सार्वजनिक खरिद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सार्वजनिक खरिदमा लागु हुने ऐन तथा नियमहरु[सम्पादन गर्नुहोस्]

सार्वजनिक संस्थाबाट हुने खरिदमा निम्न ऐन तथा नियममा भएको व्यवस्थाहरू लागु हुन्छ ।

सार्वजनिक खरिद ऐन, २०६३[सम्पादन गर्नुहोस्]

नेपालका सरकारी तथा सरकारी लगानी भएका संस्थाहरूको खरिदलाई व्यवस्थित तथा पारदर्शि बनाउनको लागि प्रतिनिधी सभाले मिति २०६३।०९।३० मा सार्वजनिक खरिद ऐन, २०६३ बनाएको हो । यस ऐनमा सार्वजनिक खरिद सम्बन्धी ७३ दफाहरू रहेका छन् । [१]

सार्वजनिक खरिद नियमावली, २०६४[सम्पादन गर्नुहोस्]

सार्वजनिक खरिद ऐन, २०६३ मा भएका दफाहरूलाई कार्यन्वयनमा सहजताका लागि मिति २०६४।०५।०३ मा नेपाल सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ तयार गरेको हो । [२] सार्वजनिक खरिद नियमावली, २०६४ मा १५३ नियमहरू रहेका छन् ।

नियमनकारी निकाय[सम्पादन गर्नुहोस्]

सार्वजनिक खरिदको नियमन गर्न प्रधानमन्त्रिको मातहतमा रहने गरी मिति २०६४।०५।०३ मा सार्वजनिक खरिद अनुगमन कार्यालयको स्थापना गरिएको हो । [३] यस कार्यालयले विशेष गरी सार्वजनिक संस्थाहरूमा हुने खरिदमा असल सुसासन , खरिदमा भ्रष्टाचार भए नभएको अनुगमन गर्ने तथा सार्वजनिक निकाय तथा आपूर्तिकर्ता ठेकेदार बिचको विश्वनियता बढाउने हेतुले खरिदको अनुगमन, सार्वजनिक खरिदको लागि आवश्यक पर्ने कागजातको ढाँचा तयार तथा सार्वजनिक खरिद सम्बन्धमा राय पत्रहरु जारी गर्ने कार्य गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. public procurement Act, 2063.pdf
  2. public procurement rule, 2064.pdf
  3. http://www.ppmo.gov.np/about_us.php?menu_id=1 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-०९ मिति सार्वजनिक खरिद अनुगमन कार्यालय

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]