सामान्य प्रशासन मन्त्रालय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्ने]

नेपाल सरकारको (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी निम्न बमोजिम तोकिएको छ :

  • निजामती कर्मचारी प्रशासन व्यवस्थापन तथा अभिलेख सम्बन्धी नीति योजना र कार्यक्रमको तर्जुमा कार्यान्वयन अनुगमन र मूल्याङ्कन
  • बढुवा समितिको सचिवालय
  • सेवा समूह उपसमूह परिवर्तन
  • निजामती सेवाका पदको लागि न्यूनतम शैक्षिक योग्यता निर्धारण गर्न परामर्श दिने
  • प्रशासन सुधार
  • प्रशासन विषयक अन्तर्राष्ट्रिय संघ-संस्था र सम्मेलन
  • नेपाल सरकारको तालीम सम्बन्धी नीति र सर्वेक्षण
  • नेपाल सरकारद्वारा चलाइएका विभिन्न प्रशासनिक तालीम कार्यक्रमहरूको समन्वय र मूल्याङ्कन
  • प्रशासन सेवा सम्बन्धी देशभित्रका र बाहिरका तालीम योजना र कार्यक्रममा स्वीकृति
  • प्रशासन विषयक तालीमको साचालन र निजामती कर्मचारीलाई प्रदान गरिने विभिन्न तालीम कार्यक्रमको समन्वय र मूल्याङ्कन
  • तलब र अन्य सुविधा विषयक नीति र सिद्धान्तमा परामर्श दिने
  • लोक सेवा आयोग
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
  • निजामती अस्पताल
  • निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतबाट अर्को मन्त्रालय वा अन्तर्गत सरुवा
  • निजामती सेवामा रहने पदहरूको दरबन्दी सृजना
  • निजामती सेवा अन्तर्गतका विभिन्न सेवाहरूको बीच समन्वय
  • व्यवस्थापकीय परीक्षण
  • कर्मचारी सम्बद्ध संघ संस्था
  • निजामती किताबखाना
  • निजामती कर्मचारीको कल्याण
  • नेपाल प्रशासन सेवा तथा नेपाल विविध सेवाका विभिन्न समूह उपसमूहको सेवा साचालन।

सबन्धीत विभाग[सम्पादन गर्ने]

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

सामान्य प्रशासन मन्त्रालय
सिहदरवार, काठमाण्डौ, नेपाल
फोन: ९७७-१-४२००३६७, ९७७-१-४२००३६८, ९७७-१-४२००३६९
फ्याक्स: ९७७-१-४२००२३८
ईमेल: info@moga.gov.np

आधिकारीक वेबसाईट[सम्पादन गर्ने]

www.moga.gov.np