सागर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सागर थापा
व्यक्तिगत जानकारी
जन्म मिति (1985-11-21) २१ नोभेम्बर १९८५ (उमेर ३८)[१]
जन्म स्थान मच्छेगाउँ, काठमाडौँ[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
प्रतिबन्ध
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
–२०१२ हिमालयन शेर्पा क्लब
२०१२–२०१३ फ्रेन्ड्स क्लब १२ (-)
२०१४–२०१५ मनाङ- मर्स्याङ्दी क्लब
२०१५– थ्रिस्टार क्लब १२ (१)
अन्तर्राष्ट्रिय करियर
२००३–२०१५ नेपाल ६२[३] (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल

सागर थापा (जन्म २१ नोभेम्बर १९८५) नेपालका फुटबल खेलाडी हुन् , र अक्टोबर २०१५ सम्म नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान थिए । उनले २००३ मा नेपाल राष्ट्रिय फुटबल टोलीको लागि पहिलो उपस्थिति बनाए । तब देखि, थापाले ५० अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन् जसले उनलाई बाल गोपाल महर्जन र उपेन्द्रमान सिंहबाट मात्र पछि परे । अक्टोबर २०१५ मा नेपाल फुटबल एसोसिएसनका पाँच सदस्य सागर थापा र सन्दिप राइ सहित म्याच फिक्सिंगको लागि पक्राउ गरिएको थियो । उनले प्रति निश्चित म्याच लागि ५ लाख लिएका थिए ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

थापा काठमाडौँ जिल्लाको मच्छेगाउँमा जन्मिएका थिए, यद्यपि उनले बाल्यकाल अधिकांश धरान र बिराटनगरमा बिताएका थिए । जब उनी आठ कक्षामा थिए तब थापाले काठमाडौँको ड्फोडिल स्कूलको छात्रवृत्ति हासिल गरे । सन् १९८९ मा १७ उमेरका थापा फ्रेन्ड्स क्लबमा सामेल भए । प्रारम्भमा उनले अग्रपंक्ति र मध्यपंक्ति रूपमा खेलेका थिए तर केन्द्रीय रक्षापंक्तिको स्थान खाली भएकाले उनलाई प्रस्ताव गरियो र पछि उनले आफ्नो स्थान त्यहि बनाए ।

कार्यकाल[सम्पादन गर्नुहोस्]

यती हिमालयन शेर्पा क्लब[सम्पादन गर्नुहोस्]

थापाले हिमालयन शेर्पा क्लबमा आफ्नो करियर सुरु गरे । उनको अनुबंधन २०१२ मा समाप्त भएको थियो, तर उनको क्लब छोड्ने निर्णयले मीडियामा धेरै खोजी भएको थियो । उनका अनुसार प्रति महिना ५०,००० रुपैयाँ प्रति महिना राम्रो थिएन । त्यसैले उनी र अन्य प्रमुख नेपाली फुटबल खेलाडीहरूलाई प्रति महिना १ लाख (1००,००० रुपैयाँ) भुक्तानी गरिनु पर्छ भन्ने उनको भनाइ थियो ।

मनाङ- मर्स्याङ्दी क्लब[सम्पादन गर्नुहोस्]

थापाले मनाङ- मर्स्याङ्दी क्लबका कप्तान थिए र घरेलु लिगमा क्लबको प्रतिनिधित्व गरेका थिए । उनले २०१४ मा ए डिभिजन लिमा मनाङ- मर्स्याङ्दी क्लबलाई उपाधि जित्न पनि सहयोग पुर्याएका थिए । उनले पहिले फ्रेन्ड्स क्लबको लागि खेलिसकेका छन् । उनको टोलीका प्रशिक्षक दिलकाजी गुरुङ को राजिना गरेपछि फ्रेन्ड्स क्लबका लागि अंतरिम प्रशिक्षकको भूमिका निभाएका थिए ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा सालको खेलाडी घोषित खेलाडी भएका थिए । अल नेपाल फुटबल एसोसिएशन (एन्फा) शुक्रबार राजधानीको प्रेस कन्फेरेन्सन बीच यस्तो घोषणा भएको थियो । यस अवसरमा, एन्फाले थापालाई एक अपार्टमेन्ट प्रदान गर्यो । पुरस्कार प्राप्त गर्दै थपाले यस्तो सम्मानले खेलाडीहरूमा अधिक जिम्मेवारी थापिएको बताए ।

जनवरी २०१५ मा उनको तलबमा परेको विवाद पछि मनाङ- मर्स्याङ्दी क्लब छाडेको घोषणा गरे ।

थ्रिस्टार क्लब[सम्पादन गर्नुहोस्]

त्यो घोषणा भएको महिनापछि थापाले आगामी २०१४-१५ शहिद स्मारक ए-डिभीजन लिगको लागि थ्रिस्टार क्लबसँग हस्ताक्षर गरेका थिए । १ अक्टोबर २०१५ मा थापाले नेपाल आर्मी क्लबको विरुद्धमा ३८ औंं मिनेटमा फ्री-किकको मार्फत पहिलो गोल गरे । थापाले सोहि खेलमानै आलोचना पाएका थिए जब उनले रेफ्रीलाई चिच्याए अपमान गरेका थिए र त्यो गरेबापत रेफ्री सर्वन लामाले थापा एक पहेंलो कार्ड जारी गरेका थिए । त्यसपछि थपालाई दुई खेलबाट निलम्बित गरिएको थियो । नेपाल आर्मीकै मेघा राज केसीपनि निर्देशित नियम भन्दा बाहिर गएको कारण निलम्बमा परेका थिए ।

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

सागर थापाले २००४ एएफसी एसियन कप छनोट चरण भियतनाम विरूद्व सन् २००३ मा डेब्यु गरेका थिए ।[४] यस्तै सागरले २०१० एएफसी च्यालेन्ज कप देखि नेपालको कप्तानी सम्हाल्दै आएका थिए ।[४] उनी नेपालका निम्ति ५० खेल भन्दा धेरै खेल्ने नेपाली फुटबल खेलाडीहरू मध्ये एक हुन् ।[५] उनको अन्तर्राष्ट्रिय खेलको सबैभन्दा महत्त्वपूर्ण वा रोमाञ्चक क्षणका रूपमा उनले नेपालका निम्ति गरेको एकमात्र अन्तर्राष्ट्रिय गोललाई लिन सकिन्छ । जुन २०११ साफ च्याम्पियनसिप मा ०-१ ले पछि परेको अवस्थामा आयोजक बङ्गलादेश विरूद्व खेलको अन्तिम मिनेटमा गरेको सर्वोत्कृष्ट फ्रि-किक गोल गरेका थिए।उनको यो फ्रि-किक गोल अन्तर्राष्ट्रिय फुटबल खेलमा गरिएको दुर्लभ फ्रि-किक गोलका रूपमा फिफाले सूचिकृत गरेको छ ।[२][४][६][७]

अन्तर्राष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

सागर थापाले आफ्नो अन्तर्राष्ट्रिय फुटबल जीवनमा बङ्गलादेश विरूद्व एकमात्र गोल गरेका छन् । २०११ साफ च्याम्पियनसिपमा समुह चरणको अन्तिम खेलमा उनले गोल गर्न सफल भएका थिए ।

उनले नेपाल ०-१ गोल अन्तरले पछाडि परेको अवस्थामा खेलको अन्तिम मिनेटमा गरेको फ्रि-किक गोल गरेका थिए । उनले गरेको उक्त विश्व चर्चित फ्रिकिकका माध्यमले नेपाल उक्त प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको थियो । यस फ्रिकिकलाई फिफाले अन्तर्राष्ट्रिय खेलका दुर्लभ २० फ्रिकिक गोलमा समेत सुचिकृत गरेको थियो ।

अन्तर्राष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

# मिति रंगशाला विपक्ष गोल नतिजा प्रतिस्पर्धा स्रोत
१. ४ डिसेम्बर २०११4 जावारलाल नेहरू रंगशाला, नयाँ दिल्ली  बङ्गलादेश
१–०
१–०
२०११ साफ च्याम्पियनसिप [२]

व्याक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सागर थापा विवाहित हुन र उनका दुई सन्तान पनि छन् ।[४]

म्याच फिक्सिङ काण्ड[सम्पादन गर्नुहोस्]

१४ अक्टोबर २०१५ थापा साथसाथै सन्दीप राइ, विकास सिंह चौधरी, रितेश थापा र पूर्व थ्री स्टार क्लबका कोच अन्जन केसी नेपाल पुलिस द्वारा म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए । समूहले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा म्याच-फिक्सिंगका लागि जिम्मेवार सम्हालेका थिए । १९ अक्टोबर २०१५ एसियाली फुटबल महासङ्घले थापा र अन्य चारलाई खेलबाट प्रतिबन्ध लगायो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. https://www.fifa.com/fifa-tournaments/players-coaches/people=282976/index.html
  2. २.० २.१ २.२ Ankit Shakya (३० सेप्टेम्बर २०१३), "Our Very Own Captain Fantastic", मूलबाट ३० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अक्टोबर २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ३० अक्टोबर २०१४ मिति
  3. सागर थापा नेसनल फुटबल टिम्स डटकममा
  4. ४.० ४.१ ४.२ ४.३ Sushil Thapa (२७ फेब्रुअरी २०१४), "Sagar Thapa, Astute Footballer", goalnepal.com, अन्तिम पहुँच २१ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३१ अक्टोबर २०१४ मिति
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Sagar Thapa To Score Half Century
  6. "Nepal Skipper Sagar Thapa's Free Kick Goal Listed In 20 Greatest Free Kick Goals", goalnepal.com, २३ अक्टोबर २०१३, अन्तिम पहुँच २१ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
  7. "Sagar Thapa Listed In World Player Of The Week; Listed Along With Ribery, Yakubu", goalnepal.com, ६ डिसेम्बर २०१३, अन्तिम पहुँच २१ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति