सर्पको टोकाइ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सर्पको टोकाइ
वर्गीकरण एवं बाह्य साधन

गोमन साप Naja naja
आईसीडी-१० T63.0, T14.1, W59 (nonvenomous), X20 (venomous)
आईसीडी- 989.5, E905.0, E906.2
डिजीज-डीबी 29733
मेडलाइन प्लस 000031
ईमेडिसिन med/2143
एम.ईएसएच D012909

सर्पको टोकाइ, डसाइ वा सर्पदंश सापको टोकाइबाट, र बिशेशत त्यसको बिष रक्तप्रणालीमा गएर मानिस वा जनावर मर्न पनि सक्ने एक खतरनाक समस्या हो। हुनत ठूला सापहरूले जनवरको शरीरमा बेरिएर र निचोरेर आफ़्नो शिकार गर्ने गर्छन तर केही सापहरूले आफ़्नो बिषबाट नै मार्ने गर्छन्। साथै, यो सर्पहरूको प्रतिरक्षाको उपय पनि हो। [१][२][३]

नेपाल र वरपर पाइने बिषालु सर्पहरू[सम्पादन गर्ने]

नेपालको तराईका भेगहरूबाट पहाडको ४८०० मीटरको उचाईसम्ममा करिब ७७ प्रजातिका सर्पहरू पाइन्छन्, जसमध्ये २१ थरिका विषालु सर्पहरू हुन्। नेपाल र यस वरपरका देशहरूमा प्राय: गरेर पाइने विषालु सर्प दुई समुहका हुन्छन्। इलापीडे(Elapidae) परिवार र भाइपरिडे(Viperidae) परिवार। इलापीडे परिवारमा राज गोमन(King cobra), गोमन (cobra), करेत (Krait) पर्छन भने भाइपरिडे परिवारमा भाइपर/बाधे, पीट भाइपर (Pit viper) पर्छन्। नेपालमा हरेक वर्ष करिब २०,००० सर्पदंशका घटना हुने र त्यसमा करिब २०० जनाले ज्यान गुमाउने अनुमान गरिएको छ। पूर्वका १० जिल्लाका अस्पतालहरूमा गरिएको एक अध्ययनले वर्षमा ४०७८ जनालाई सर्पले टोकेको, जसमा ३७९लाई विषालु सर्पले टोकेको पाइएको थियो, जुन करिब ९% जति हुन आउँछ। त्यस्तै विषालु सर्पको टोकाइपछिको मृत्युदर करिब २१.३% देखिएको थियो। मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाइ देखिएको थियो।[स्रोत नखुलेको]

चिन्ह र लक्षणहरू[सम्पादन गर्ने]

जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केही लक्षणहरू: जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुदैं जाने, रक्तचाप घट्ने, बेहोस हुने आदी देखिन सक्छन्। त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केही माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसञ्चारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मर्ने पनि हुनसक्छ।

विषका कारणले देखिने लक्षणहरू[सम्पादन गर्ने]

  • डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन।
  • डसेको भाग दुख्ने, सुन्निने
  • घाउ हुने, रगत बग्ने
  • फोका उठ्ने, नीलडाम बस्ने
  • नजीकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने
  • पछि गएर डसेको ठाँउमा संक्रमण हुने, पाक्ने र अङ्ग नै कुहिने पनि हुन्छ। यस्तो विशेषगरी भाइपर र गोमनको डसाइमा हुने गर्छ।

सम्पूर्ण शरीरमा देखिने लक्षणहरू[सम्पादन गर्ने]

वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने, हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने, डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठूलाठूला राता दागहरू देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने, मष्तिस्कमा रगत बग्ने आदि। रगत बग्ने लक्षणहरू मुख्यतया भाइपर जातका सर्पहरूको डसाइमा देखिने गर्छ, किन भनें यिनीहरूका विष रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन्।

त्यस्तै गोमन, करेत जस्ता सापहरूको विष स्नायुहरूमा असर गर्ने र पक्षघात गराउने खालका हुन्छन्। यिनीहरूको डसाइमा हातखुट्टा झमझमाउने, स्वाद लिने र सुँघ्ने शक्ति घट्दै जाने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रों हुने, मुखबाट र्याल बगिरहने, स्वास फेर्न गाह्रों हुने र नसकिने, हातखुट्टा लुलो हुने र पूरै शरीरको पक्षघात हुने जस्ता लक्षणहरू देखिन्छन्।

सर्पको डसाईको असर लामो समयपछि पनि डसेको ठाँउको मांसपेशी मरेर जाने, अंगहरू काम नलाग्ने हुने, स्नायुमा असर गरेर वा मष्तिस्कका रगतका नली फुटेर रगत बगी हातखुट्टा नचल्ने, मृगौलाले काम नगर्ने रूपमा देखिनसक्छ। [४]

उपचार[सम्पादन गर्ने]

प्राथमिक उपचार[सम्पादन गर्ने]

सर्पले डसेको व्यक्ति प्राय: अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ। टोकेको भागलाई धेरै चलाउनाले विष छिटो र बढि मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने। हातखुट्टामा टोकेको छ भने काम्रो लगाएर नचलाइकन राख्नुपर्छ। गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट माथि हल्का दवाब पर्ने गरी पट्टी बाँध्नुपर्छ तर एकै ठाँउमा एकदमै कसेर बाँध्नु हुदैंन। कस्सेर बाँध्नाले त्यसभन्दा मुनिकॊ भागमा रक्तसञ्चार पूरै बन्द भई उक्त भाग मरेको कैंयौ घटनाहरू भएका छन्। विषका लक्षणहरू कम नभएसम्म वा प्रतिविषको प्रयोग शुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुदैंन। सकेसम्म चाँडो विरामीलाई नजीकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसोगर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने। [४]

प्रतिविषको प्रयोग[सम्पादन गर्ने]

विषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार भनेको प्रतिविषको प्रयोग हो। र कुन विरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण र गाह्रों निर्णय हो। नेपालमा प्रयोग गरिने प्रतिविषले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, रसेल्स भाइपर र सस्केल्ड भाइपर)को टोकाइमा काम गर्छ। यसको पनि आफ्नै खराब असरहरू छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिदैंन। यो सर्पदंश उपचार केन्द्रहरूमा नि:शुल्क पाइन्छ। यसका खराब असरहरू धेरै हुने भएकोले, बढि महंगो हुने भएकोले र सीमित मात्रामा मात्र उपलब्द हुने भएकोले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरू नदेखिइकन प्रयोग गर्नुहुदैंन। यसले कसैकसैमा डरलाग्दो एलर्जीक कुप्रभाव गर्नसक्ने भएकोले यो दिनु अघि त्यो कुप्रभावबाट बचाउने स्टेरोइड औषधि तयार राख्नुपर्छ। बच्चालाई र वयस्कलाई प्रयोग गरिने प्रतिविषको मात्रा एउटै हुन्छ। [४]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Pathmeswaran A, Kasturiratne A, Fonseka M, Nandasena S, Lalloo D, de Silva H (2006), "Identifying the biting species in snakebite by clinical features: an epidemiological tool for community surveys", Trans R Soc Trop Med Hyg 100(9): 874–8, PMID 16412486, doi 10.1016/j.trstmh.2005.10.003 
  2. Snake Venom Detection Kit: Detection and Identification of Snake Venom, CSL Limited, 2007, <http://www.csl.com.au/docs/92/398/SVDK_Product_Leaflet.pdf>. Retrieved on २४ नोभेम्बर २००९, "The physical identification of Australian and Papua New Guinean snakes is notoriously unreliable. There is often marked colour variation between juvenile and adult snakes and wide size, shape and colour variation between snakes of the same species. Reliable snake identification requires expert knowledge of snake anatomy, a snake key and the physical handling of the snake" [dead link]
  3. White, Julian (2006), Snakebite & Spiderbite: Management Guidelines, Adelaide: Department of Health, Government of South Australia, pp. 1–71, ISBN 0730895513, <http://www.health.sa.gov.au/DesktopModules/SSSA_Documents/LinkClick.aspx?tabid=57&mid=403&table=SSSA_Documents&field=ItemID&id=257&link=C%3A%5CDocuments+and+Settings%5Cdhc000033%5CDesktop%5CA+HEAT+(Store)%5CSA+Snakebite+Guide+screenres.pdf>. Retrieved on २४ नोभेम्बर २००९ 
  4. Cite error: Invalid <ref> tag; no text was provided for refs named .E0.A4.B8.E0.A5.8D.E0.A4.B5.E0.A4.BE.E0.A4.B8.E0.A5.8D.E0.A4.A5.E0.A5.8D.E0.A4.AF_.E0.A4.A8.E0.A5.87.E0.A4.AA.E0.A4.BE.E0.A4.B2.E0.A4.95.E0.A5.8B_.E0.A4.AC.E0.A5.8D.E0.A4.B2.E0.A4.97