सत्य साई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सत्य साई (सन् १९२६-२०११ ) एक धेरै अनुयायीहरू भएका धर्मगुरु हुन। यी धर्मगुरु बास्तबिक नाम सत्यनारायण राजु, आफूलाई शिरडि साइको अबतार मान्छन्। पुट्टपर्तिको मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारमा सन् १९२६ नोभेम्बर २३मा उनका जन्म भएको थियो। सत्यनारायणा एक दई र दुई बहिनी पछि सबैभन्दा कान्छा थिए। विद्यालयका कालमै उनका परिर्वतन भएर १४ वर्षमा उनले शिर्डी साई बाबाका नयाँ अवतार भएको भनि सनसनी मच्याएका थिए। [१]

प्रसिद्धि र विवाद[सम्पादन गर्नुहोस्]

एक किशोरबाट उनी विस्तारै विस्तारै आध्यात्मिक गुरुको रूपमा प्रसिद्ध हुन थाले। टाढा टाढाबाट मानिस उनको दर्शनका लागि आउन थाले। सन् १९५० सम्ममा उनी यति प्रभाव विस्तार भैरहेको थियो की पुट्टपर्तिमा उनले प्रशान्ति निलयम बनाएका थिए। हावामा हात घुमाएर विभूतिदेखि बहुमूल्य आभुषण र महंगा घडीहरू उत्पन्न गर्न सक्ने चमत्कारको कुरा हुन थाल्यो त्यसपछि उनका भक्तको संख्या झनै बढ्न थाल्यो। क्याम्पस र विद्यालय खोले तर त्यसमा सबैभन्दा ठूलो काम उनले २ खर्ब भारतीय रूपैया खर्च गरेर सुख्खा प्रभावित अनन्तपुर जिल्लामा पानीको योजना सञ्चालन गरे। पुट्टपति नगरमा उनले एउटा विश्वविद्यालय, गरीबलाई निःशुल्क उपचार गराउनका लागि एउटा आधुनिक अस्पताल, विमानस्थल र रंगशाला बनाएका छन्। यतिका काम गरेपनि उनी विवाद र आलोचना भन्दा पर रहन सकेनन्। बुद्धिजिवीहरूले उनलाई ढोगी भएको र मानिसलाई बेवकुफ बनाएको आरोप लगाएका थिए भने विदेशी भक्तले उनी समलैगी भएको र बालकहरूसँग यौन दुराचार गर्ने आरोप लगाए। यस्तो आरोप भारतीय सञ्चार माध्यममा पटक पटक आए।

त्यस मध्ये दुई वटा घटनाले ठूलो खैलाबैला मच्चाएको थियो। हैदराबादका एउटा समारोहमा उनले हावामा हात हल्लाएर सुनका सिक्री निकाले र भक्तहरूलाई देखाए। तर पछि त्यो भिडियो हेर्दा के कुरा देखियो भने टाउकोबाट निकाल्दै गरेको देखियो। यो घटना पछि धेरै बुद्धिजिवीहरूले उनलाई पहलो बस्त्र हटाएर आम मानिसले जस्तो लुगा लगाएका चमत्कर गर्न चुनौती दिए। एक पटक बङ्गालका प्रसिद्ध जादुगर पि सी सरकारले साई बाबासँग प्रतिस्पर्धा गर्दा हातको जादु देखाए। सो स्थानमा बाबाले बहुमूल्य घडी निकालेको दावी गरेको थिए त्यहीबाट सरकारले रसवरी निकालिदिए। त्यसपछि त्यहाँ हल्लाखल्ला मच्चियो। तुरुन्तै साइ बाबाका कर्मचारीले सरकारलाई बाहिर निकाले। त्यसको केही समय पछि चार युवक साइका सुरक्षाकर्मीद्वारा मारिए। आश्रमका अधिकारीहरूले ती युवकले साई बाबाको शयन कक्षमा प्रवेश गरी उनलाई मार्ने कोसिस गरेको बताए। त्यस घटनामा पनि धेरै प्रकाकार अफवाह सार्वजनिक भयो तर साँचो कुरा कहिले पनि बाहिर आएन्। [१] जादूगरले प्रयोग गर्ने जस्तै तरिकाहरू सत्य साइले प्रयोग् गर्ने गरेको देखाइएका भिडियोहरू पनि उपलब्ध छन्। जसले मानव र जीवको कल्यान गर्छ वास्तवमा उहि नै सहि आर्थमा भगवान हुन्छ।

[२][३]

सन्दर्भ सामाग्रिहरू[सम्पादन गर्नुहोस्]