सामसङ ग्यालेक्सी एस 2

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

विश्वकै सबैभन्दा पातलो एन्ड्रोइड स्मार्टफोन दाबी गरिएको सामसङ ग्यालेक्सी एस-टुको मोटाइ ८.४९ मिलिमिटर छ।हलुका डिजाइनमा तयार पारिएको यो सेटको तौल १ सय १६ ग्राममात्र छ। सामसङ ग्यालेक्सी एस-टुमा गुगलको एन्ड्रोइड ओएस (२.३ जिन्जरब्रड) सफ्टवेयर र डुअल-कोर १.२ गिगाहर्ज एआरएम कोर्टेक्स-ए-नाइन प्रोसेसर प्रयोग गरिएको छ। यसमा एक गिगाबाइटको र्‍याम, तीब्र गतिको वेवपेज लोडिङ, सफ्टर युआई र अल्ट्राफास्ट पावरअपलगायतका विशेषता छन्। १६ गिगाबाइटको मेमोरी सित्तैमा पाइने यो सेटमा प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार ३२ गिगाबाइटसम्म मेमोरी विस्तार गर्न सक्नेछन्।४.३ इन्चको डिस्प्लेयुक्त यो सेटमा उच्च गुणस्तरको भिडियो एवं फोटोलाई पनि प्राकृतिकरूपमा हेर्न सकिन्छ। यो सेटले एचडी गुणस्तरको भिडियो पनि सर्पोट गर्छ। वाइफाईको माध्यमबाट इन्टरनेट चलाउन सकिने यो सेटबाट आफ्नो व्यक्तिगत डाटालाई कम्प्युटर एवं ल्यापटमा सजिलै सार्न सकिन्छ।

Samsung Galaxy SII.png