सहनाई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सहनाई एक प्रकारको बाजा हो । यसलाई सनही, सनै, सनई, सहनाई वा सनाई पनि भनिएको पाइन्छ । मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन्। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।

Shehnai.jpg

सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो, जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ । त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बजाइने सनईलाई पोथी सनई पनि भनिन्छ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]