सगरमाथा राष्ट्रिय निकुञ्ज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सगरमाथा राष्ट्रिय निकुञ्ज
प्रवेश चिन्ह
प्रवेश चिन्ह
स्थिति नेपाल
निर्देशांक 27°57′55″N 86°54′47″E / 27.96528°N 86.91306°E / 27.96528; 86.91306Coordinates: 27°57′55″N 86°54′47″E / 27.96528°N 86.91306°E / 27.96528; 86.91306
क्षेत्रफ़ल १,१४८ km2 (४४३ sq mi)
स्थापित July 19, 1976

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ। यो इ.सं. १९७६मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. ११७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ। यो निकुञ्ज १८०० मि. देखि ४०४८ मि. सम्मको उचाईमा रहेको छ। यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर आदि पाइन्छन्। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ जो मुख्य रूपले शेर्पा जातीका मानिसहरू हुन्। यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।

बाहिरी लिंकहरू [सम्पादन गर्ने]

http://www.nepalihimal.com/2062/bhadau-16-31/bigyan_bichar_prakriti_sanrakshan.htm http://www.nepalgov.gov.np/hmgdir_others_np.php?type=12&ministry=7&under=39