श्रेणी:हिन्दू आध्यात्मिक नेता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराज जी[१] लाई कासि स्थित भारतीय विशिस्ट पण्डितहरु सम्मिलत काशी पण्डितसभाको तर्फबाट जगद्गुरुको उपाधीबाट मिति २०६७ साल बैशाख १ गते बिभुषित गरिएको हो । विश्व हिन्दुहरुकै शिर मानिएको पवित्र भुमि नेपालकै आधिकारिक प्रथम जगतगुरु को रुपमा उपाधी पाउनु भनेको आम नेपाल र नेपालीको सम्मान एवं गर्वको बिषय हो । जगतगुरुले नेपालको पुर्वक्षेत्रको सुन्सरीमा कोशीनदि किनारमा अवस्थित चताराधाममा ऐतिहसिक कुम्भ मेला लगाउनको साथै भारतीय जगद्गुरु आद्य शङ्कराचार्य लगायत अन्य विशिस्ट व्यक्तित्वहरुको उपस्थितिमा २०६४ सालमा अर्धकुम्भ चतारामै आयोजना गर्ने कामको लागि आग्रणी भूमिका खेली विश्व हिन्दुकै सम्पूर्ण शक्तीपिठहरुको शिर मानिने पवित्र देबस्थल नेपाल अनि शान्तिका अग्रणी मानिने नेपालीको पहिचानमा तथा धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा समेत गुरुलाई उक्त सम्मान प्रदान गरिएको हो । जगतगुरुको उक्त प्रयासलाई हामी सबै राष्ट्रप्रेमी नेपालीहरुले सहयोग पुर्‍याउनु हामी सबै नेपालीहरुको कर्तव्य हो । यसै अवसरमा जगद्गुरुलाई मिति २०६७ साल बैशाख ६ र ७ गते काठमाडौंमा नागरिक आभिनन्दन गरिएको थियो । जगदगुरु बालसन्त ले भारतको प्रयाग हरिद्वार नाशिक र उज्जईन गरि ४ स्थान मा मात्र लग्ने गरेको प्रामाणिक कुम्भ मेला स प्रमान नेपाल को चतराधाम बराहक्षेत्रमा पनि २०५९ शाल देखि शुरु गर्नु भएको हो | जसमा करोडौ भक्तजनहरु को सहभागिता रहने गरेको छ कुम्भ मेला शुरु भैसके पछी हाल सम्म २ वटा पूर्ण महाकुम्भ र २ वटा अर्ध महाकुम्भ मेला सम्पन्न भैसकेको छ |

सन्दर्भ सामग्रीहरू

  1. अन्नपुर्ण पोस्ट, २०६८.११.१०

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"हिन्दू आध्यात्मिक नेता" श्रेणीमा रहेका पृष्ठहरू

कुल १० मध्ये यस श्रेणीमा १० पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।