शुक्रराज शास्त्री

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
1928मा प्रकाशित शुक्रराजको तस्वीर
कुपन्डोलमा अवस्थित शास्त्रीको प्रतिमा

शुक्रराज शास्त्री (जन्मनामःशुक्रराज जोशी) नेपालका शहीद तथा नेपालभाषाका प्रमुख साहित्यकार थिए। उनी आर्य समाजका एक सक्रिय सदस्य थिए। उनलाई राणाहरूले नेपाल सम्बत १०६१मा टेकुमा रुखमा झुण्ड्याएर मारेको थियो।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

उनको जन्म नेपाल सम्बत १०१३ गुंलाथ्व गुंपुन्हि(वि.सं. १९५०)मा माधवराज जोशी र रत्नमाया जोशीका छोराको रूपमा काठमाडौँको खिउँलँ, थाय्‌मदुमा भएको थियो। नेवारको जोशी परिवारमा जन्मिएका भएर उनले पिताले जस्तै संस्कृत पढनुभएको थियो। उनका पिता आर्य समाजका नेता थिए। उनको विवाह मेनका देवी माथेमा (धर्मभक्त माथेमाको बहिनी)सँग भएको थियो। उनले पछि उच्च श्रेणीमा संस्कृत भाषामा शास्त्री उत्तीर्ण गरेकाले उनलाई 'शास्त्री' भनिएको हो। शास्त्रीले भारतको इलाहाबाद स्थित दयानन्द आर्य समाजी विद्यालयका प्रधानाध्यापक भई काम गर्नुका साथै सामाजिक सुधारका क्षेत्रमा भारतका मदनमोहन मालवीयसँग काम गर्नु भएको थियो। पञ्जाब विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातक गरेपछि उनी नेपालमा पस्नुभयो।

साहित्यिक योगदान[सम्पादन गर्ने]

नेपाल भाषा, नेपाली, हिन्दी, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता स्व. शास्त्रीका ६ वटाभन्दा बढी पुस्तकहरू प्रकाशित छन्। ब्रह्मसूत्र शाङ्कर भाष्य,स्वर्गको दरबार, नेपाल भाषा व्याकरण, संस्कृत प्रदीपलगायत उनका थुप्रै पुस्तक प्रकाशित छन्।

नेपालभाषा[सम्पादन गर्ने]

उनलाई नेपाल भाषाको पुनर्जागरणकालका एक महान् लेखकका रूपमा लिने गरिन्छ। उनले नेपालभाषाको व्याकरण प्रथम पटक प्रकाशित गरे/गरिन्। नेपाल भाषामा वैज्ञानिक रूपले लेखिएको यो पहिलो व्याकरण थियो। यो बाहेक उनले नेपाल भाषा रिडर नामक एक रिडर पुस्तक पनि प्रकाशित गरे/गरिन्। उनका नेपाल भाषाका अन्य कार्यहरू उनको शहादत्त्वले गर्दा प्रकाशित गर्न सकिएन।

राजनीति[सम्पादन गर्ने]

काठमाडौँ आएपछि क्रान्तिकारीहरूसँग उनको सम्पर्क भयो। वि.सं. १९९३मा 'नागरिक अधिकार समिति'मा बसी राणा शासन विरोधी अभियानमा लाग्नुभयो। शहीद शास्त्रीले भारतका महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौँ फर्केपछि उनलाई राणा सरकारले नजरबन्द गर्‍यो। नजरबन्द तोडेर आफ्ना मातापिताका माहिला छोरा शुक्रराजले वि.सं. १९९५ मार्ग १३ गते काठमाडौँ इन्द्रचोकमा राणा शासकहरूको विरुद्धमा उनको सबैभन्दा पहिलो आमसभामा एकजुट हुन आह्वान गरेका थिए। त्यसपछि राजद्रोहको अभियोग लगाई उनलाई पक्राउ गरी तीनवर्षे कैद सुनाइयो। आठवटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो १०-११ बजे सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]