शिरीष
| शिरीष | |
|---|---|
| संरक्षण स्थिति | |
|
Not evaluated (IUCN 3.1)
|
|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म) |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Fabales |
| कुल: | Fabaceae |
| वंश: | Albizia |
| प्रजाति: | A. lebbeck |
| द्विपद नाम | |
| Albizia lebbeck (L.) Benth. |
|
| पर्याय | |
|
Many, see text |
|
शिरीष अथवा कालो शिरीष खयर, बबुल तथा लज्जावती वर्गमा पर्ने माइमोसा Minosa जातिको वनस्पति हो । नेपालका तराई भावर, चूरे, भित्रीमधेश र उष्ण पहाडी क्षेत्रमा ७/८ प्रजातिका शिरीष भेटिन्छन् । यसको वृक्ष मझौलादेखि निकै अग्लो (१०–१५ मिटर पनि) हुन सक्छ। शिरीषका पात मुलायम र उन्यूका पातझैँ असङ्ख्य स–साना पातहरूको संयुक्त पुञ्जमा सजिएको हुन्छ । फूल भने रेशमका अनगिन्ती धागोका पुञ्जहरू मिलेर हाँगाभरी लटरम्म हुन्छ । यी फूलको रङ जातअनुसार, गुलावी, प्याजी, फिका पहेँलो वा हल्का नीलो पनि हुन्छ; तर गाढा नीलो फूल भने कुनै पनि नेपाली रैथाने शिरीषमा फुल्दैन । टिप्नासाथ ओइलाएर जाने हुनाले शिरीषको फूल अति संवेदनशील वस्तुको प्रतीक मानिन्छ । अरू देव पूजामा प्रतिष्ठित भएपनि गणेशलाई यो फूल चल्दैन । दशैँ–तिहारको बेलादेखि शिरीषका पात झर्न थाल्छन् र फलहरू भने लामा–लामा चेप्टा कोसाका रूपमा रूखैमा पछिसम्म झुण्डी बस्दछन् । रूखैबाट टिपेको कोसामा राम्रो बीउ हुन्छ । कुनै शिरीषको बीउ सय वर्ष पनि बाँच्न सक्छ । वसन्तको आगमनसँगै वृक्षभरी पात झाङ्गिने र गर्मीयाममा निकै भरपर्दो छहारी दिने भएकोले चियावारीमा शिरीष रोप्ने चलन छ । कोसेवाली भएकोले शिरीषले हावाको नाइट्रोजन सोसेर माटोलाई मलिलो बनाउन सहयोग पनि गर्छ । यो ज्यादै गुनिलो वनस्पति हो ।
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
अन्य सामाग्री [सम्पादन गर्ने]
- भँगेरी फूल
- [१] Mimosa tree