सचिन तेन्दुलकर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
सचिन तेन्दुलकर
Sachin Tendulkar.jpg
व्यक्तिगत विवरण
पुरा नाम सचिन रमेश तेन्दुलकर
जन्म 24 अप्रिल 1963(1963-04-24)



मुम्बई, महाराष्ट्र, भारत

उपनाम Little Master, Tendlya, The God of Cricket,[१] Master Blaster,[२] The Master,[३][४] The Little Champion,
ऊचाई ५ ft 5 in (१.६५ m)
ब्याटिङ तरिका दाँया हाते
बलिङ तरिका Right-arm leg spin, off spin, medium pace
भुमिका Batsman
हालको क्लब मुम्बई इण्डियन्स
अन्तराष्ट्रिय विवरण
राष्ट्रिय टीम भारत
टेस्ट शुरुवात (क्रम १८७) १५ नोभेम्बर १९८९ बि. पाकिस्तान
अन्तिम टेस्ट १४-२८ जनवरी २०१२ बि. अष्ट्रेलिया
ओडिआइ शुरुवात (क्रम ७४) १८ डिसेम्बर १९८९ बि. पाकिस्तान
अन्तिम ओडिआइ १८ मार्च २०१२ बि. पाकिस्तान
ओडिआइ खेलाडी नं. १०
घरेलु टीम विवरण
बर्ष टीम
१९८८–हाल मुम्बई
२००८–present मुम्बई इण्डियन्स (आई पि एल)
१९९२ योर्कशिर
खेल तालिका
प्रतियोगिताहरु टेष्ट ओडिआई एफसी एलए
खेलहरु १८८ ४६३ २९२ ५५०
रन १५,४७० १८,४२६ २४,३८९ २१,९४७
आंशिक ब्याटिङ ५५.४४ ४४.८३ ५८.६२ ४५.८७
शतक/अर्धशतक ५१/६५ ४९/९६ ७८/१११ ६०/११३
अधिकतम अंक २४८* २००* २४८* २००*
बल बोल्ड ४,१७४ ८,०५४ ७,५३९ १०,२२०
विकेट ४५ १५४ ७० २०१
आंशिक बलिङ ५४.३३ ४४.४० ६१.९५ ४२.११
१ दिवशमा ५ विकेट
खेलमा १० विकेट - -
सर्बोत्कृष्ट बलिङ ३/१४ ५/३२ ३/१० ५/३२
क्याच/स्टम्पिङ १०६/– १३५/– १७४/– १७०/–
Source: CricketArchive, २४ मार्च २०११

सचिन तेन्दुलकर ( पुरा नाम : सचिन रमेश तेन्दुलकर)को जन्म २४ अप्रिल १९७३मा भारतको मुम्बईमा भएको हो। सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन्। उनले १९८९मा पाकिस्तानविरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको शुरुवात गरेका थिए। उनले टेस्ट तथा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन्। उनले टेष्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसिय क्रिकेटमा ५१ शतक बनाएका छन्। उनी पुरुष समुहको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन्। उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,००० भन्दा बढि रन बनाउने एक मात्र खेलाडी हुन्। एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ। उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए।

सचिन राजीव गांधी खेल रत्न पुरस्कार द्वारा सम्मानित एकमात्र क्रिकेट खेलाडी हुन्। उनी सन् २००८मा पद्म विभूषणबाट पनि पुरस्कृत छन्। उनी क्रिकेट जगतका सर्वाधिक प्रायोजित खेलाडी हुन् र विश्वभर नै उनका अनेक प्रशंसक छन् । उनका प्रशंसक उनलाई लिटिल मास्टर तथा मास्टर ब्लास्टर भनि भन्दछन्। क्रिकेट वाहेक उनी आफ्नै नाम गरेको एक सफल रेस्टुरेन्ट का मालिक पनि हुन्।

विषयसूची

सचिनको विश्व रेकर्ड [सम्पादन गर्ने]

  • सन् २०१२को मार्च १६मा बंगलादेशमा सम्पन्न एशिया कप क्रिकेटमा बंगलादेशविरुद्ध एक सय रन बनाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक नयां विश्व कीर्तिमान कायम गरे। उनले टेष्ट र एकदिवसीय गरी शतकको शतक बनाए। यो खेल बंगलादेशको मिरपुरस्थित शेरे बंगला राष्ट्रिय स्टेडियममा भएको थियो।
  • सन् २००९मा भारतको ग्वालियरमा दक्षिण अफ्रिकाविरुद्ध एक एकदिवसीय क्रिकेटमा नट आउट २०० रन बनाए। यो पनि आफैमा एक विश्व कीर्तिमान नै हो।
  • सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक प्रहार गरे ।

सचिन तेन्दुलकरका केही रोचक कुरा [सम्पादन गर्ने]

  • सचिन तेन्दुलकर तेज बलर बन्न चाहन्थे। यही इच्छाले गर्दा सन् १९८७मा उनले एमआरएफ पेस एकेडेमीमा पनि भर्ना भए। तर, उनलाई अस्ट्रेलियाका महान् तेज बलर डेनिस लिले अस्वीकृत गरे।
  • सन् १९८७को विश्वकपमा तेन्दुलकर बल ब्वाय थिए।
  • सन् १९८८मा अन्तरविद्यालय क्रिकेटमा उनले भारतकै पूर्वखेलाडी विनोद काम्बलीसँग मिलेर ६६४ रनको विश्व कीर्तिमान साझेदारी गरे। जसमा तेन्दुलकरको योगदान ३२६ रन थियो।
  • तेन्दुलकर इङ्ग्लिस काउन्टीमा खेल्ने सबैभन्दा कम उमेरका भारतीय क्रिकेटर हुन्। सन् १९९२मा उनले योर्कसायरबाट खेलेका थिए। उनी योर्कसायरका पहिलो ओभरसिज खेलाडी पनि हुन्।
  • तेन्दुकलरले भारतको तीन सबैभन्दा ठूलो घरेलु प्रतियोगिता रन्जी ट्रफी, दुलिप ट्रफी र इरानी कपमा पहिलो खेलमै शतक बनाएका थिए।
  • तेन्दुलकरको पि्रय खेल व्यक्तित्व क्रिकेटर होइनन्। उनी टेनिस खेलाडी जोन म्याकेन्रोलाई आप\mनो आदर्श खेलाडी मान्छन्।
  • पाकिस्तानविरुद्ध कराँचीमा टेस्ट क्रिकेटमा पदार्पण गर्नेक्रममा तेन्दुलकरले सुनील गास्करले उपहार दिएको प्याड लगाएका थिए।
  • तेन्दुलकरले अन्यले भन्दा भारी ब्याट प्रयोग गर्छन्। प्रायः उनको ब्याटको तौल १ दशमलव ५ किलोको हुने गर्छ।
  • तेन्दुलकरको एकदिवसीय क्रिकेटमा उत्कृष्ट वर्ष सन् १९९८ रह्यो। सो वर्ष उनले नौ शतकसहीत १,८९४ एकदिवसीय रन बनाएका थिए।

सन्दर्भ सूची [सम्पादन गर्ने]

बाह्य लिंक [सम्पादन गर्ने]