शुक्रराज शास्त्री

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

शुक्रराज शास्त्री (जन्मनामःशुक्रराज जोशी) नेपालका सहिद तथा नेपालभाषाका प्रमुख साहित्यकार थिए। उनी आर्यसमाजका एक सक्रिय सदस्य थिए। उनलाई राणाहरुले नेपाल सम्बत १०६१मा टेकुमा रुखमा झुण्ड्याएर मारेको थियो।

विषयसूची

[परिवर्तन्] व्यक्तिगत जीवन

उनको जन्म नेपाल सम्बत १०१३ गुंलाथ्व गुंपुन्हि(वि.सं. १९५०)मा माधवराज जोशी र रत्नमाया जोशीका छोराको रुपमा काठमाडौँको खिउँलँ, थाय्‌मदुमा भएको थियो। नेवारको जोशी परिवारमा जन्मिएका भएर उहाँले पिताले जस्तै संस्कृत पढनुभएको थियो। उहाँका पिता आर्य समाजका नेता थिए। उहाँको विवाह मेनका देवी माथेमा (धर्मभक्त माथेमाको बहिनी)सँग भएको थियो। उहाँले पछि उच्च श्रेणीमा संस्कृतमा शास्त्री उत्तीर्ण गरेकाले उहाँलाई 'शास्त्री' भनिएको हो। शास्त्रीले भारतको इलाहाबादस्थित दयानन्द आर्य समाजी विद्यालयका प्रधानाध्यापक भई काम गर्नुका साथै सामाजिक सुधारका क्षेत्रमा भारतका मदनमोहन मालवीयसँग काम गर्नुभएको थियो । पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेपछि उहाँ नेपालमा पस्नुभयो ।

[परिवर्तन्] साहित्यिक योगदान

नेपालभाषा, नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषाका ज्ञाता स्व. शास्त्रीका ६ वटाभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । ब्रह्मसूत्र शाङ्कर भाष्य,स्वर्गको दरबार, नेपाल भाषा व्याकरण, संस्कृत प्रदीपलगायत उहाँका थुप्रै पुस्तक प्रकाशित छन् ।

[परिवर्तन्] नेपालभाषा

उहाँलाई नेपालभाषाको पुनर्जागरणकालका एक महान् लेखकका रुपमा लिने गरिन्छ। उहाँले नेपालभाषाको व्याकरण प्रथम पटक प्रकाशित गर्नुभयो। नेपालभाषामा वैज्ञानिक रुपले लेखिएको यो पहिलो व्याकरण थियो। यो बाहेक उनले नेपालभाषा रिडर नामक एक रिडर पुस्तक पनि प्रकाशित गर्नुभयो। उनका नेपालभाषाका अन्य कार्यहरु उनको शहादत्त्वले गर्दा प्रकाशित गर्न सकिएन।

[परिवर्तन्] राजनीति

काठमाडौँ आएपछि क्रान्तिकारीहरूसँग उहाँको सम्पर्क भयो । वि.सं. १९९३मा 'नागरिक अधिकार समिति' मा बसी राणा विरोधी अभियानमा लाग्नुभयो । शहीद शास्त्रीले भारतका महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौँ फर्केपछि उहाँलाई राणा सरकारले नजरबन्द गर्‍यो । नजरबन्द तोडेर आफ्ना मातापिताका माहिला छोरा शुक्रराजले वि.सं. १९९५ मार्ग १३ गते काठमाडौँ इन्द्रचोकमा राणा शासकहरूको विरुद्धमा उहाँको सबैभन्दा पहिलो आमसभामा एकजुट हुन आह्वान गर्नुभएको थियो । त्यसपछि राजद्रोहको अभियोग लगाई उहाँलाई पक्राउ गरी तीनवर्षे कैद सुनाइयो । आठवटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो १०-११ बजे सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारियो ।

अरु भाषामा