सालु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सालु गाउँ रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ४ मा पर्दछ । नेपालको संबिधान २०७२ ले तोकेअनुसारको संरचना लागु गर्ने क्रममा तात्कालिन जनकपुर अञ्चलको रामेछाप जिल्लामा पर्ने सालु गा.वि.स. लाई हाल प्रदेश नं. ३ को रामेछाप जिल्ला, मन्थली नगरपालिकोको एउटा वडाको रूपमा रुपान्तरण गरिएको छ । [१] यद्धपी २०७१ सालमा नयाँ नगरपालिका घोषणा गर्ने क्रममा सालु गा.वि.स. लाई मन्थली नगरपालिका वडा नं. ७ ( सालु गा.वि.स. का वडा नं. ६-९) र वडा नं. ८ ( सालु गा.वि.स. का वडा नं. १-५) बिभाजन गरिएको थियो । सालु गाउँ समुन्द्री सतहदेखी ७७० र १९८६ मिटर सम्मको उचाईमा पर्दछ । यहाँ उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाईन्छ । यहाँका मुख्य बोटबिरुवाहरु चिलाउने, उत्तीस, पैयुँ, पटमिरो (कुटमिरो), खोटे सल्लो साल आदी हुन् । यहाँको हावापानी समुन्द्री सतहदेखीको उचाईका आधारमा मात्र नभएर बोटबिरुवाका हिसाबले पनि उपोष्ण र समशितोष्ण प्रकारको रहेको छ । सालु गाउँका दक्षिणतिर फर्केका बस्तिहरूमा दिनभरि घाम लाग्ने हुनाले तुलनात्मक रूपमा न्याना छन् । र उत्तरतर्फ फर्केका बस्तीहरु चिसा छन् । यहाँका मुख्य बस्तीहरु बेशीटोल, रानागाउँ, सिम्लेगाउँ, च्याउँकेठाँटी, ढुङ्गेछाप, भेडीखर्क, स्कुलडाँडा, सालुपाटी, कबिलाश, कोलचउर, सामलिस्थान, पोखरे, तित्रीडाँडा, गैराथोक आदी पर्दछन् । बस्तीहरु सामान्यतया भिरालो ठाउँमा अबस्थीत छन् । खेतीका लागि पनि भिराला जमिनहरु प्रयोग गरिने हुनाले उत्पादन कम छ । यहाँको माटो जुनार र अदुवाका लागि उपयुक्त मानिन्छ । सालुपाटीको देबी मन्दिर र सामलिस्थानको सामली मन्दिर यहाँका विशेष महत्त्वका ठाउँहरु हुन् ।

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]