कृष्ण

नेपाली विकिपीडियाबाट
(श्रीकृष्ण अवतार बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कृष्ण

कृष्णको बाँसुरी बजाई रहेको मुर्ती
देवनागरी कृष्ण
संस्कृत Kṛṣṇa
वर्ग: भगवान विष्णुको अवतार[१]
वासस्थान: बृन्दावन, गोकुल, द्वारका, बैकुण्ठ,[२]
मन्त्र: ॐ नमो नारायण, ॐ नमो भगवते वासुदेवाय
अश्त्र: सुदर्शन चक्र
जीवनसाथी: राधा, रुक्मिणी, सत्यभामा, जाम्बोवती, यमुना, मित्रविन्दा, नग्नजिती, भद्रा, लक्ष्मणा
वाहन: गरुड
Texts भागवत पुराण, विष्णु पुराणा, महाभारत, भागवत गिता

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मीएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नंदलाल नामले पनि जानिन्छ।श्रीकृष्णका एक दाजु बलराम नन्द गोपका छोरा थिए।[३]

श्रीकृष्ण जन्म[सम्पादन गर्ने]

भगवान श्रीकृष्णको जन्म कहिले भएको थियो भन्ने ठोस प्रमाण त भेटिएको छैन। तर हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाईएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार बर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दू पञ्चाङ्गका अनुशार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा कंशको जेल भित्र भएको थियो। देवकी राजा कंशकी बहिनी थिईन्। उनीहरू दुवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए। राजा कंश देवकीको विवाहमा वशुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुगाउन जाँदै थियो। त्यसैबेला नारदमुनी आएर कंशलाई भने- "जसलाई तिमी आफ्नो बहिनी ज्वाँई भनेर पुगाउ जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।" नारदको यो कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू पैदा हुन्छन् ती सबैलाई जन्मेकै घडी कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वशुदेवको प्रतिज्ञा स्विकार गरेर आफ्नो घर गयो। केही दिन पछि देवकीको गर्भबाट पहिलो बालक पैदा भयो। वशुदेवले आफ्नो प्रतिज्ञा बमोजिम बालक कंशको घर पुराए। यो देखेर कंशले देवकीको आठौँ गर्भको बच्चामात्र मलाई दिनु बाँकीका बालकहरू दिनु पर्दैन भनि फर्कायो तर नारदमुनी आएर जो गर्नु छ यी बालकलाई गर आठौँ गर्भको बालकलाई त तिमी केही पनि गर्न सक्दैनौ भने। यो सुनेर राजा कंशले वसुदेवसँग बालक मागेर बालकलाई जमीनमा पछारी हत्या गरिदियो। यसै गरी देवकीका सातवटा बालकहरूको कंशले हत्या गरिदियो। त्यस पछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राख्यो। जेलको बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा गरेको थियो। तर भगवानको लिला अपरम्पार छ। जब श्रीकृष्णको जन्म भयो त्यसबेला पहरेदारहरूलाई मोह निद्राले ढाक्यो। भगवान श्रीकृष्णको जन्मको भन्को सम्म पनि पहरेदारहरू थाह पाएनन्। भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए। त्यसपछी वसुदेवलाई "गोकुलमा नंदगोपका घरमा भरखरै मात्र एक कन्याको जन्म भएको छ। तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु।" भनि सम्झाएर अन्तर्ध्यान भए। केही छिन पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो। भगवानको लिलानुशार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान बिष्णुले बताए बमोजीम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे। बाटोमा यमुनाजी पर्छन्। यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही छिनमै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन।[४] यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिन पछि बालीका जोर जोरले रुन थालिन्। यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो कसैले बालक जन्मेको कुरा कंशलाई भन्यो। बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै "पापी मलाई जती कोशीस गरे पनि मार्न सक्दैनस् तँलाई मार्ने तेरो शत्रु गोकुलमा छ" भनिन्। यी बालीका महा शक्ति योगमाया दुर्गा भगवतीको अवतार थिईन्

बाल लिला[सम्पादन गर्ने]

भगवान विष्णुका अवतारहरू
मुख्य अवताहरू
अन्य अवतारहरू
यसोधाको साथमा बाल श्रीकृष्ण

भगवान श्रीकृष्णले गोकुल, वृन्दावनब्रजमा रहँदा कैयोँ बाल लिला रचाएका थिए। कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन पर्वत धारण जस्ता अनेक्यौँ बाल लिला देखाएका थिए। यहाँ भगवान श्रीकृष्णले गरेका केही बाल लिलाको छोटकरीमा वर्णन गरिदैछ।

पुतना बध[सम्पादन गर्ने]

मथुराको राजा कंशले श्रीकृष्ण गोकुलमा भएको थाहा पाएर आफ्नी एक स्त्री योद्धा पुतना (होलीका)लाई गोकुलका भएका बालकहरू सबैलाई मार्ने आज्ञा दियो। राजा कंशको आज्ञानुसार पुतना पनि गोकुलमा गएर आफ्नो स्तनमा बिष लगाएर बालकहरू चोर्दै स्तनपान गराउन लागी। यसै क्रममा पुतना यशोधाको घरमा पुगी। यशोधा श्रीकृष्णलाई घरमा सुताएर आफु घरको काममा लागेकी थिईन्। यसै बेला राम्रो अवसर पाईयो भन्ने ठानी पुतनाले बालक कृष्णलाई चोरेर लगी केही पर गएर कृष्णलाई स्तनपान गराउन लागि तर भगवान श्रीकृष्णले स्तनपान गर्दा गर्दै पुतनाको प्राण समेत चुसीदिए। तब पुतना निष्प्राण भएर जमीनमा ढली। पुतना जमीनमा ढल्दा भयंकर आवाज आयो सबै ब्रजवासीहरू के भयो,? यत्रो आवाज कसरी कहाँबाट आयो,? भन्ने संका गर्दै आवाज आएको तर्फ दौडे। त्यहाँ सबैले पुतनाको मृत शरीरमा बालगोपाल खेलीरहेको देखे। यशोदा लगाएत सबै गोपहरूले पुतनाको मृत शरीरबाट श्रीकृष्णलाई उठाएर माया गरे। पछि गोपहरूले पुतनाको विशाल मृत शरीरलाई काटेर जलाए। भगवान श्रीकृष्णको हातबाट मारीएकी हुनाले पुतनाको मृत शरीर आगोमा जल्दा धुपको जस्तै वासना फैलिएको थियो। त्यसै दिनलाई आधार मानेर आज पनि हिन्दू समाजमा होली मनाएर होलीका जलाउने चलन यथावत छ।[५]

यमुलार्जुन उदार[सम्पादन गर्ने]

एक दिन यशोदाले दही मथ्दै गरेको बेलामा बालगोपाल श्रीकृष्णले माता यशोदालाई स्तनपानको ढिपी गर्न थाले तर यशोदा आफ्नो काममा व्यस्त भएका कारण कृष्णको माग प्रती वास्ता गरिनन्। भगवान श्रीकृष्णले रिसाएर त्यसैबेला लातीले हानेर दही मथ्ने भाँडो फुटाए। तब यशोदाले रिसाएर कृष्णलाई चेताउनका निमित्त ओखलमा बाँधेर राख्न खोजिन् तर प्रभुको लिला अपरम्पार थियो यशोदाको घरमा भएका सबै डोरीहरू कृष्णलाई बाँध्नकोलागी छोटा पर्न गए। यसरी सबै डोरीहरू छोटा पर्न गए पछि यशोदा दु:खी भएर अब के गरुँ भनेर बिचार गर्न लागिन्। त्यो देखेर आमालाई दु:ख भयो भन्ने ठानी कृष्णले सानो डोरीलाई पनि बाँध्न पुग्ने बनाए। तब योशोदा कृष्णलाई ओखलमा बाँधेर आफुले दही मथ्ने काम गर्न थालिन्। त्यस पछि भगवान श्रीकृष्णले ओखललाई घिसार्दै जंगल तिर लगे जंगलमा दुईवटा ठूला जमुलार्जुनका रुखहरू विचमा ओखल अड्किएर रुखहरू भाँचिए। रुख भाँचिएको आवाज पुरै गाउँमा फैलियो सबैजना आवाज आएको दिशा तर्फ दौडे। रुखहरू भाँचिएको ठाउँबाट दुईजना सुन्दर पुरुषहरू निस्केर भगवान श्रीकृष्णको प्रार्थना गर्न थाले। तब कृष्णले उनीहरू पूर्व जन्ममा नल र कुबेर दुई भाइ रहेका र देवराज इन्द्रको श्रापले गर्दा यहाँ रुख भएर जन्मिएका आज उदार गर्न निमित्त आफुले यो सबै काम गरेको बताए। त्यस पछि ती दुवै जना दिव्य विमानमा बसेर स्वर्ग तिर प्रस्थान गरे भने कृष्णलाई गाउँले तथा यशोदाले घरमा ल्याए।[६]

मखन चोर[सम्पादन गर्ने]

भगवान श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन (नौनी) चोरेर खान्थे। यसैले भगवान श्रीकृष्णलाई मखन चोर पनि भनेको सुनिन्छ। यसरी दिन दिनै मखन चोरेर सताएकाले एकदिन गोपिनीहरू सबै यशोदाको घरम जम्मा भएर यशोदासँग कृष्णको चुकली गरे। तब यशोदाले कृष्णलाई सोधिन्। भगवान श्रीकृष्ण रुँदै भनेकी गोपिनीहरू मलाई चोरीको झुठो आरोप लगाउदै छन्। यो सुनेर यशोदाले गोपीहरूलाई गाली दिएर त्यहाँबाट भगाइन्। तब गोपीहरू कृष्णलाई नौनीसँगै समात्ने योजना बनाए। भोलिपल्ट सबै गोपीहरू आफ्नो आफ्नो घरमा चियो बसेर मखन चोरको बाटो हेर्न लागे। यत्तिकैमा मखन चोर केही साथीहरूलाई लिएर एक घरमा गए। सबै गोपीहरू मखन चोरलाई पक्राउ गर्न त्यसै घरमा गए जहाँ मखनको चोरी हुँदै थियो। मखन चोरको समुह त्यो घरमा भएको मखन चोरेर अर्को घरमा जाने तयारीमा बाहिर निस्कने बित्तिकै मखन चोर पक्राउ परे। त्यस पछि सबै गोपीहरू श्रीकृष्णलाई यशोदाको घरमा लिएर गए। तर कृष्णको लिला अपरम्पार थियो। कृष्णलाई जुन गोपीले समातेर ल्याएकी थिईन् कृष्ण उनैको छोराको रूपमा थिए। यशोदाको घरमा गएर गोपीहरूले भगवान श्रीकृष्णले मखन चोरे सबुत सहित पक्रेर ल्याएको कुरा बताए। यशोदाले बालकको मुखमा हेरेर हाँस्दै भनिन्- "तिमीहरू सबै पागल त भएनौ बालकलाई हेर कसको छोरा हो? मेरो कान्हैया त आज बिहानै देखि घर मै छ।" यो सुनेर सबै गोपीहरूले पक्रेर ल्याएको मखन चोरलाई हेरे यो त आफ्नै पुत्र पो हो। सबै गोपीहरू लाजले केही पनि भन्न नसकेर आफ्नो आफ्नो घर गए।

राधीका चरित्र[सम्पादन गर्ने]

राधाकृष्ण

राधा जसलाई राधीका, राधे, अदी नामले पनि चिनिन्छ भगवान श्री कृष्णकी बाल्यकालकी सखा थिईन् भगवान श्रीकृष्णले राधाजीको सँग निकुञ्ज वन र वृन्दावन हजारौ लिला रचाएका थिए। राधा ब्रज निवासी भृषभानु नामका गोपकी छोरी थिईन् उनकी आमाको नाम कृती थियो। राधाको जन्म पनि कृष्ण जन्मेकै वर्ष राधा अष्टमीका दिन भएको थियो। राधालाई लक्ष्मीको अवतार मानिएको छ। कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थीन्। राधा कृष्णमा मोहीत थिईन् भने कृष्ण राधामा मोहीत थिए। राधा जी सँधै गोठमा गाई दुहनजाँदा कृष्णलाई बोलाउने गर्थिन्। एक दिन श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधीकाकी सखिहरूले देखिन्। तब राधीकालाई जिस्काउ लागिन् यो देखेर राधीका आफुलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन्। राधीकाका सखीहरूले उनलाई कृती भए ठाउँ पुराए। यसरी राधीका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन्। सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गर्थिन् भने तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन् सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन। त्यस पछि एक राधीकाकी एक सखीले अंदाज लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर ल्याइन्। कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफु मुरली बजाउन लागे।मुरलीको धुन सुन्दै राधालाई होस् आयो। मिलको लागि आमाहरूलाई ठगेर यस्तै खाले लिलाहरू राधा र कृष्ण गरीरहन्थे।

गोवर्धन धारण[सम्पादन गर्ने]

एक दिन भगवान श्रीकृष्णले नन्दादी गोपहरूलाई केही पूजा सामाग्री लिएर मन्दिर जान लागेका देखे। यो देखेर भगवान श्रीकृष्णले सबैलाई कहाँ र किन जाँदै छौ भनेर सोधे। यो सुनेर नन्दादी गोपहरूले देवराज इन्द्रको पूजा गर्न मन्दिर जान लागेको बताए। तब कृष्णले यसरी इन्द्रको पूजा गर्नु भन्दा हामी जुन ठाउँमा बसेका छौँ त्यो गिरी गोबर्धनको पूजा गर्नु राम्रो भएको बताए। यो सुनेर ब्रजवासीहरूलाई कृष्णको कुरा ठिक लाग्यो। सबै मिलेर गोबर्धन पूजा गरे मन्दिरमा चढाएको प्रसाद इत्यादी सबै कृष्णले गोप्यरूपमा खाए। यो देखेर सोझा गोपहरूले देवता खुसी भएर हामीले चढाएको फल फूल, प्रसाद सबै देवताले खाए भन्ने ठाने। यो देखेर देवराज इन्द्रलाई साह्रै रिस उठ्यो उनले सबै मेघहरूलाई बोलाएर पुरा ब्रजलाई बगाउने आदेश दिए। देवराजको यो आज्ञा पाएर ब्रजमा घनघोर वर्षा हुन लाग्यो पुरा ब्रज जलमग्न भयो। जमीन भन्ने कुनै ठाउँ नै रहेन चारै तिर सागर झैँ पानी नै पानी भयो। यो देखेर ब्रजमा हाहाकार मचियो। बाँच्ने आशा सबैको हरायो। सबैले कृष्णले उल्टो मति सिखाएकोमा इन्द्र रिसाए भन्दै कृष्णलाई दोषी ठहराए। तब भगवान श्रीकृष्णले पनि देवराज इन्द्रको सेखी हरण गर्ने ठाने। कृष्णले सबै ब्रजवासीहरूलाई गोबर्धन गिरीको फेदीमा लिएर गए। आफ्नु कान्छी अङ्गुलीले गोबर्धन पर्वतलाई उठाएर एक गुफा बनाए। सबै ब्रजवासीहरूलाई गुफामा बसालेर आफुले एक हातले पर्वत उठाएर अर्को हातले मुरली बजाउदै सबैलाई मोहीत बनाए। एक हप्ता भरी वर्षा रोकिएन अंतमा इन्द्रले आफ्नो हार स्विकार गरेर भगवान श्रीकृष्णसँग माफी मागेर वर्षा बंद गराए। वर्षा बंद भैसके पछि कृष्णले सबैलाई बाहिर निकालेर पर्वत पूर्वानुसार राखेर बाहिर आए।

चिरहरण[सम्पादन गर्ने]

एक दिन ब्रजका सबै गोपीहरूले भगवान श्रीकृष्णको व्रत गरेर व्रतको समाप्ती स्नान गर्न यमुनाको किनारामा रहेको तलाउमा गए। भगवान श्रीकृष्ण पनि गोपीहरूको आफु प्रतीको प्रेम भक्ति बुझ्नको लागि पछाडी पछाडी लुकेर गए। तलाउमा पुगेर गोपीहरूले कपडा खोलेर किनारामा राखेर सर्वांग नाङगा भएर तलाउमा स्नान गर्न लागे। श्रीकृष्ण सबै गोपीहरूका कपडाहरू लिएर नजीकैको कदमको रुखमा चढेर बसे। गोपीहरू स्नान गरेर तलाउको किनारामा आएर कपडाहरू नभेटाएकाले हैरान भए। उनीहरू आपसमा कपडाहरू कसरी हराए भन्दै छलफल गर्न थाले हावाले उडायो होला भने पनि यहाँ हुरी आएको देखिएन, कसैले चोरे लग्यो भने पनि यहाँ हामी बाहेक अरु कोही पनि आएको छैन भनेर धेरै किसमका तर्क बितर्क गर्न थाले। यो देखेर रुखमाथी बसेका कृष्ण मुरली बजाउन लागे। मुरलीको आवाज सुनेर गोपीहरू झस्किएर फेरी तलाउ भित्र पसे। गोपीहरू भित्री मनमा कृष्ण प्रती प्रेम भए पनि बाहिर मुखले कृष्णलाई गाली दिन थाले। कपडा न दिएमा राजा कंशसँग निसाब माग्ने धम्की दिए। यो सुनेर कृष्णले पनि रिसाएर म कपडा दिन्न तिमीहरू जे गर्न सक्छौ गर भने। गोपीहरूले कृष्ण रिसाए भन्ने थाहा पाएर गल्ती गरेकोमा माफी माग्दै कपडाहरू दिने विन्ती गर्न थाले। तै पनि श्रीकृष्णले गोपीहरूलाई सताइ सताइ कपडा फिर्ता गरे।

वत्सासुर, बकासुर बध[सम्पादन गर्ने]

एक दिन भगवान श्रीकृष्णले यशोदालाई आफुहरू घरमा बसेर खेल्नु भन्दा गाइहरूका साथ वनमा गएर गाइ चराएर ल्याउने ढिपी गर्न थाले। यशोदाले कृष्णको उमेर सानो भएको कारण वनमा जान हुदैन भनि धेरै सम्झाईन् तर श्रीकृष्णले आफ्नो ढिपी छोडेनन्। यसरी कृष्णले ढिपी गरेका कारण यशोदाले ब्रजका अन्य गोठालाहरूलाई घरमा बोलाएर कृष्ण र बलरामले वनमा जान ढिपी गरीरहेका छन् यसैले यिनलाई आफुसँगै लैजाने , वनमा यी दुवै भाईको राम्रो निगरानी गरेर घर आउदा आफुसँगै ल्याएर आउने आज्ञा गरिन्। तब गोठालाहरूले कृष्णलाई आफ्ना साथ लिएर गए। वनमा गाइहरूलाई चर्न छोडेर आफूहरू खेल्न लागे। त्यसै बेला कंशले पठाएको एक जना वत्सासुर नामको असुर त्यहाँ बाछोको रूपमा देखियो बत्सासुरले कृष्ण र बलरामलाई लाती र सिँगले हान्नलाग्यो यो देखेर सबै गोठालाहरू डराए। तब श्रीकृष्णले बत्सासुरकका साथ लडेर बत्सासुरलाई मारे। आफ्नु भाइ मारिएको देखेर बत्सासुरको भाइ बकासुर रिसाएर आयो। बकासुर बकुल्लोको रूपमा आएर श्रीकृष्णलाई निल्यो। यो देखेर सबै गोठालामा हाहाकार मचियो। सबै रुन कराउन थाले तर कृष्णले बकासुरको घाँटीमा अड्केर आगो जस्तै जलाउन थाले त्यसैले बकासुरले कृष्णलाई निल्ल नसकेर वाक्यो। बकासुरले कृष्णलाई फेरी निल्ने प्रयास गर्न थाल्यो तर कृष्णले उसको मुख च्यातेर मारे। यसरी 2 वटा राक्षसहरूको बध गरेर बेलुका पख घर फर्किए। यशोदाले वनमा घटेका घटनाहरू सुनेर भोलिपल्ट घरैमा खेल्नको लागि मुरली दिएर कृष्ण र बलरामलाई वन जानबाट रोकिन्।

प्रलम्बासुर, केसी बध[सम्पादन गर्ने]

भगवान श्रीकृष्णलाई गोकुलमा भएको थाहा पाए पछि कंशले बिच बिचमा आफ्ना योद्धाहरूलाई गोकुल गएर श्रीकृष्णलाई मार्ने आज्ञा दिएर पठायो तर ती सबैलाई भगवान श्रीकृष्णले खेल खेलमै मारेर स्वर्ग पठाए। एक पटक भगवान श्रीकृष्ण र बलराम वनमा गोठालाहरूसँग खेलीरहेका बेला एक प्रलम्बासुर नाम गरेको दैत्य गोठालाकै भेषमा आएर आफु पनि तिनीहरूसँगै खेल्ने आग्रह गर्न थाल्यो। त्यो देखेर कृष्ण र बलरामले सबै थाह पाई सकेका थिए। उनीहरू सबैले प्रलम्बासुरलाई आफुसँगै खेल्न लगाए। सबैले पालै पालो गरेर एकले अर्कोलाई बोकेर केही पर लैजाने खेल खेल्न थाले। यसै क्रममा प्रलम्बासुरको पालो भगवान श्रीकृष्णलाई बोक्नु पर्ने आयो खेलको नियमानुसार भगवान श्रीकृष्ण प्रलम्बासुरको बुई चढे तर प्रलम्बासुरले आफ्नो राक्षसी रूप लिएर आकाशमा उड्यो यो देखेर सबै आत्तिए तर भगवान श्री कृष्णले प्रलम्बासुरको घाँटी चेपेर स्वाँस रोकिदिए केही छिन पछि प्रलम्ब निष्प्राण भएर जमीनमा खस्यो। यसै गरी केशी नामको अर्को दानवलाई पनि कृष्णले खेल खेलमै मारेका थिए।[७]

कालीनाग मर्दन[सम्पादन गर्ने]

एक दिन भगवान श्रीकृष्ण लगाएत सम्पूर्ण गोप बालक यमुना नदीको किनारामा भकुण्डो खेलीरहेका थिए अचानक भकुण्डो हुत्तिएर यमुनाको एक तलाउमा खस्यो। त्यो तलाउमा कालियनाग नाम गरेको भयंकर बिषालु सर्प थियो सर्प यती बिषालु थियो कि यदी तलाउमाथी कुनै पंक्षी पनि उडेर गयो भने बिषका प्रभावले तुरुन्तै मरेर जमीनमा खस्थ्यो। भकुण्डो पानीमा गए पछि सबै गोप बालकहरूले प्यास लागेको कुरा भगवान श्रीकृष्ण सँग बिन्ती गरे। यो सुनेर भगवान श्रीकृष्णले भकुण्डो पनि ल्याउने र पानी पनि पिएर आउन तलाउमा जाने सल्लाह दिए गोपबालकहरूले तलाउमा बिषालु नाग भएको र त्यहाँ जान नहुने कुरा व्यक्त गरे। तब कृष्ण नागको शेखी हरण गर्ने चाहनाले तलाउको नजीकैको रुखमा चढेर ठूलो आवाज गर्न थाले।यो देखेर कालियनाग तलाउ बाहिर आएर कृष्णलाई पुरै शरीर बेरेर डस्न थाल्यो। यो देखेर सबै ब्रजवासीहरू आतिए त्यो दिन कृष्ण बलरामलाई छोडेर एक्लै गएका थिए। कृष्णलाई नागले डसेको कुरा थाहा पाएर नन्द बलराम लगायत सबै ब्रजवासीहरू यमुनामा गए। त्यहाँ भगवान श्रीकृष्णलाई नागले बेरेको देखेर सबै रुन थाले। यो देखेर कृष्णले फुर्ती देखाएर नागको टाउकोमा चढेर नाँच्न थाले। नागले अत्यन्त पिडाका कारण मुखबाट रगत छाद्न थाल्यो। नागका पत्नीहरू आएर भगवान श्रीकृष्णसँग नागको ज्यान बचाउनको लागि प्रार्थना गर्न थाले। यो देखेर भगवान श्रीकृष्णले नागलाई स्त्री द्वारा प्राण बचाइएको उपाधी दिदै अब देखि घमण्ड नगर्ने वाचा गराएर तलाउ छोड्न लगाए।[८]

मथुरा गमन[सम्पादन गर्ने]

कंशका धेरै जसो योद्धाहरूलाई कृष्णले गोकुलमा नै मारेर सिध्याएका कारण कंशले वसुदेव र देवकीलाई फेरी थुनामा राख्न लगाएर अर्कुर नाम गरेका व्यक्तिलाई ब्रजबाट कृष्ण र बलरामलाई ल्याएर आउने आज्ञा दियो। पुरै कृष्ण चरित्रमा यो कथा निकै मार्मिक छ। यो कथा पढ्दा आँखाबाट आँसु झर्छ। जब श्रीकृष्ण र बलरामलाई गोकुलबाट विधाई गरिन्छ। त्यसबेला ब्रजवासीहरूले गरेको रोधनलाई पढ्दा कठोर हृदय भएको व्याक्तिको पनि आँखाबाट आँशु खस्छ। श्रीकृष्ण मथुरा गएको धेरै दिन सम्म ब्रजका मान्छे त के गाईहरूले पनि घाँस नखाएर आँखाबाट आँशु वर्षाई रहेको कुरा कृष्ण चरित्रमा लेखिएको छ।

विभिन्न नामहरू[सम्पादन गर्ने]

कृष्णले कंशलाई मारेर मथुरा कब्जा गरेपछि कंश का अनन्य मित्र मगधराज जरासन्ध ले कंश हत्या को बदला लिन मथुरामाथि अठार पटकसम्म हमला गरे। अन्तिम पटकको हमलाको प्रतिरोध नगरी कृष्णले मथुरा छाडिदिए। त्यसपछि कृष्णको नाम 'रणछोडदास' रहन गयो। [९]

गृहस्थ जीवन[सम्पादन गर्ने]

स्वर्गाहरण[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. भागवत पूराण (1.3.28)
  2. Cite error: Invalid <ref> tag; no text was provided for refs named autogenerated3
  3. श्रीकृष्ण चरित्र
  4. श्रीकृष्ण चरित्र (जन्म लिला)
  5. श्रीकृष्ण चरित्र पुतना बध
  6. सुक सागर
  7. सुकसागर
  8. कृष्ण चरित्र
  9. रणछोडदास

हेर्नुहोस्[सम्पादन गर्ने]