सामाजिक सेवा केन्द्र (सोसेक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोसेक
सोसेक, SOSEC
गठन२०५४, दैलेख, नेपाल,
प्रधान कार्यालयनारायण नगरपालिका
वेबसाइटhttp://sosec.org.np/np/

सामाजिक सेवा केन्द्र (सोसेक), दैलेख ग्रामिण समुदायमा वसोवास गर्ने पिछडिएका तथा पछाडी पारिएका जनताको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था वृहत्तर सुधारका लागि पार्टिगत राजनीतिबाट अलग रहेर काम गर्ने एक मुनाफा रहित सेवा प्रदायक संस्था हो । यो संस्थाको स्थापना वि.सं. २०५४ सालमा भएको थियो ।[१] देशको समग्र विकासका लागि सरकारी क्षेत्रबाट मात्र सम्भव नहुने कुरालाई मध्य नजर गर्दै नागरिक समाजले पनि समाज विकासका लागि केही पहल गर्नु पर्छ भन्ने जोश र जाँगरका साथ एउटै सोच र धारणा बोकेका दैलेख जिल्लाका केही युवाहरूको जमातको उपजको रूपमा रहेको सोसेकको कार्यकारीणी समितिमा दलित, महिलाजनजातिको बाहुल्यता रहने गरी विद्यानतः व्यवस्था गरिएको छ । सोसेकले आफ्नो उद्देस्यसँग मेल खाने समुदायको वास्तविक आवस्यकतालाई परिपुर्ति गर्न सक्ने र वस्तु भन्दा सिपलाई प्राथमिकता दिई समुदाय प्रवेस गर्न चाहने सरोकारवाला पक्षसँग मात्र हातेमालो गरेर कार्यक्रमहरू सञ्चालन गर्ने नीतिलाई अवलम्बन गर्दै आईरहेको छ । यसले समुदायमा विकासका लागि समुदाय नै बढी चनाखो र जिम्मेवार हुनु पर्दछ भन्ने मुल मन्त्रलाई विभिन्न चेतना मुलक कार्यक्रमहरूबाट जनसमुदायमा अमिट छाप पारेर कार्यक्रम प्रति अपनत्वपन भावना विकास गराउन संचालित क्रियाकलापले संस्थाको दिगोपनालाई अझ बढि प्रगाढ बनाएको छ । सामाजिक सेवा केन्द्र (सोसेक), दैलेख २०५४ साल भाद्र ११ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता नंवर ५९ मा दर्ता भएको हो । यो संस्था समाज कल्याण परिषदमा दर्ता नं. ६०९९, गैह्रसरकारी संस्था महासङ्घ जिल्ला शाखा, दैलेखमा दर्ता नंवर WD-DAI-3, आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जमा दर्ता नंवर ३००९६५२९२ मा दर्ता भएको हो ।[१] यो संस्थाले आफ्नो लक्ष र उद्देस्यसँग मेल खाने कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

परिकल्पना[सम्पादन गर्नुहोस्]

गरिबीमुक्त, विभेधरहित, हिंसारहित, न्यायमूलक र स्वस्थ एवं समृद्द समाजको निर्माण गर्न यो संस्था एकिकृत विकासका लागि प्रतिवद्ध, समर्पित र स-शक्त संस्थाको रूपमा परिचित हुनेछ ।[१]

ध्येय[सम्पादन गर्नुहोस्]

सामाजिक सेवा केन्द्र (सोसेक) को कार्यालय

सामाजिक परिचालन र जन सहभागिताको माध्यमबाट जनजाती, गरिब, दलित, महिला र बालबालिकालाई सवालमुखी, सुधारमुखी, राहतमुखी जस्ता कार्यक्रमहरू प्रदान गरी उनिहरू स्वयंबाट सबै प्रकारका विभेदका स्वरुपहरूलाई सम्बोधन गर्न सक्षम बनाउने ।[१]

लक्ष[सम्पादन गर्नुहोस्]

सामाजिक सेवा केन्द्र (सोसेक)का निम्न लक्षहरू रहेका छन् :-[१]

  • सामाजिक समावेशिकरणलाई केन्द्र मानेर लक्षित समुदायको शैक्षित, स्वास्थ्य, आर्थिक र सामाजिक स्तरमा सुधार ल्याउने ।
  • अधिकारबाट बञ्चित वर्गको क्षमता अभिवृद्धि गरी अधिकारको क्षेत्रमा पहुँच पुगाउने ।
  • संस्थाको मानविय क्षमताको विकासमा जोड दिएर संस्थागत क्षमता अभिवृद्धि गर्ने ।

उद्देश्य[सम्पादन गर्नुहोस्]

सामाजिक सेवा केन्द्र (सोसेक)का उद्देश्यहरू निम्न प्रकार रहेका छन् :-[१]

  • स्थानिय स्तरमा सामाजिक पुंजीको निर्माणबाट आयस्तर वृद्धि गर्ने ।
  • स्थानिय स्तरमा कृषि, वन तथा वातावरण संरक्षण, पर्यटकिय क्षेत्रको विकास, पशु विकास र प्रवर्द्धनबाट व्यवसायीकरणको विकास गर्ने ।
  • विभिन्न निकायहरूको साझेदारितामा स्थानिय स्तरमा आवस्यक पर्ने लघुपूर्वाधारहरूको विकास प्रवर्द्धन गर्ने ।
  • संस्थामा आवद्ध मानविय श्रोतको क्षमता अभिवृद्धी गरेर संस्थाको दिगो विकास गर्ने ।
  • समुदायमा सामाजिक जागरणको माध्यमबाट लैङ्गिक तथा जातिय विभेदलाई कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने ।
  • स्वास्थ्य सम्बन्धी प्रजनन् स्वास्थ्य, सामुदायिक स्वास्थ्य, र एचआईभी/एड्स का पक्षमा जनचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य सम्बन्धि शिविर सञ्चालन गरेर परिवर्तनको वाहकको रूपमा काम गर्ने ।
  • बजारको मागमा आधारित स्थानिय सिप तथा प्रविधिको विकासबाट रोजगारितामा वृद्धी गर्ने ।
  • मानव अधिकारको संरक्षणको लागि चेतना जगाउँदै दैवि प्रकोप, द्वन्द्व प्रभावित समुदायलाई मानविय सहयोगकोलागी पहल गर्ने निरक्षरता न्यूनिकरण गर्न अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने ।
  • समुदायको चेतना अभिवृद्धि गर्ने पत्र पत्रिका तथा रेडियो सञ्चालन गर्ने ।

विशेषज्ञताका क्षेत्रहरू र अनुभवहरू[सम्पादन गर्नुहोस्]

सामाजिक सेवा केन्द्र (सोसेक) का विशेषज्ञताका क्षेत्रहरू र अनुभवहरू यस प्रकार रहेका छन् :- [१]

  • लैङ्गिक अवधारणा र विकास, दलित, महिला तथा बाल अधिकार ।
  • मानविय श्रोत विकास, पूर्वाधार तथा सिंचाई व्यवस्थापन ।
  • स्वास्थ्य शिक्षा, गुणस्तरिय शिक्षा, औपचारिक तथा अनौपचारिक शिक्षा, सुरक्षित मातृत्व, एचआईभी एड्स ।
  • आवस्यकता पहचान, खानेपानी आपुर्ति तथा स्वास्थ्य सरसफाइ ।
  • उद्यम विकास तथा बजार अन्तर सम्बन्ध, प्रकोप व्यवस्थापन तथा न्युनिकरण ।
  • प्राकृतिक श्रोत व्यवस्थापन तथा जैविक विविधता ।
  • सर्भे, डिजाइन, लागत अनुमान तथा भौतिक पूर्वाधारहरूको बनावट सुपरिवेक्षण ।

सोसेकको भष्ट्राचार विरुद्धको निती[सम्पादन गर्नुहोस्]

सामाजिक सेवा केन्द्र (सोसेक), दैलेख एक मुनाफा रहित सामाजिक संस्था हो । यसले समाजमा भ्रष्टाचार हुन नदिनको लागि भ्रष्टाचार विरुद्धको अभियान चलाएर समाजबाट भ्रष्टाचार निर्मूल गर्न तपसिल बमोजिमका भ्रष्टाचार विरुद्धका नितिहरू अपनाएको छ ।[१]

  1. सञ्चालित सबै किसिमका क्रियाकलापहरूमा पारदर्शिता अपनाइन्छ ।
  2. संस्थाको कुनै पनि कर्मचारी तथा पदाधिकारीहरूलाई दिएको जिम्मेवारीमा उसको जवाफदेहिता रहेको कुरामा विश्वास गरिन्छ । साथै दिएको जिम्मेवारीको नियमित अनुगमन तथा सुपरीवेक्षण गरिनुका साथै त्यसबाट प्रतिफलको आधारमा कारबाही गरिन्छ ।
  3. कुनै पनि क्रियाकलाप सञ्चालन गर्दा त्यसको पूर्व योजनाको आधारमा गरिन्छ । जसमा विस्तृत रूपमा बजेटको पनि योजना तर्जुमा गरिएको हुन्छ र त्यसकै आधारमा क्रियाकलाप सञ्चालन गरिन्छ । विना योजनाका क्रियाकलापहरूलाई निरुत्साहित गरिन्छ ।
  4. सहभागिता मूलक ढङ्गबाट सहि योजना तयार गरी सके पछि सो योजनालाई कार्यसमितिबाट अनुमोदन भइ सके पश्चात योजनालाई सञ्चालन र सम्पादन गर्नका लागि सम्पूर्ण आवश्यक अधिकार सम्वन्धित कार्यक्रम प्रमुखलाई दिइन्छ । कार्यसमितिबाट त्यसमा कुनै किसिमको स्वार्थपूर्ण ढंगबाट अधिकार केन्द्रित गर्ने तथा हस्तक्षेप गरिने छैन र प्रभावकारी सेवा प्रवाह, सहि वित्तिय व्यवस्थापनका लागि नियमित अनुगमन तथा मुल्याङ्कन गरिन्छ ।
  5. संस्थामा एक व्यक्ति एक पदको अवधारणा लिएको छ भने संस्थाका कार्यक्रममा निकटतम नातेदार सुपरभाइजर नरहने व्यवस्था गरिएको छ ।
  6. कर्मचारीहरूले दर्ता तथा प्रि-प्रिट नभएको अवस्था खर्च भुक्तानीको लागि संस्थामा विल पेस गर्दा एक जना साक्षी र उसको मोबाइल नंवर राख्ने व्यवस्था गरिएको छ जसका कारण कसैलाई भुक्तानी प्रमाणीकरण गर्न तथा पारदर्शिता कायम हुन मद्दत पुगेको छ ।
  7. खर्च भुक्तानी गर्दा पेश भएको विललाई लेखाबाट रुजु, कार्यक्रम संयोजक वा सुपरभाइजरले सिफारिसलाई अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गरेर मात्र भुक्तानी दिने व्यवस्था गरिएको छ जसका कारण वित्तिय जोखिमलाई न्युनिकरण गर्न मद्दत पुगेको छ ।
  8. सबै कर्मचारीहरूको पारिश्रमीक बैङ्क खातामा भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
  9. संस्थाको कर्मचारी छनौट गर्दा संस्थाको पदाधिकारी तथा कर्मचारीको निकटतम नातेदारले परिक्षामा सामेल भएको सो व्याक्ती छनौट समितिमा बस्न नपाउने व्यवस्था गरिएको छ ।
  10. वार्षिक रूपमा संस्थागत सामाजिक लेखा परीक्षण र वार्षिक प्रगती प्रतिबेदन प्रकाशन गरिन्छ ।
  11. नेपाली समाजमा धेरै पैंसा कमाएको व्याक्तीलाई उच्च स्तरमा गणना गरिन्छ । तर सोसेकमा कसैले पैंसा कमायो भने इमान्दारीका साथ कमाएको हो या होइन सो को सही विश्लेषण गरेर मात्र उच्च स्तरमा गणना गर्दछ ।

संस्था सञ्चालनका आधारभुत मार्ग निर्देशन[सम्पादन गर्नुहोस्]

सामाजिक सेवा केन्द्र (सोसेक) समुदाय स्तरमा काम गर्दा गर्ने र गराउने कार्यहरूलाई निम्न मार्ग दर्शनको आधारमा रहि कार्य गर्ने गर्दछ ।[१]

  1. सोसेकले सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तटस्थताको मुल्य मान्यता राखेको छ ।
  2. सोसेकले समुदाय स्तरमा दिगो विकास, जनसहभागिता, मानव अधिकार, सामाजिक मुल्य मान्यता प्रतिवद्ध रही आफ्ना क्रियाकलापहरू तथा गतिविधीहरू सञ्चालन गर्दछ ।
  3. सोसेकका कार्यक्रमहरू दलित, महिला, साना किसान, भूमिहिन, उत्पीडित, बालबालिका, गरिब तथा विपिन्न वर्गमा केन्द्रित रहनेछन् ।
  4. सोसेकले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा समुदायको मागमा आधारित रही स्थानिय साधन श्रोतको पहिचान र परिचालनद्वारा दिगो संस्थागत विकासमा टेवा पुग्दछ भन्ने मान्यता राख्दछ ।
  5. सोसेक लक्षित समुहको जिवनस्तर उकास्न अधिकार प्रवर्द्धनको निम्ति सामाजिक सचेतना तथा आय स्तरमा वृद्धि गर्न प्रतिवद्ध हुनेछ ।
  6. सोसेकले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिहरू सामाजिक लेखा परीक्षण तथा सार्वजनिक लेखा परीक्षणको माध्यमबाट सम्बन्धीत सरोकारवाला एवं लक्षित वर्ग समक्ष पारदर्शि रूपमा कटिवद्ध छ ।
  7. सोसेकको कार्यक्रमसँग सम्बन्धित कार्यमा खटिएका सोसेकका कर्मचारी, स्वयंसेवक, सदस्य र पदाधिकारीहरू माथी हिंसा, अपहरण, हैरानी, त्रास र अन्य कुनै किसिमका व्यवहार नगरी अझ बढी सहयोग गर्न सम्वन्धित सबै पक्षसँग यो संस्थाले अपिल गर्दछ ।
  8. सोसेकका सम्पूर्ण प्रयास तथा क्रियाकलापहरू लक्षित समुदायको जिवनस्तरमा सुधार ल्याउनमा समर्पित रहेकाले यसका कुनै पनि पक्षको स्वार्थ पुरा हुने गरी कार्यसञ्चलान गर्ने छैन ।
  9. यो संस्था दातृ संस्था सहयोगी निकायहरूबाट प्राप्त सहयोग होसियारी पूर्वक लक्षित समुदायमा पुगाउने कुरामा जोड दिनेछ ।
  10. यो संस्थाले जात, धर्म, वर्ग, लिङ्ग र राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी आफ्ना गतिविधिहरू निष्पक्ष ढङ्गबाट सञ्चालन गर्ने छ ।
  11. यो संस्थाले स्थानिय परिवेश अनुसार कामका लागि राजनीतिक र अन्य कुनै कुराका आधारमा नरहेर कामका लागि चाहिने योग्यता भएका र काम सुहाउँदो कर्मचारी मात्र भर्ना गर्दछ ।
  12. सामाजिक सेवा केन्द्र (सोसेक) ले सम्बन्धित सबै पक्षलाई उपरोक्त कार्य सम्पादन तथा विकास कार्यका गतिविधि सञ्चालन गर्न आ-आफ्ना क्षेत्रबाट सहज वातावरण श्रृजना गरी पूर्ण सहयोगका लागि आव्हान गर्दछ ।
  13. यो संस्था यस अतिरिक्त नेपालमा कार्यरत निकायहरूको कार्यसञ्चालनका आधारभूत मार्गदर्शनहरूलाई मार्ग निर्देशनको रूपमा निर्देशित हुनेछ ।

सोसेकले हालसम्म सञ्चालन गरेका कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तटस्थता मुल्य र मान्यता भएको सामाजिक सेवा केन्द्र (सोसेक)ले जनजाती, गरीब, दलित, महिला, युवा, अल्पसंख्यक, फरक क्षमता भएका समुदाय र बालबालिकालाई लक्षित समुदायको रूपमा प्रमुख मान्यता दिएको छ । यस संस्थाले हालसम्म दैलेख जिल्लाको विभिन्न स्थानहरूमा निम्न अनुसारका कार्यक्रम तथा परियोजनाहरू सञ्चालन गरेको छ ।[१]

क्र.स. कार्यक्रमको नाम साझेदार संस्था आरम्भ मिति सम्पन्न मिति कार्यक्षेत्र अवस्था
लालिकाँडा गा.वि.स.को जलउपयोग गुरुयोजना तयार जि.वि.स. दैलेख र ग्रा.ज.व्य.प. वि.सं. २०६४ बैशाख वि.सं.२०६५ कार्तिक लालिकांडा गा.वि.स. सम्पन्न
लिउंडेमुल आत्मनिर्भर खानेपानी तथा सरसफाइ योजना वार्म-पी. र हेल्भेटास नेपाल वि.सं. २०६४ पौष २०६६ जेठ बाँसी १ देखि ६ सम्पन्न
सहकार्य सामुदायिक स्वास्थ्य कार्यक्रम सेसी / सहकार्य २०६१ भाद्र २०६५ फागुन मालिका, दुल्लु, गौरीछिउडिपुशाकोट सम्पन्न
खानेपानी तथा सरसफाइ सचेतना अभियान युनिसेफ नेपाल २०६६ भाद्र २०६६ कार्तिक नारायण नगरपालिका, दुल्लु, नाउलेकटुवाल, बांसी, पिलकोटचामुण्डा सम्पन्न
सेभ द चिल्ड्रेन नेपाल २०६६ भाद्र २०६६ माघ रावतकोट, बडलम्जी, जम्बुकाँध, राकम कर्णाली, तिलेपाटा, नेपा, पादुका, भैरीकालिकाथुम, बडाखोला, सिंहासैन, तोलीजैसी, लकान्द्र, सात्तलाखरीगैरा सम्पन्न
बालि विविधीकरण आयोजनामा सामाजिक परिचालन कार्यक्रम एसियाली विकास बैङ्क २०६० २०६३ पौष नेपा, गोगनपानी, लैनचौर, चौराठा, बेस्तडा, सिंगौडी, चामुण्डा र लालिकांडा सम्पन्न
व्यावसायिक आलु उद्पादन पकेट क्षेत्र विकास कार्यक्रम २०६० २०६३ पौष रानिवन, खरीगैरा, भवानीकासीकांध सम्पन्न
महिला तथा पेशागत जातजाती स-शक्तिकरण परियोजना लिड्ढ र हेल्भेटास नेपाल २०५५ पौष २०६७ पौष रानिवन, खरीगैरा, भवानी र कासीकांध सम्पन्न
जिविकोपार्जनका लागि जनस्वास्थ्य कार्यक्रम अक्सफाम, जि.वि., र सेसी कार्यक्रम २०६१ साउन २०६६ असार मालिका, दुल्लु, छिउडीपुशाकोट र गौरी सम्पन्न
१० एकल महिला पुनर्स्थापना कार्यक्रम महिला विकास कार्यालय दैलेख २०६५ मंसिर २०६६ भाद्र सिंहासैनका १३ घरधुरी सम्पन्न
११ बाख्रा पैंचो कार्यक्रम एसियाली विकास बैङ्क २०६३ श्रावण २०६६ असार नाउलेकटुवाल, लकान्द्र र कालिका सम्पन्न
१२ अति विपन्न विशेष कार्यक्रम जिल्ला कृषि विकास कार्यलय दैलेख २०६० भाद्र २०६२ श्रावण नेपा, बडलम्जी, रावतकोट, चामुण्डा र भैरिकालिकाथुम सम्पन्न
१३ रामघाट सिंहासैन सडक खण्ड (आर्थिक तथा सामाजिक विकास कार्यक्रम ग्रा.प.का.दैलेख २०६६ माघ २०६८ जेष्ठ तिलेपाटा र सिंहासैन सम्पन्न
१४ शिक्षाका लागि संयुक्त कदम कार्यक्रम सेभ द चिल्ड्रेन नेपाल २०६५ बैशाख २०६७ पौष सिंहासैन, राकम कर्णाली, तिलेपाटा, तोलीजैसी, सिंगौडी र सात्तला सम्पन्न
१५ राउटेबालबालिका हेरचाह कार्यगत अनुसन्धान कार्यक्रम सेभ द चिल्ड्रेन नेपाल २०६७ बैशाख २०६७ पौष राउटेहरूको वासस्थान सम्पन्न
१६ स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम सेसी / सहकार्य परियोजना २०६७ भाद्र निरन्तर दैलेख जिल्लाका स्थानिय शासन सामुदायिक विकास कार्यक्रम लागु भएका गाविसहरू सम्पन्न
१७ एच.आई.भी.एड्स संक्रमितलाई सहयोग सेभ द चिल्ड्रेन नेपाल २०६७ मंसिर निरन्तर राकम कर्णाली, सिंगौडी, तिलेपाटा र सिंहासैन सम्पन्न
१८ एकिकृत सामुदायिक विकास परियोजना गरिबी निबारण कोष नेपाल २०६३ बैशाख निरन्तर सल्लेरी, बिन्ध्यवासीनी, राकम कर्णाली, सिंहासैन, पिपलकोट, रावतकोट, बाँसी, कुसापानी र नारायण नगरपालिका-८ चालु
१९ समता र पहुँच वृद्धि कार्यक्रम स्वास्थ्यका लागि अधिकार एक्शन एड नेपाल २०६३ निरन्तर नेपा, नाउलेकटुवाल, दुल्लु, पादुका, बडलम्जी, चामुण्डा, भैरी र रावतकोट सम्पन्न
२० संस्थागत दिगो परिवर्तन (संदिप) कार्यक्रम सेभ द चिल्ड्रेन नेपाल, यु. एस २०६२ २०६५ संस्था सम्पन्न
२१ सुरक्षित मातृत्वका लागि समता र पहुँच कार्यक्रम जिल्ला स्वास्थ्य कार्यलय, दैलेख २०६९ बैशाख २०६९ असार दैलेख जिल्लाका २० वटा गा.वि.स. सम्पन्न
२२ राष्ट्रिय शाक्षरता अभियान जिल्ला शिक्षा कार्यालय, दैलेख २०६८ मंसिर २०६९ असार गौरी, गमौडीकालभैरव
२३ सेरी खुल्ला दिसा मुक्त घोषणा कार्यक्रम केएर, नेपाल २०६८ माघ २०६८ चैत्र सेरी गा.वि.स. सम्पन्न
२४ महिला, युवा तथा बालअधिकार प्रवर्द्धन कार्यक्रम टिडीएच, जर्मनी २०६८ श्रावण निरन्तर बाँसी, बिन्ध्यावासिनी र बडाखोला चालु
२५ ग्रा.ज.व्य.प. सामाजिक तथा जिविकोपार्जन कार्यक्रम जि.वि.स. दैलेख र ग्रामिण जल व्यवस्थापन परिषद २०६८ पौष निरन्तर सिंहासैन र विसल्ला
२६ खानेपानी तथा सरसफाइ योजना वाम.पी र हेल्भेटास २०६८ पौष निरन्तर नेपा र पिपलकोट चालु
२७ पिपलकोट गा.वि.स. जलउपयोग गुरुयोजना २०६८ पौष निरन्तर पिपलकोट सम्पन्न
२८ समुदाय सहयोग कार्यक्रम केयर नेपाल २०६९ मंसिर निरन्तर तिलेपाटा, सिंहासैन, पिपलकोट, राकम कर्णाली, सल्लेरी, बडलम्जी, भैरीकालिकाथुम, अवलपराजुल, सेरी, रावतकोट, पादुका, र गोगनपानीड चालु
२९ उच्च मुल्य कृषि वस्तु विकास आयोजना आईफाड र नेपाल सरकार २०६९ मंसिर निरन्तर दैलेख सुर्खेत सडक र कर्णाली राजमार्गका छेउछाउका गा.वि.स. चालु


सम्पर्क जानकारी[सम्पादन गर्नुहोस्]

  • पत्राचारको ठेगाना :-
    • सामाजिक सेवा केन्द्र (सोसेक), दैलेख
      केन्द्रिय कार्यालय : नारायण नगरपालिका वडा नं. १, दैलेख बजार
  • फोन नंवर :-
    • +९७७-८९-४१०१८७
    • +९७७-८९-४१००९६
  • फ्याक्स नंवर :-
    • +९७७-८९-४१००९३
  • इमेल :-
    • info@socec.org.np
    • socecdailekh@gmail.com

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]