शिरीष

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शिरीष
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
वंश: Albizia
प्रजाति: A. lebbeck
द्विपद नाम
Albizia lebbeck
(L.) Benth.
पर्याय

Many, see text

शिरीष अथवा कालो शिरीष खयर, बबुल तथा लज्जावती वर्गमा पर्ने माइमोसा Minosa जातिको वनस्पति हो । नेपालका तराई भावर, चूरे, भित्रीमधेश र उष्ण पहाडी क्षेत्रमा ७/८ प्रजातिका शिरीष भेटिन्छन् । यसको वृक्ष मझौलादेखि निकै अग्लो (१०–१५ मिटर पनि) हुन सक्छ। शिरीषका पात मुलायम र उन्यूका पातझैँ असङ्ख्य स–साना पातहरूको संयुक्त पुञ्जमा सजिएको हुन्छ । फूल भने रेशमका अनगिन्ती धागोका पुञ्जहरू मिलेर हाँगाभरी लटरम्म हुन्छ । यी फूलको रङ जातअनुसार, गुलावी, प्याजी, फिका पहेँलो वा हल्का नीलो पनि हुन्छ; तर गाढा नीलो फूल भने कुनै पनि नेपाली रैथाने शिरीषमा फुल्दैन । टिप्नासाथ ओइलाएर जाने हुनाले शिरीषको फूल अति संवेदनशील वस्तुको प्रतीक मानिन्छ । अरू देव पूजामा प्रतिष्ठित भएपनि गणेशलाई यो फूल चल्दैन । दशैँतिहारको बेलादेखि शिरीषका पात झर्न थाल्छन् र फलहरू भने लामा–लामा चेप्टा कोसाका रूपमा रूखैमा पछिसम्म झुण्डी बस्दछन् । रूखैबाट टिपेको कोसामा राम्रो बीउ हुन्छ । कुनै शिरीषको बीउ सय वर्ष पनि बाँच्न सक्छ । वसन्तको आगमनसँगै वृक्षभरी पात झाङ्गिने र गर्मीयाममा निकै भरपर्दो छहारी दिने भएकोले चियावारीमा शिरीष रोप्ने चलन छ । कोसेवाली भएकोले शिरीषले हावाको नाइट्रोजन सोसेर माटोलाई मलिलो बनाउन सहयोग पनि गर्छ । यो ज्यादै गुनिलो वनस्पति हो ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

अन्य सामाग्री[सम्पादन गर्ने]