शिशापंखे पुतली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिशापंखे पुतली
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
वंश:
प्रजाति:
G. oto
वैज्ञानिक नाम
Greta oto
Geyer, 1837

शिशा पंखे पुतली (अङ्ग्रेजीमा ग्लास विङ्गड बटरफ्लाई) 'ग्रेटा ओटो' नामले पनि चिनिन्छ । पुतलीको यो प्रजाति लामो बसाइँसराई र पोथीहरूलाई आफूतिर आकर्षण गर्न भालेहरूमा हुने प्रतिश्पर्धाका लागि प्रख्यात छ । शिशा पंखे पुतलीका वयस्क भालेहरू प्रजनन् समयमा एक स्थानमा जम्मा भएर प्रतिश्पर्धा गर्दै पोथीहरूलाई आफूतिर आकर्षित गर्ने गर्दछन् । करिब ५.६ देखि ६.१ सेन्टिमिटर लामो हुने यो पुतलीको पखेटा पारदर्शी हुन्छ । मेक्सिकोदेखि पानामा तथा कोलम्बियासम्मका भूभागमा पाइने यो पुतलीको पखेटा पारदर्शी भएकै कारणले यसलाई ग्लास विङ्गड बटरफ्लाई भनिएको हो । यसलाई स्पेनी भाषामा 'इस्पेजिटस' भनिन्छ जसको अर्थ सानो ऐना भन्ने हुन्छ । पखेटाको धर्काहरूकोबीचमा भएको तन्तु शिशा जस्तै देखिन्छ, अन्य पुतलीहरूको पखेटामा पाइने रंगयुक्त तन्तु यसको पखेटामा पाइँदैन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शिशा पंखे पुतली र पोथीहरूको लागि भालेहरूमा हुने प्रतिश्पर्धा", www.sajhasamachar.com, साझासमाचार डट कम, अन्तिम पहुँच २३ अगस्ट २०१३