरी (बालचित्र पुस्तक)
२३. हिमालमा के के छ ?(बालचित्र पुस्तक)
२४. न त मम नत बारा (बालचित्र पुस्तक)
२५. छाता र वर्षादी (बालकथा सङ्ग्रह)
२६. गुइँठे र गुलेली (बालकथा सङ्ग्रह)
[१]

पुरस्कार[सम्पादन गर्नुहोस्]

‘आधा देशको राजकुमार’ बालउपन्यासका लागि शाश्वतले अन्तर्राष्ट्रिय नेपाली समाजको उत्कृष्ट बालकृति पुरस्कार पाएका छन्। यसैगरी ‘विचरो बुख्याचा’ कृतिका लागि पारिजात पान्डुलिपि पुरस्कार पाएका छन्। उनी बालविकास पत्रकारिता पुरस्कार, रेडियो नेपालको उत्कृष्ठ गीतकार पुरस्कार, जमर्को बालसाहित्य पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारहरूबाट पनि सम्मानित छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]