सन्धिखर्क

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा सन्धिखर्क, नरपानी र वाङला गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा सन्धिखर्क पनि नगरपालिका बनेको हो।

मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।

बि. स. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम यहाँ सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ। यसको जनसंख्या करिब १५/१६ हजारमा बढि नै रहेको छ।

चारैतर्फ पहाडी तथा बिचबाट लमतन्न परेर बहेकि बागि खोला एबम् खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरूले यस सौन्दर्य निकै बढाएको छ। पाणीनि क्याम्पस,जनज्योति मा.बि.,सन्खेतारि मा.बि, हटोरि मा.बि, एबम् केही निजी विद्यालयह्‍रु यहा सञ्चालित छन्। यसलाइ पक्की सडकले जोडिएको पनि थुप्रै बर्ष भैसकेको छ। यस क्षेत्रको यो एउता मुख्य ब्यापारिक क्षेत्र मानिन्छ। शिक्षा तथा स्वास्थ्यको राम्रो विकास भएको छ। यसको पुर्बमा वान्ला, पश्चिममा कुर गउ, उत्तरमा ब्यारे बजार, दक्षिणमा गच्छे बजार रहेको छ। यहा अत्यन्तै उर्बर् भूमिसमेत छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]