सरुभक्त

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सरुभक्त (वि.सं. २०१२ - ) नेपाली साहित्यकार हुन्। उनको खास नाम भक्तबहादुर श्रेष्ठहो। उनी नेपालको एक चर्चित उपन्यासकार तथा कवि हुन्। उनले नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार समेत पाएका छन्। उनका पागल बस्ती, तरूनी खेती उपन्यास सर्वाधिक चर्चित छन्।

जीवनी[सम्पादन गर्ने]

सरुभक्त वि.सं. २०१२ सालमा तीजपर्वका दिन बागबजार, पोखरा, कास्कीमा बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मेका हुन्। एम्. ए. सम्म पढेका सरुभक्त निजी व्यवसाय गर्छन्।

मौलिक कृति[सम्पादन गर्ने]

कथा, कविता, नाटक आदिमा कलम चलाउने सरुभक्तको पहिलो रचनाका रूपमा वि.सं. २०३४मा आह्वान साप्ताहिकमा 'मलाई दुइटा सूर्य देउ' शिर्षकको कविता प्रकाशित भएको थियो। उनका प्रकाशित कृतिहरूः

मान-सम्मान, पदक[सम्पादन गर्ने]

  • पागलबस्ती उपन्यासका लागि मदन पुरस्कार २०४८।
  • वि.सं. २०४२को "राष्ट्रिय युवावर्ष मोती पुरस्कार"
  • नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सव २०४२मा प्रथम २०३५मा तृतीय पुरस्कार
  • वि.सं. २०४२मा ने.प्र.प्र.द्वारा आयोजित गाइजात्रा महोत्सवमा उत्कृष्ट कवितामा पुरस्कृत
  • अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष (२०३८), युवा महोत्व (२०४१) र जी.ए.नाट्य प्रतियोगितामा सर्वश्रेष्ठ नाटककार

आवद्ध[सम्पादन गर्ने]

उनी पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष रहे।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]