सजना राना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सजना राना
व्यक्तिगत जानकारी
पुरा नाम सजना राना
जन्म मिति (1987-06-13) १३ जुन १९८७ (उमेर ३६)
जन्म स्थान वालिङ, स्याङ्जा, नेपाल[१]
उचाइ ५ फिट ३ इन्च (१.६० मी)[१]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
-२०१५ एपीएफ क्लब
२०१५- New Radiant (futsal)
अन्तर्राष्ट्रिय करियर
? नेपाल अन्डर-२३ ? (?)
२०१०— नेपाल (८)
*क्लब घरेलु लिग उपस्थिति र गोल

सजना राना (जन्म १३ जुन १९८७) नेपाली महिला फुटबल खेलाडी हुन् । उनी अहिले नेपाल महिला राष्ट्रिय फुटबल टिमकी सदस्य रहेकी छिन् । त्यस्तै उनी फुत्सालमा मध्यपंक्तिबाट New Radiant क्लबबाट खेल्छिन् । यसभन्दा अघि उनले एपीएफ क्लबबाट पनि फुटबल खेलिसकेकी छिन् ।

क्लब करियर[सम्पादन गर्नुहोस्]

सजनाले २०१३ मा भएको महिला एनसेल कपको पन्ध्रौँ संस्करणमा मस्ट भल्युएबल प्लेयर को उपाधि जितेकी थिइन् । उनले उपहार स्वरुप यामाहा स्कुटर प्राप्त गरिन् ।[२]

२०१५ को मार्च अप्रिलमा सजना माल्दिभ्समा गएर फुत्सालमा New Radiant क्लबमा खेल्ने निर्णय भयो । यसरी सजना बिदेशी भूमिमा गएर फुटबल खेल्ने पहिलो नेपाली खेलाडी बनिन् ।[३] उनको नयाँ क्लबको दोस्रो खेलमा उनले दुई गोल गर्दै टिमलाई क्षेत्रीय प्रतियोगिताको क्वाटरफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिइन् ।[४]

अन्तर्राष्ट्रिय करियर[सम्पादन गर्नुहोस्]

सजनाले नेपालको लागि २०१० महिला साफ च्याम्पियनसिपमा डेब्यु गरिन् ।[३] कुवेत विरुद्ध खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा सजनाले पहिलो मिनेटमै गोल गरेकी थिइन्, उक्त खेलमा नेपाल ८-० को एेतिहसिक जित हात पारेको थियो ।[५] २०१२ मा भएको एनसेल कपको चौधौँ संस्करणमा घुँडामा चोट लागेको भएपनि उनले २०१२ महिला साफ च्याम्पियनसिप खेलेकी थिइन्,[६] यस्तो अवस्थामा पनि उनले पाकिस्तान विरुद्ध ३ गोल गरेकी थिइन्, यो खेल नेपालले ८-० ले जितेको थियो ।[७] त्यस्तै अफगानिस्तान विरुद्ध ७-१ को अन्तरमा जित हात पार्दा पनि उनले दुई गोल गरेकी थिइन् ।[८]

२०१४ महिला साफ च्याम्पियनसिपमा उनकै समकक्षी खेलाडी जमुना गुरुङ नखेल्ने भएपछि स्ट्राइकर अनु लामालाई सहयोग महत्त्वपूर्ण जिम्मेवारी उनको थियो । उनी आफैंले पनि भुटान विरुद्ध ८-० ले खेल जित्दा दुई गोल गरेकी थिइन् ।[९] त्यस्तै पाकिस्तान विरुद्धको खेल २-० ले जित्दा पनि दोस्रो गोल पेनाल्टी मार्फत उनले नै गरेकी थिइन् । यसै खेलमा पछि पाएको अर्को पेनाल्टी भने उनले सदुपयोग गर्न सकिनन् ।[१०] सेमिफाइनलमा बङ्गलादेश विरुद्ध पनि पेनाल्टी मार्फत उनले नै गोल गरिन् । यही गोलले नै नेपाललाई फाइनल पुर्‍यायो ।[११] बङ्गलादेश लाई १-० ले पराजित गरी फाइनल पुगेको नेपाली टिमको भिडन्त भारत तय भयो । तर फेरि पनि नेपाल फाइनलमा भारतसँग ६-० ले पराजित भएर उपविजेतामै सिमित भयो ।[१२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Sajana Rana - GoalNepal Player Profile", GoalNepal.com, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
  2. "15th Ncell National Championship: Sajana Rana Declared MVP; Receives Yamaha Scooter", GoalNepal.com, १ नोभेम्बर २०१३, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  3. ३.० ३.१ Manoj Singh (९ मार्च २०१५), "Nepal Midfielder Sajana Rana Becomes First Nepal Women International To Play Abroad!", GoalNepal.com, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण ११ मार्च २०१५ मिति
  4. Manoj Singh (२५ मार्च २०१५), "Cheli Sanja Rana Scores Two Goals In Maldives Futsal Championship", GoalNepal.com, अन्तिम पहुँच २७ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  5. "Kuwait City: Anu Lama Shines as Nepal Eves Thrash Kuwaitis In First Friendly Match", goalnepal.com, १२ जनवरी २०१३, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 
  6. "2nd SAFF Women Championship: Attacking Midfielder Sajana Rana Suffering From Knee Injury", goalnepal.com, १३ अप्रिल २०१२, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  7. "Nepal vs Pakistan, 8 September 2012: Live Commentary", GoalNepal.com, ८ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०१५ मिति
  8. "Nepal vs Afghanistan, 12 September 2012: Live Commentary", GoalNepal.com, १२ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०१५ मिति
  9. "Nepal vs Bhutan, 12 November 2014: Live Commentary", GoalNepal.com, १२ नोभेम्बर २०१४, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०१५ मिति
  10. "Nepal vs Pakistan, 14 November 2014: Live Commentary", GoalNepal.com, १४ नोभेम्बर २०१४, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०१५ मिति
  11. "Nepal vs Bangladesh, 19 November 2014: Live Commentary", GoalNepal.com, १९ नोभेम्बर २०१४, अन्तिम पहुँच १६ मार्च २०१५ 
  12. "BREAKING NEWS: India Clinch 3rd SAFF Championship Beating Nepal", GoalNepal.com, २१ नोभेम्बर २०१४, अन्तिम पहुँच २ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]