शाह वंश
| शाह वंश | |||
|---|---|---|---|
| देश | काश्की, गोर्खा, नेपाल | ||
| पुर्ख्यौली थलो | भारतको चितौड [१] | ||
| उपाधि | शाह | ||
| संस्थापक | यशोब्रम्ह शाह | ||
| अन्तिम शासक | ज्ञानेन्द्र शाह | ||
| हालको शिर्ष | विघटन | ||
| स्थापना | १६औं शताब्दि | ||
| विघटन | २८ मे २००८ (२०६३ बैशाख) | ||
| धर्म | हिन्दू | ||
शाह वंश नेपाल राजतन्त्रका प्रशासक हुन । हालसम्म प्राप्त
| यस लेखलाई विकिको मापदण्ड अनुसारको विश्वसनीय बनाउन .अधिक स्रोत खुलाउन आवश्यक देखिन्छ कृपया विश्वस्त स्रोत जोडेर सुधार्नको निम्ति सहायता गर्नुहोस्। विश्वस्त स्रोत उल्लेख नभएको पृष्ठमाथि चुनौती आई पर्न सक्छ र सधैंका लागि मेटाउन पनि सकिने छ. |
श्रोतहरूको आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । चितोरगढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जयनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे ।
भूपाल नेपालको रिडी हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । उसको कान्छो भाइ मिचाखान पहिले नुवाकोट(स्याङ्जा)मा गएर राज्य गर्न थाले ।[१] कान्छा अजयसिंह(मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई ल्याई राजा बनाएका थिए ।
विषयसूची |
राज्य विस्तार [सम्पादन गर्ने]
यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले सन् १५५८मा गोर्खा, लिगलिगकोटका घले राजवंशलाई समाप्त गरी पूर्वतर्फ शाहवंशीय राज्यविस्तारको वीजरोपण गर्दै सन् १५५९[२] मा (विसं १६१६)[३] गोर्खा राज्यको स्थापना गरेका थिए । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमिका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रयाशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर अनाल गङ्गाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरूले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरू, थापा, भुसाल, मास्के, रानाहरू समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले विरगति प्राप्त गरे यसप्रकार विसं १६१६ भाद्रमा द्रव्य शाह गोरखाका राजा भए ।[३]
प्राचीन कालदेखि नै काठमाडौं कृषि तथा तिब्बत र भारतवीचको व्यापारका निम्ति महत्वपूर्ण रहेकाले यसमा धेरैका आँखा लाग्दै आइरहेको थियो । सन् १२८७मा पश्चिम नेपालको खस राज्यका राजा जितारी मल्लले काठमाडौं उपत्यकालाई तीन पटक आक्रमण गरेका थिए । यो कार्यलाई शाहवंशीय राजाहरूले पनि निरन्तरता दिए । गोर्खाका राजा नरभूपाल शाहले सन् १७३७मा काठमाडौं आक्रमण गरेका थिए । तर उनी यस आक्रमणमा पराजित भए । यस पराजयमा असन्तुष्ट बनेका राजकुमार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई लिन नयाँ रणनीति लिएको देखिन्छ । उनले सन् १७४१मा काठमाडौं उपत्यकाको भ्रमण गरे । त्यसवेला काठमाडौंकै सबै भन्दा पुरानो र महत्वपूर्ण राज्य भक्तपुरका राजा रणजीत मल्लका छोरा राजकुमार बीरनरसिं मल्लसंग मित लगाई भक्तपुर राज्यलाई मितेर सम्बन्धमा आबद्ध पारे । जयप्रकाश मल्लले पनि उनीसंग मित लगाई गोर्खा राज्यसंगको सम्बन्ध सुदृढ पार्न चाहेको देखिन्छ ।
नेपाल एकिकरण [सम्पादन गर्ने]
सन् १७४२मा २० वर्षको कलिलै उमेरका पृथ्वीनारायण शाह गोर्खा राज्यमा गद्दिनासिन भएपछि काठमाडौं लिनु नै उनको प्रमूख कार्यक्रम रहेको देखिन्छ।
नुवाकोट [सम्पादन गर्ने]
त्यसै शिलशिलामा १७४३मा उनले काठमाडौं अधिनस्थ राज्य नुवाकोट आक्रमण गरे। यद्यपि यस युद्धमा उनी सफल भएनन् लगत्तै अर्को वर्ष १७४४मा नुवाकोट माथि आक्रमण गरे। उही वर्षको सेप्टेम्बर २६ का दिन उनले नुवाकोट माथि सान्दार विजय हाँसिल गरे। यो काठमाडौं विरुद्ध गोर्खाको शक्ति परिक्षण युद्ध थियो। अझ स्पष्ट भन्नुपर्दा यो युद्ध जय प्रकाश मल्लको हैसियत जाँच्ने युद्ध थियो।
उपत्यका [सम्पादन गर्ने]
भक्तपुर गोर्खाको मितेरी सम्बन्धमा गाँसिएको राज्य थियो। पाटन अस्थिर राजनीतिका कारण कमजोर राज्य थियो। तसर्थ काठमाडौं उपत्यका माथिको विजय जय प्रकाश मल्लमाथिको विजयमा निर्भर थियो। काठमाडौंलाई सिधै आक्रमण गर्नु मूर्खता ठान्ने गोर्खाका नवराजाले काठमाडौं वरिपरिका राज्य र क्षेत्रहरूलाई कब्जा गरे सन् १७४६ मा। एउटा लामो सान्नाटा पछि गोर्खाले अचानक १७५७ मे २८मा कीर्तिपुर आक्रमण गरे। यस युद्धमा पृथ्वीनारायण शाहलाई जय प्रकाश मल्लले जिते। किनकि युद्ध निति जय प्रकाश मल्लको थियो। उनले उपत्यकाका राज्यहरूका सैनिक एकता गरी गोर्खा विरुद्ध युद्ध लडे। पाटन राज्यको अधिनस्थ राज्य कीर्तिपुर सेप्टेम्बर २६, १७६४को युद्धमा पनि विजयी बने। १७६४ ताका उपत्यकाका राज्यहरूको स्थिति १७५७ तिर जस्तो थिएन। राज्यहरू वीच मतभेत विद्यमान थियो। वास्तवमा आपसि फूट र अदुरदर्शिता नै मल्ल वंशको पतनको मूल कारण बन्यो। १७६५मा गोर्खाले कीर्तिपुर लियो। पृथ्वीनारायण शाहको मूल निशाना बाँकी नै थियो। एकातर्फ सन् १७६८ सेप्टेम्बर २५ का दिन इन्द्र जात्राको भोजसंगै काठमाडौं उपत्यकाकै सबै भन्दा शक्तिशाली राज्यको अन्त भयो भने अर्को तर्फ विशाल नेपालका निम्ति शाहवंशीय राज्यसत्ताको उदय भयो। त्यसपछि अक्टोबर ६, १७६८मा पाटन र नोवेम्बर १३, १७६९मा मितेरी सम्बन्धको अन्त गर्दै भक्तपुरमाथि सहज जित हासिले गरे। काठमाडौंमा हारेका जय प्रकाश पाटनमा हारे अनि अन्तमा भक्तपुर राज्यसंगै उनको जीवनको अन्त भयो। भौगोलिक रूपले पृथ्वीनारायण शाहबाट जग बसालिएको नेपाल एकीकरण बहादुर शाह र राजेन्द्र लक्ष्मीले सम्पन्न गरेको थियो। तैपनि नेपालको मानाचित्र जंग बहादुर राणाको समयसम्म फेरबदल भइरह्यो। सन् १८१६को सुगौली सन्धिले १/३ नेपाली भूभागलाई भारतमा मिलायो। जंग बहादुर राणाको नेतृत्वमा १८५७को भारतको सिपाही विद्रोहमा नेपाली जनताले दिएको पसिना रगतको मोल स्वरूप कैलाली, कंचनपुर, दाङ, देउखुरी नेपाललाई फिर्ता भयो। तब बर्तमान नेपालको मानाचित्र १८१६को हार र १८५७को विजयले कोरेको देखिन्छ।
एकिकरण पश्चातको नेपाल [सम्पादन गर्ने]
पृथ्वीनारायण शाहद्वारा बसालिएको २४० वर्ष पुरानो शाह वंश जेठ १५, २०६५ का दिन नेपाली जनताको चाहना र वलिदानमा समाप्त हुनगएकोछ। शाह वंशको उदय र पतनको इतिहासमा अब पूर्णविराम लागेको छ। शाह वंशको पतन कसरी हुन गयो त? अब यसको अनुसन्धान र विश्लेषणको जिम्मा इतिहासकारहरूको काँधमा आएको छ। निश्चय नेपालको एकीकरण र त्यसमा शाह राजाहरूको नेतृत्वको योगदानलाई इतिहासले विर्सनेछैनन्। तर एकीकरणसंगै एकीकरणको निरन्तरता आवश्यक पर्ने परिप्रेक्षमा सो हुन नसक्नु नै प्रमुख मुद्दा उठिरहेको आजको अवस्था हो। युद्धमा विजय हुन्छ भने त्यो विजयको कारक नेतृत्व र फौज दुबै हुन्छ। विजयपछि नेतृत्वले फौजलाई कदर नगर्ने हो भने नेतृत्व आफैं खतरामा हुन्छ। शाह वंशको पतन हुनुमा एकीकरण काल तथा त्यसपछिका समयहरूमा शाहवंशीय राजाहरूलाई पसिना र रगत दिने जनताको उपेक्षा नै सबैभन्दा ठूलो कारण देखिन आउँछ। गण्डक क्षेत्रका जनता एकीकरणपछि उपेक्षित बनेका थिए। युद्धमा शहिद बनेका कैंयौं वीर योद्धाहरूको सपना र चाहनाको उपेक्षा गर्दै शाह राजाहरू काठमाडौं उपत्यकाका दरवारहरूमा विलासी जीवनमा लिप्त बने। केही बर्ग र आसपासेको माध्यमबाट जनतालाई घुमाउन सकिन्छ भन्ने भ्रममा परे। अझ राणा शासकहरू एकीकरण गर्न वलिदान दिने जनताको रगत र पसिनाको उपेक्षा मात्र होइन जनतालाई नांगो खुट्टामा भारी बोक्न लगाउने, अशिक्षाको अन्धकारमा थुनिराख्ने नियतमा उद्दत देखियो। एकीकरणमा गण्डक क्षेत्र मात्र होइन राप्ती क्षेत्र तथा सुदुर पश्चिमका युवाहरूको पसिना रगत बगेको थियो। ती क्षेत्र एकीकरणपछि गण्डक क्षेत्र भन्दा बढि उपेक्षित बने। त्यसरी नै मध्य क्षेत्रका नेवार तथा तामाङजस्ता महत्वपूर्ण जातिहरू एकीकरणपछि उपेक्षामा परे। पूर्वका वीर योद्धाहरू त्यसरी नै उपेक्षामा परेको देखियो। तराईबासी उत्तिकै उपेक्षामा परे। मानिसलाई भौतिक सम्पन्नता मात्र होइन सम्मान जनक जीवन महत्वपूर्ण हुन्छ। केही जाति र वर्गले बाहेक बाँकी नेपाली जनताले नेपालमा सम्मानजनक जीवन विताउने अवसर पाएनन्। यसको परिणति आज देखिएको छ।
नेपालको एकीकरण भयो तर नेपालीको एकीकरण हुन सकेन। भौगोलिक रूपले एकीकरण गरिए पनि भावनात्मक तथा आर्थिक एकीकरण हुन सकेन। आर्थिक भेदभाव, जातिय भेदभाव, साँस्कृतिक भेदभावको कटौति होइन बढावा दिइयो। यसमा राणाहरू आफैं भेदभावका उदाहरण बने। जंग बहादुर स्वयं कुंवरबाट राणामा उक्ले। जात दिने, जात खोस्ने गजबको परम्परा नेपाली जनतामा लादियो। पहाडी मधेशीवीचका भेदभावहरू बढे, जाति-जातिवीचको भेदभावहरू बढे। नेपालीहरूलाई विकास र सद्भावका निम्ति होइन जातीय भेदभावका प्रतिस्पर्धी बनाइए। एक धर्मलाई प्रश्रय, आश्रय अर्कोलाई निम्न, नीच तुल्याइयो। एक संस्कारलाई सम्मान अर्कोलाई तिरस्कार दिइयो। नेपालीहरू नेपालमै परदेशी बने। ठूलो संख्याका नेपालीहरूले आफ्नै देशमा अपनत्वको अनुभूति पाएनन्। आत्मा सम्मान र जन जिविकाका लागि स्वदेश भन्दा विदेशलाई चुम्नु पर्ने स्थिति देखा पर्यो। यस्तो विकराल स्थितिमा नेपाली जनताले परिवर्तन खोजेका थिए ।[२]