सहाना प्रधान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सहाना प्रधान


शासक : विरेन्द्र शाह

जन्म : बिसं १९८४ असार ३
1927 June 17 [१]
असन, काठमाडौं, नेपाल
मृत्यु : बीसं २०७१ असोज ६
राजनीतिक दल : नेकपा (एमाले)
जीवनसाथी : पुष्पलाल श्रेष्ठ

सहाना प्रधान नेपालकी वामनेतृ सहाना प्रधानको जन्म काठमाडौंको अतिव्यस्त टोल, असन, त्यौडको मध्यमवर्गीय व्यापारी-परिवारमा बुबा शंकरलाल प्रधान र आमा रम्भा प्रधानको कोखबाट वि.सं. १९८४ साल असार ३ गते शुक्रबार तदनुसार १९२७ जुन १७ तारिखमा भएको हो।[१] उहाँ दुई वर्षकै हुँदै मातृस्नेहबाट बञ्चित हुनुभयो। त्यसको दुई वर्ष नबित्दै उहाँ हजुरआमा र बाबाका साथ बर्मा पुग्नुभयो। सातौँ कक्षाको अध्ययन पूरा गरी वि.सं. २००० सालमा काठमाडौँ र्फकनुभयो।

२००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये क्रमशः सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान हुनुहुन्थ्यो। उहाँ गिरफ्तार हुनुभयो। १५ दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि घर फर्कुनुभयो।

२००४ सालमा एस्.एल्.सी. उत्तीर्ण गरी २००५मा भाइ शंकर प्रधानसँगै लखनऊको इजावेल धोवन कलेज पुग्नुभएकी सहाना आई. एस्सी. पूरा नगरी आई.ए. सक्नुभयो। २००७ सालमा नेपाल फर्केर तीनवटा स्कूल कन्यामन्दिर, शान्तिनिकुञ्ज र सीताराम हाइस्कूलमा पढाउनुभयो।

महिला संघको महासचिव हुनुभयो। २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिँदै भक्तपुरपाटनको एकसाथ नेतृत्व गर्नुभयो। २००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बी.ए.को ७२ जना परीक्षार्थीमध्ये उहाँ एकमात्र महिला हुनुहुन्थ्यो। सोही वर्ष उहाँको विवाह पुष्पलाल श्रेष्ठसँग भयो। पुष्पलाल राजनीतिमा सक्रिय हुनुभएकाले २०१३ सालपछि पारिवारिक जिम्मेवारी बढ्यो।

२०१७-०३५ सालमा उहाँको राजनीति प्रायः मृत अवस्थामा रह्यो। २०३५ साउन ७ (सन् १९७८ जुलाई)मा पुष्पलालको निधनपश्चात् पुष्पलाल समूहको नेतृत्व बलराम उपाध्यायले गर्दै उहाँ त्यसबखत पार्टी प्रवक्ता हुनुभयो। २०४३ चैत्र १४-१७मा सहाना र मनमोहन समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (मार्क्सवादी) गठन गर्दा उहाँ पार्टीको सचिव हुनुभयो।

२०४७ साल चैत्र २२ गते नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेकपा (मार्क्सवादी) एक भई नेकपा (एमाले)को निर्माण गरियो। उहाँ २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारमा उद्योग र वाणिज्य मन्त्री, २०४८ र २०५१को संसद्को निर्वाचनमा क्रमशः काठमाडौँ क्षेत्र नं. ४ र ६बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य हुनुभयो। त्यसअघिको नेकपा (एमाले) - राप्रपा-सदभावनाको मन्त्रीपरिषद्मा उहाँ महिला तथा समाजकल्याणमन्त्री रहनुभएको थियो।

जनआन्दोलन ०४६मा वाममोर्चा अध्यक्ष हुनुभयो। आन्दोलनपछि अहिलेसम्म पटकपटक मन्त्री हुनुभएको छ। उहाँको आत्मकथाको पुस्तक 'स्मृतिका आँखीझ्यालबाट' प्रकाशित छ।

वाल्यकाल[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

रrजनितिक यात्रा[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]