सिद्धार्थ बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिद्धार्थ बैंक लिमिटेडबाट अनुप्रेषित)
सिद्धार्थ बैंक
नामसिद्धार्थ बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजतपत्र प्राप्त संस्था
स्थापित वर्षवि.सं. २०५९
मुख्यालयहात्तीसार, काठमाडौँ
सेवा क्षेत्रकर्जा, निक्षेप, क्रेडिट कार्ड, रेमिटेन्स, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, लगानी, मर्चेन्ट बैङ्किङ
प्रमुख ब्यक्तिहरूशम्भुनाथ गौतम
वेबसाईटwww.siddharthabank.com


सिद्धार्थ बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त 'क' वर्गको एक निजी वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०५९ सालमा भएको हो।[१] हालमा यस बैङ्कका काठमाडौँ उपत्यका भित्र ४८ तथा काठमाडौँ उपत्यका बाहिर १३० गरी जम्मा १७८ शाखा रहेका छन्। यसको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ।[२]

पूँजी संरचना[सम्पादन गर्नुहोस्]

२०७९/८०[३]
अधिकृत पूँजी १६ अर्ब
जारी पूँजी १४.०८ अर्ब
चुक्ता पूँजी १४.०८ अर्ब

सहायक कम्पनी[सम्पादन गर्नुहोस्]

सिद्धार्थ क्यापिटल लिमिटेड सिद्धार्थ बैंकको सहायक कम्पनी हो। २०६९ आश्विन १२ देखि कारोबार संचालन गरेको सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर , नक्साल, काठमाडौं मा अवस्थित छ। यस क्यापिटलको चुक्ता पूँजी रू. २० ररोद रहेकोमा उक्त पूँजीको ५१ प्रतिशत स्वामित्व बैंकको रहेको छ। [४]

आधिकारिक वेबसाइट[सम्पादन गर्नुहोस्]

www.siddharthabank.com

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About Us", अन्तिम पहुँच जनवरी ९, २०२० 
  2. "नेपाली बैँकहरूको सूची" (PDF), नेपाल राष्ट्र बैङ्क, अन्तिम पहुँच १८ जनवरी २०२० 
  3. सिद्धार्थ बैंक, सिद्धार्थ बैंक लिमिटेड बाइसौं वार्षिक प्रतिवेदन (वार्षिक प्रतिबेतन २०७९/८०), पृ: ६। 
  4. सिद्धार्थ बैंक, सिद्धार्थ बैंक लिमिटेड बाइसौं वार्षिक प्रतिवेदन (वार्षिक प्रतिबेतन २०७९/८०), पृ: ५। 

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि