सिजो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

परम्परागत कोरियाली साहित्यमा रचना गरिने छोटो "गद्य" एवम "पद्य"को समिश्रित रूपको हरप हरूलाई सिजो भनिन्छ| यसलाई जापानी साहित्यमा प्रचलित 'हाइकु'सँग दाज्न सकिन्छ|कोरियामा करिव ७५० वर्षअघि देखिको 'सिजो' हरू पाईएका छन|तथापि यसको ब्यापकता भने बिसौ शताब्दि (सन १९०९ पछि)मा भएको मानिन्छ|छोटो रचनामा गहन भाव हुने हुदा यो आजभोलि प्रायश: सवै भाषा हरूमा चल्तिमा रहेको छ|

कोरियामा यसलाई दुई श्रेणीमा विभक्त गरिएको छ। सन १९०८ देखि अगाडिलाई 'परम्परागत सिजो' तथा १९०८ पछिको लागि 'आधुनिक सिजो' भनी वर्गीकरण गरिएको छ। सन् १९०६मा दाएगु इओसाले 'हृयोल्जुक्गा' सिजो प्रकाशनलाई यसको इतिहासमा कोशे ढुङा मानिएको छ र यसै वाट आधुनिक सिजोको विजारोपण भएको भन्ने मानिन्छ। ततपस्चात सन् २०को दशक(१९२० देखि १९२६)मा लेखिएका 'सिजो'को सङ्कलन 'एक सय आठ बेदना'लाई कोरियाली आधुनिक सिजो इतिहासले आधुनिक 'सिजो'को पहिलो सङ्कलन भनी परिचय गराएको छ।

जापानी शैलीको 'हाइकु'मा अक्षर र हरफको नियम रहे जस्तै 'सिजो'को पनि आफ्नै नियम छ| सिजो विशेषतः तीन हरफमा रचना हुन्छ। यसका ६ वटा वाक्यपद्धति हुने गर्दछन्। हरेक शब्द २ देखि ७ अक्षरका हुने गर्दछन्। यसलाई सरल रूपमा भन्ने हो भने 'सिजो' तीन हरफ तथा १४ देखि १६ अक्षरमा लेखिन्छ। यसमा जम्माजम्मी ४४ देखि ४६ अक्षर हुने गर्दछन्। गेयात्मकता हुनु यसको अर्को पक्ष हो। संरचना गेयात्मकता र अन्तिम हरफको झनन्नले नै सिजोलाई प्रभावकारी बनाउनमा मद्दत गर्दछ।साधारणतः सिजोको पहिलो हरफले परिचयात्मक विषय दिन्छ। दोस्रो हरफले त्यही परिचयात्मक विषयलाई उठान दिन्छ भने तेस्रोमा एउटा चरमबिन्दुझैँ पुर्‍याउँछ अर्थात् तेस्रो हरफमा चाहिँ पाठक या स्रोताको हृदय र मस्तिष्कलाई झनन्न पार्न सक्ने खालको क्षमता हुनुपर्छ।

Middle Korean Modern Korean भावार्थ
내 벗이 몇인가하 ᄒᆞ니 수석과 송죽이라 내 벗이 몇인가하니 수석과 송죽이라 You ask how many friends I have? Water and stone, bamboo and pine.
동산의 ᄃᆞᆯ오르니 긔더옥 반갑고야 동산에 달오르니 그 더욱 반갑도다 The moon rising over the eastern hill is a joyful comrade.
두어라 이다ᄉᆞᆺ밧긔 또더ᄒᆞ야 머엇ᄒᆞ 두어라, 이 다섯 밖에 또 더해야 무엇하리 Besides these five companions, what other pleasure should I ask?

जस्तै उदाहरणको लागि भीष्म उपे्रतीले नेपालीमा लेखेको सिजोलाई हेरेमा बुझ्न सकिन्छ|

"रात र दिनलाई एकै गरेर बसिरहेँ

फूलको छेउमा काँडासँगसमेत लड्दै

तिमी भने कहाँ गयौ बहारहरू बोकेर"

यसमा अगाडिको हरफमा १६ अक्षर छन्। बीचको तथा अन्तिम हरफमा पनि १६ अक्षर नै छन्।

त्यस्तै , राम कुमार पाँडे रचित सिजोलाई हेरौ

"जूनको अनुहारमा जून पर्दा खल्लो भो

बरु चूक अन्धकार आए पो हुने थियो

अँध्यारोमा बरु चट्याङ भए हुन्थ्यो होला"

१५-१५-१५को यस सिजोले पूर्णतः ४५ अक्षर बोकेको छ। यसरी हेर्दा यो ५-७-५को हाइकुजस्तै नियम बन्धित देखिन्छ तर यसमा बढी अक्षर हुने हुनाले यो बढी असरदायी छ भन्ने कुरा अनुमान गर्न सकिन्छ।

केहि नेपाली 'सिजो हरू[सम्पादन गर्ने]

"नजरको तीरले हान्ने त मुटुमै हो

भुतुक्क भै ढले पनि जुरुक्क उठी दौड्दै

आएर उसले मलाई राख्यो पे्रम प्रस्ताव।"

(सुष्मा मानन्धर)

"उज्यालो दिनसँग माया लागेको छ

अँध्यारोलाई रातसँग स्नेह जागेको छ

गुँडुल्किएर सुत्न कति मजा रातमा।"

(किशोर पहाडी)

"ख्वै, तिम्रो बोलाई हरियो हो कि रातो हो कुन्नि

मैले त राम्ररी छुट्याउन पनि पो सकिनँ

कानमा आएर उचाङ्ग ठोकिन्छ रङ्गहीन भएर।"

(मञ्जुल)

"गाग्रीमा पानी चढेकी, बढेकी सानी

प्यास बढ्यो चर्को, बढेछ जवानी

पोखोस् या बोकोस् उसकै जिन्दगानी"

(मुरारीप्रसाद सिग्देल)

"तिमीलाई हेर्दा आँखा झुकिदिन्थ्यो

बोल्न खोज्दा अनुहार गुलाफ फुलिदिन्थ्यो

तिमी त पौडी सकेछौ मनभित्र माछो बनेर"

(सुष्मा आचार्य)

"पहाड जति नै अग्लो होस्, यो स्वर्गकै मुनि त हो

चढ, चढ र माथि चढ्दै जाऊ चुचुरो नपुगुञ्जेल

तर कोही चढ्दैनन्, सबै थकाइको सास फेर्छन् चुचुरो नपुग्दै"

(एउटा कोरियाली सिजो: याङ्ग सा-इओन)