सानो ताप्रे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सानो ताप्रे
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
उपकुल: Caesalpinioideae
Tribe: Cassieae
Subtribe: Cassiinae
वंश: Senna
प्रजाति: S. tora
द्विपद नाम
Senna tora
(L.) Roxb.
पर्याय

Numerous, see text

सानो ताप्रे औषधीय गुण भएको वनस्पति हो । मेथीका जस्ता पात हुने, पहेँला फूल फुल्ने यो जङ्गली वनस्पतिमा तने बोडीका जस्ता कोसा फल्ने गर्दछ । पोथ्रा वर्गमा पर्ने यो वनस्पतिको सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने गर्दछ [१]

सानो ताप्रेको औषधीय गुणहरू[सम्पादन गर्ने]

घाउ, लुतो, चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, भाइरसबाट लागेका रोग, कब्जियत, अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । गर्भपतन भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।[२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
  2. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री