भगवान श्री पशुपतिनाथ
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
यी पनि हेर्नुहोस: श्री पशुपतिनाथको मन्दिर, अष्टमूर्ति, शिव
भगवान श्री पशुपतिनाथ हिन्दू परम्परा अनुसार निकै महत्त्वपूर्ण भगवान हुनुहुन्छ। उहाँ सबै प्राणीहरूका रक्षकका रूपमा पुजिनुहुन्छ।भगवान पशुपतिनाथ नेपालमा आदिकालदेखि राष्ट् देवताका रूपमा भक्त्तिपूर्वक आराधना गरिदै आएको र भगवानको महात्म्य नेपालमा मात्र नभइ भारत लगायत विश्वभरिका हिन्दुमा फैलिएकाले उहाँलाइ नेपाली हिन्दुहरू ज्यादै नै महिमामय परमपूज्य देवताका रूपमा आदर र आराधना गर्दछन। भगवानको पूजा अर्चना पनि विशिष्ट विधिविधानपूर्वक आधिकारिक पूजकद्वारा हुँदै आएको तथ्य इतिहासप्रसिद्ध छ। भगवानको नित्य, नैमित्तिक र काम्य पूजा शुद्ध बैदिक र तान्त्रिक पद्धतिबाट हुनु पर्ने, पूजक पाशुपत विशिष्ट दीक्षा र श्रीविधाको पन्चदशी, षोडशी र अष्टादशी सम्मको दीक्षा लिएको, पशुपति सम्बन्धी पूजन परम्परा सिकेको र गर्न सक्ने हुनुपर्ने एवम खान, पान र अन्य दैनिक व्यवहार गर्दा शुद्ध ब्राहमणॉचित आचारमा बसेको, एक पत्नी बर्ती, कुनै घाउ खत नलागेको, निरामिष (परम्परागत शाकाहारी।मासु नखाने) धर्मशास्त्रको मर्यादामा रहेको, निष्ठावान, दीक्षित व्यक्ति हुनु पर्ने, पूजक हुनु भन्दा र पूजकको पदमा नियुक्त्त हुनुभन्दा पहिले गुरु मूलभट्ट (पूर्व मूल पूजक जस्ले अरुलाई पशुपति पूजाको परम्परागत विशिष्ट दीक्षा दिने हो )को निरीक्षणमा रहनु र गुरुबाट विभिन्न प्रयोगद्वारा शरीर शुद्धी, अन्तःकरण शुद्धी, तत्व भुवन, अध्वा शुद्धी गरिएको हुनु पर्ने परम्परा रहेको छ। भगवान पशुपतिनाथ स्वयम कल्याण रूप हुनु हुन्छ त्यसैले प्राणी मात्रका मोक्षदाता समस्त हिन्दुहरूका आराध्यदेव श्रीपशुपतिनाथको महिमा अनुकुल पूजा अर्चना निर्वाध निरन्तर रूपमा व्यवस्थित रूपमा हुनु सबैका लागि सधैका लागि कल्याणकारी छ।
भगवान पशुपतिनाथको साक्षात मूर्ति सहितको परम पावन विश्वप्रशिद्ध् मन्दिर नेपालको राजधानी काठमान्डौ़को पूर्व दिशामा रहेको प्राचीन देवपत्तनमा रहेको छ। यस मन्दिरमा सदैव भक्तजनहरूको भीड लाग्दछ। खासगरी महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी, श्रावण महिनाको सोमबार यस मन्दिरमा पर्वमेला लाग्दछ।[१] [२]
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
|
||||||||||||||||||||||||||||||||||