संवैधानिक अदालत
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
संवैधानिक अदालत एक उच्च न्यायालय हो जसले मुख्य रूपमा संवैधानिक कानूनसँग सम्बन्धित बिषयमा कार्य गर्द छ। यसका मुख्य अख्तियारी चुनौती दिईएको कानून वास्तवमा असंवैधानिक छ कि छैन, जस्तो कि संवैधानिक रूपमा स्थापित अधिकार र स्वतन्त्रतासँग बिरोधाभास छ छैन भनी अधिकार प्रयोग गर्नु हो।
यस लेखमा सूची भएको देशहरूमा भिन्नै संवैधानिक अदालत छ। धेरै देशहरूमा भिन्दै संवैधानिक अदालत छैन, बरु यसको सट्टामा उनिहरूको सर्वोच्च अदालतलाई संवैधानिक न्यायिक अधिकार प्रत्यायोजित गरिएको छ। तथापी, यस्ता अदालतहरूलाई कहिले काही "संवैधानिक अदालत" भनिन्छ, उदाहरणको लागी, कसै कसैले संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतलाई, "विश्वको सबैभन्दा पुरानो संवैधानिक अदालत" भनेका छन किन भनें असंवैधानिक भएको भनी कानूनलाई बदरभागी गराउने यो विश्वमा पहिलो अदालत हो(मारबुरी बि. मैडिसन),जबकि यो भिन्नै संवैधानिक अदालत होईन। ऑस्ट्रियाले सन १९२०मा विश्वको पहिलो अलग संवैधानिक अदालत स्थापित गर्यो, यसको अबण्धारणा हेन्स केल्सनले तयार गरेका हुन। यध्यपि यसलाई सिर्जना गर्ने संविधान सगै यसलाई निलम्बित गरियो, १९३४ देखि १९४५ सम्म। यसभन्दा पहिले, केवल अमेरिका र ऑस्ट्रेलियाले मात्रै सर्वोच्च अदालतको माध्यमबाट न्यायिक पुनराबलोकनको अवधारणा अपनाएका थिए।
भिनै संवैधानिक अदालत भएका देशहरू:
- अल्बानिया
- आर्मेनिया
- ऑस्ट्रिया
- अज़रबैजान
- बेलारूस
- बेल्जियम
- बोस्निया और हर्जेगोविना
- बुल्गारिया
- मध्य अफ्रीकी गणराज्य
- चिली
- कोलम्बिया
- कांगो
- डोमिनिकन गणराज्य
- कोस्टा रिका
- क्रोएशिया
- चेक गणराज्य
- चेकोस्लोवाकिया (१९२१ पहला, संघीय अप्रैल 1992 Dezember में)
- इक्वेडोर
- मिस्र
- फ्रांस
- जॉर्जिया
- जर्मनी
- ग्रीस
- ग्वाटेमाला
- हंगरी
- इंडोनेशिया
- ईरान
- इटली
- कजाखस्तान
- दक्षिण कोरिया
- कोसोवो
- किर्गिस्तान
- लात्विया
- लिथुआनिया
- मैसेडोनिया
- मेडागास्कर
- माली
- मोल्दोवा
- मंगोलिया
- म्यांमार[१]
- पेरू
- पोलैंड
- पोर्चुगल
- रोमानिया
- रूस
- सर्बिया
- साओ टोम और प्रिंसिपे
- स्लोवाकिया
- स्लोवेनिया
- दक्षिण अफ्रीका
- स्पेन
- ताइवान (चीन गणराज्य)
- ताजिकिस्तान
- थाइलैंड
- टर्की
- युगांडा
- यूक्रेन
- उजबेकिस्तान
[सम्पादन गर्ने] Footnotes
- ↑ म्यानमार(बर्मा)को नया संविधानले संवैधानिक न्यायाधिकरणको स्थापना गरेको छ। कमन ल प्रणाली भएको देशले सर्वोच्च अदालतबाट भिन्न छुट्टै संवैधानिक अदालत अपनाएको दोस्रो अबस्था हो, यस अघि दक्षिण अफ्रिकाले अपनाएको थियो।