साइना नेहवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साइना नेहवाल
व्यक्तिगत जानकारी
जन्म:(१९९०-०३-१७)१७ मार्च १९९०[१]
Dhindar, हिसार, हरियाणा
निवास:हैदराबाद, आन्ध्र प्रदेश
उचाई:१.६५ मी (५ फिट ५ इन्च)
वजन:60 kg (130 lb)
देश: भारत
हात प्रयोगदायाँहाते
महिला एकल
उच्चतम क्रम2[२] (2 December 2010)
Current Ranking4[३] (9 August 2012)
उपाधी(हरू)2009 Indonesia Super Series, 2010 Singapore Super Series, 2010 Indonesia Super Series, 2010 Hong Kong Super Series, Chinese Taipei Open, 2010 India Open Grand Prix Gold, Swiss Open 2011, Swiss Open 2012, 2012 Indonesia Super Series Premier, 2012 Summer Olympics
BWF Profile

साइना नेहवाल (जन्म:१७ मार्च, १९९०) भारतीय ब्याडमिन्टन खेलाडी हुन। साइना भारत सरकारद्वारा पद्म श्री र सर्वोच्च खेल पुरस्कार राजीव गान्धी खेल रत्न पुरस्कारबाट सम्मानित भई सकेकी छिन। लण्डन ओलम्पिक २०१२ मा साइनाने इतिहास रच्दै ब्याडमिन्टनको महिला एकल प्रतिस्पर्धामा काँस्य पदक हासिल गरिन। ब्याडमिन्टनमा यस्तो गर्ने साइना भारत को पहिलो खेलाडी हुन। साइना बेजिंग ओलम्पिक २००८ मा पनि क्वार्टर फाइनलसम्म पुगेकी थिईन। उनी विश्व कनिष्ठ ब्याडमिन्टन च्याम्पियनशिप जित्ने पहलो भारतीय हुन। साइनाको वर्तमान विश्व वरियताक्रम ५ हो।[४]

परिचय[सम्पादन गर्नुहोस्]

साइनाको जन्म १७ मार्च, १९९० मा हिसार, हरियाणा को एक जाट परिवारमा भएको थियो। यिनको बुबाको नाम डा. हरवीर सिंह नेहवाल र आमाको नाम उषा नेहवाल हो। साइना साईं नामबाट बनेको हो।[५] साइनाले शुरुको प्रशि‍क्षण हैदराबाद को लाल बहादुर स्‍टेडि‍यममा कोच नानी प्रसादबाट प्राप्त गरिन। बुबा-आमा दुबै बैडमिंटन खि‍लाडी भएको कारण सायनालाई ब्याडमिन्टनतर्फ शुरुबाट नै थियो। बुबा हरवीर सिंहले छोरीको रुचिलाई विचार गरेर उनलाई पूरा सहयोग र प्रोत्‍साहन दि‍ए।

साइनाले अहिलेसम्म केही धेरै ठुलो उपलब्धिहरु हात पारी सकेकी छिन। उनी विश्व जूनियर ब्याडमिन्टन च्याम्पियन भै सकेकी छिन। ओलिम्पिक खेलमा महिला एकल ब्याडमिन्टनको क्वार्टरफाइनल सम्म पुग्ने उनी देशको पहलो महिला खेलाडी हुन। उनले २००६ मा एशि‍यन सैटलाईट च्याम्पि‍यनशि‍प पनि जितेकी छिन।

उनले २००९ मा इन्डोनेसिया ओपन जित्दै सुपर सीरिज ब्याडमिन्टन प्रतियोगिताको उपाधि आफ्नो नाममा कायम गरिन, यो उपलब्धि उनीभन्दा पहले अरु कुनै भारतीय महिलालाई प्राप्त भएको थिएन। दिल्ली मा आयोजित राष्ट्रमण्डलीय खेलमा उनले स्वर्ण पदक हासिल गरेकी थिईन ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

उद्धृत
  1. "Saina Nehwal | India Medal Hopes | Badminton | Delhi Commonwealth Games | Profile | Career - Oneindia News", News.oneindia.in, २०१०-०९-२४, अन्तिम पहुँच २०११-०६-२९ 
  2. – Best World Ranking
  3. "Badminton World Federation - BWF World Ranking", Bwfbadminton.org, अन्तिम पहुँच २०१२-०८-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  4. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  5. [२]
सामान्य

बाहरी सूत्र[सम्पादन गर्नुहोस्]