सम्भावित दायित्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्भावित दायित्व (अङ्ग्रेजी: Contingent Liability) भन्नाले यस्तो दायित्वलाई जनाउँदछ जसको अस्तित्व भविष्यको कुनै घटना वा कार्य हुन वा नहुनमा निर्भर हुन्छ ।[१] अर्को शब्दमा भविष्यमा दायित्व हुन सक्ने सम्भावना भएको दायित्वलाई सम्भावित दायित्व भनिन्छ । यस्तो दायित्व बासलात मितिमा बास्तविक दायित्व हुन्न तर बासलात मिति पश्चात कुनै घटना घट्नु वा नघट्नुमा यस्तो दायित्वको अस्तित्व निर्भर हुने गर्दछ । जस्तैः संस्था विरूद्ध २ करोडको कानुनी मुद्दा दायर गरेको खण्डमा, उक्त मुद्दाको निर्णय नभए सम्म यसलाई संस्थाले सम्भावित दायित्वको रूपमा प्रस्तुतिकरण गर्ने गर्दछ भने मुद्दाको निर्णय भई रकम तिर्नु पर्ने भएमा २ करोडको रकम बास्तविक दायित्वमा परिणत हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. The Principles and Practice of Auditing, Kamal Deep Dhakal, Ishwor Bhattarai, Girija Prasad Koirala, Asmita Books & Stationery, 2071.