शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शाही नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । समाजमा रहेको मान्यता अनुसार मुगल (मुसलमान ) शासकहरूको निगाहाबाट मिलेको शाही पदवीमा रहने शासकहरूले शाही लेखे भन्ने छ । यस मान्यता अनुसार शाही र शाह मुगल शासक को निगाहा र अनुसरण अनुसार धारण गरेको पदबाट बनेको थर हो । मुगल शासकहरुका पनि शाह थर थिए र अहिले पनि छन् । नेपाली समाजका केही राजा रजौटाहरूले धारण गरेको शाह/शाही थर बि-स १५ औँ शताब्दी पहिले भेटिदैन । १५ औँ शताब्दी पहिले केही को खान ,केहीको चल्ल केही को थापा केहीको रावल केहीको ब्रह्म (बम) लेखेको भेटिन्छ र यिनका गोत्र देवता र बसोबास पनि भिन्न छन् । यी मध्ये केही लाई चल्ल केही लाई मगर केहीलाई मुसलमान केहीलाई थापा केहीलाई रावलबाट विकसित भएको भन्ने मान्यता पनि छ । जे जस्तो ब्याख्या भएपनि नेपाली समाजमा शाह र शाही लेख्ने केही कुल खानदान लाई राम्रै ठकुरी मान्ने गरिन्छ । शाह र शाही लेख्ने सबैका कुलदेवता मष्टो गणका देबी देवता कुलदेवता छन् । भारतको उत्तराखण्ड राज्य बागेश्वर को कप्कोट क्षेत्रमा डोट्याल भनिनेहरू शाही थर लेख्छन ।

शाह र शाही थर लेख्नेहरु भिन्न भिन्न पहिचानका[सम्पादन गर्नुहोस्]

जानकारी अनुसार नेपाली समाजमा निम्न अनुसारको पहिचान भएका शाह र शाही भेटिन्छन ।

क्र-स पूर्खाको थर बर्तमानमा लेख्ने थर गोत्र वंश कुलदेवता बसोबास मान्यता कैफियत
खान शाह भारद्वाज /कश्यप चन्द्रवंशी आलमदेवी ------ गोर्खा ,काठमाडौँ नेपालको गोर्खा राजपरिवार ---
रावल शाही /शाह रबि सूर्यवंशी मष्टो देवता जुम्ला कर्णाली क्षेत्र कल्याल शाही
----- शाही /शाह अत्रि /आत्रेय चन्द्रवंशी मष्टो देवता कालिकोट कर्णाली क्षेत्र रासकोटी शाही -----
चल्ल /मल्ल शाही /शाह शौनक सूर्यवंशी मष्टो देवता डोटी /डडेल्धुरा जुम्ला रैका वंशज ----
ब्रह्म/बम शाही /शाह अत्रि सोवंशी मष्टो देवता अछाम अछामी सोवंशी ----
------ शाही कश्यप ------- मष्टो /अलामदेवी गण्डकी क्षेत्र ----
डोट्याल शाही कश्यप ------- ----- उत्तरखण्ड को बागेश्वर कप्कोट क्षेत्र ----- ----
साहु शाह ---- ---- ---- डडेल्धुरा महेन्द्रनगर वैश्य जाति ---- ----
----- शाह ----- ----- ----- बैतडी /धनगडी वैश्य जाति ---
१० ---- तेली शाह ---- ----कश्यप --- मधेशी वैश्य जाति ---

पूर्वज[सम्पादन गर्नुहोस्]

संख्या[सम्पादन गर्नुहोस्]

शाहीले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]