श्रीमदभागवत गीता

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

श्रीमद्भगवद्गीता हिन्दूहरुको लागि एक पवित्र धर्मग्रन्थ हो. एक लाख श्लोक भएको महाभारत काव्यका अठार पर्वहरुमध्ये भीष्म पर्वअन्तर्गत यसको उल्लेख पाइन्छ . जम्मा अठार अध्यायमा बाँडिएको गीतामा स्वजनलाई युद्धमा मार्नुपर्ने कठोर कर्म गर्न मोहित भएका अर्जुनलाई श्रीकृष्णले आत्माको अमरता र प्रकृतिका गुणहरुको बारेमा अनेक प्रकारले सम्झाएर युद्धको लागि प्रेरित गरेको देखाइएको छ.