सजीवन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सजीवन() नेपालका विभिन्न भू-भागमा प्राकृतिक रूपमा प्राचीनकालदेखि उत्पादन हुँदै आएको एक बहुउपयोगी वनस्पति हो। नेपालमा यसको विभिन्न किसिमले प्रयोग हुँदै आएको छ। यो वनस्पति घरपालुवा जनावरले नखाने भएकाले बारको रूपमा प्रयोग हुने गरेको छ। यसको पात कम्पोष्ट मलको लागि र यसबाट निस्कने रस पोलेको घाउ निको पार्न र क्यान्सर रोगको प्रतिरोधक औषधिको रूपमा, सानो हाँगाको डाँट दाँत सफा गर्न कार्यमा र बीउ उज्यालोको लागि प्रयोग गर्ने गरेको पाइन्छ। यसका अतिरिक्त बिरूवाले माटोको उर्वराशक्ति बढाउँछ। पिना अत्यन्त राम्रो किसिमको नाइट्रोजन, फस्फोरस, पोटासयुक्त पांगारिक मलको रूपमा प्रयोग गरिन्छ। विश्वमा जेट्रोफाका विभिन्न प्रजाति भेटिन्छन्। नेपालमा पाइने सजीवन(Jatropha curcas) विभिन्न देशका वैज्ञानिकहरूले आर्थिक तथा व्यावसायिक दृष्टिकोणबाट बायोडिजेलको लागि सबैभन्दा उपयुक्त ठहर गरी सिफारिस गरेको छ। साधारणतया सजीवनको दानामा ३० देखि ४८ प्रतिशतसम्म तेलको मात्रा रहेको छ। करिब ३ केजि बियाँबाट एक लिटर तेल निकाल्न सकिन्छ।

सजीवन वोट
सजीवनको गेडा
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा