सतासीधाम (गाविस)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सतासीधाम
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलमेची
जिल्लाझापा
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा३९,६८९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५७२०४
क्षेत्रीय सङ्केत+९७७-२३

सतासीधामनेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल अन्तर्गतको झापा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।[२]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको राष्ट्रिय जनगणना बि.स. २०६८ को जनगणना अनुसार सतासीधाम जनसङ्ख्या २६,१७१ रहेको छ।[१]

धार्मिक एवं पर्यटकीय स्थलहरू[सम्पादन गर्नुहोस्]

नामाकरण[सम्पादन गर्नुहोस्]

सतासीधामको नामाकरणको बारेमा निम्नानुशार विभिन्न किम्बदन्तीहरू रहेका छन।

  1. हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ।
  2. अर्को किम्बदन्ती अनुसार पाण्डवहरूको वनबासको अन्तिम समयमा एक वर्षको गुप्तबास बस्नु पर्ने भएको र सो गुप्तबास सफल होस् भनेर यस स्थानमा पाण्डवहरूले सत्ताक्षी देवीको आराधना गरेको हुँदा यस धामको नाम सत्ताक्षीबाट सतासी रहनगएको हो भन्ने भनाई छ।
  3. पृथ्वीमा सुख्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आखाबाट एकैचोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ। भारतको तेजपुर (दिनाजपुर)बाट किराँती लिम्बु राजाले ८७ जना ऋषीमुनीहरूलाई गुरुको रूपमा लिएर पहाड तर्फ जान लाग्दा पहाडी क्षेत्रको जाडो ठाउँमा पुग्न गाह्रो भएकोले गुरुहरू यसै सतासीधामका गुफाहरूमा बसेर देवीको तपस्या गर्नु भएकोले ८७ जना ऋषीमुनीहरूको नामबाट सतासीधाम नाम रहन गएको हो।
  4. अर्को किम्बदन्ती अनुसार सन्त हरितिल बाबाले सताक्षीधाम पत्तालगाई सकेपछि विसं १९८७ सालामा श्री ३ भीमसम्शेरको दरवारमा विन्ती पत्र चढाएकोले पनि ८७ सालबाट सतासीधाम नाम रहन गएको भन्ने गरेको पाइएको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]