शीताङ्ग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शीताङ्ग
हाइपोथर्मिया
वर्गीकरण एवं बाह्य साधन
सन् १८१२मा रसियामा पुगेका नेपोलियन बोनापार्टका धेरै सेना शीताङ्गबाट प्रभवित भए
आईसीडी-१० T68.
आईसीडी- 991.6
डिजीज-डीबी 6542
मेडलाइन प्लस 000038
ईमेडिसिन med/1144
एम.ईएसएच D007035

शीताङ्ग यस्तो स्थिति हो, जसमा शरीरको तापक्रम सामान्य अर्थात् ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा कम हुन्छ | यस्तो बेला हातखुट्टा मात्रै चिसो हुने हैन, सास फेर्नसमेत असजिलो हुन्छ । मुटुको चाल बढ्न थाल्छ, रक्तचाप कम हुन्छ । शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ ।विज्ञहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम हुने स्थितिमा हातलाई काम गर्न असजिलो हुन्छ, थाकेको अनुभव हुन्छ । यस्तै, दुईदेखि चार डिग्रीसम्म तापक्रम कम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन्, प्रभावित व्यक्ति पहेंलो हुँदै जान्छ, उसका ओठ र कान नीलो देखिन थाल्छन् । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगहरूले काम गर्न छोड्छन् ।

शीताङ्गलाई हल्का, मध्यम, गम्भीर र उच्च गरी चार प्रकारमा बाँडिएको छ

  • हल्का शीताङ्गमा शरीरको तापक्रम ९०/९५ डिग्री फरेनहाइट हुन्छ ।
  • मध्यम शीताङ्ग हुँदा शरीरको तापक्रम ८२ देखि ९० डिग्री फरेनहाइटसम्म,
  • गम्भीर हुँदा ८२ देखि ६८ डिग्री फरेनहाइटसम्म हुन्छ ।
  • ६८ डिग्री फरेनहाइटभन्दा कम तापक्रमको स्थितिलाई उच्च मानिन्छ । निकै जोखिमपूर्ण ।

कसरी जोगिने

  • न्याना लुगाहरू पर्याप्त लगाउने
  • आवश्यक नभए बढी चिसोमा ननिस्कने
  • घर बाहिर निस्किँदा टाउको, घाँटी र कान छोप्ने
  • न्यानो ठाउँमा बस्ने
  • तरल पदार्थ पर्याप्त सेवन गर्ने
  • थाकेका बेला आराम गरिहाल्ने[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]