शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
नेपाल
स्थान : नेपाल
क्षेत्रफल : ३,५५५ km2 (१,३७३ sq mi)
स्थापना : सन् 1984

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो जुन पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित छ। यसको क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर. छ। यो निकुञ्ज इ.सं. १९८४मा स्थापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल तथा एक ऐतिहासीक शे गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो।

विषयसूची

जीवजन्तु [सम्पादन गर्ने]

यो निकुञ्जमा पाइने मुख्य जनावर दुर्लभ हिउँ चितुवा हो र अन्य स्याल, ब्वाँसो, फ्याउरो, झारल, घोरल, तथा लंगुर बाँदरहरू लगायतका जनावरहरू पाइन्छन्। पंक्षीहरूमा डाँफे, कालिज आदि पाइन्छन्।

वनस्पति [सम्पादन गर्ने]

यो निकुञ्जमा पाईने प्रमुख वनस्पतिहरू यस प्रकार छन् सल्ला, उत्तिस, देवदार, जुनिपर आदि हुन्।

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

बाहिरी लिंकहरू [सम्पादन गर्ने]