सिद्धीपुर
सिद्धिपुर नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। भौगोलिक बनोटको आधारमा नेपाल लाई पाँच बिकास क्षेत्र, १४ अञ्चल ,७५ जिल्लामा छुत्याईेएको छ। बागमति अन्चलको मध्यमाञ्चल बिकास क्षेत्र काठमान्डो उपत्यकाका तीन जिल्ला मध्ये ललितपुर दोस्रो महत्वपूर्ण जिल्ला हो। यस जिल्ला अन्तर्गतका ४१ गाबिस मध्ये सांस्कृतिक परम्पराको प्राचिन एतिहसिक गाउँ हो - थसि,सानागाउँ, सिद्धिपुर । ललितपुरको ४१ गाबिस मध्ये ललितपुको मंगलबजार हुँदै तेटा स्तुपा चक्रपथ ग्वार्कोबाट पुर्व दिशामा करीब ३.२ कि.मी पुर्व र काठमाडौं बाट करीब ७ कि.मी. दुरिमा रहेको पुरानो बस्ती थसि, जस्को बारेमा अनेकौ आख्यान जोडिएको साँस्कृतिक, एतिहसिक गाउँ मानिन्छ, अर्थात उपत्यका भीत्र कमै मात्रा मौलिकता बेथोलीएको वरिपरी गाउँ नै गाउँले घेरीएको, बिचमा शान्ता र स्वच्छ बातावरणमा अवस्थित गुच्च मुच्च परेको यो गाउँ , थुप्रै रङगहरू समेत्दै पुराना र नयाँ इटाको रातो, सेतोपना अनी गगनलाई छुन खोज्ने नयाँ नयाँ पिलरका खम्बाहरू, दुर्लभ हुँदै गइरहेका क्वारर क्वारर आवाज आउने हुक्का साथै रातो , खैरो र सेतो छ्याङग अनी “ ला: छकु: व छकु: समय बजी “ जस्ता सांस्कृतिक परम्पराको प्राचिन एतिहसिक गाउँ हो -थसि, सानागाउँ अर्थात सिद्धिपुर।
धर्म, भाषा, भेषभुषा, संस्कृतिक, चाडपर्ब अनी रितिरिवाजमा धनी गाउँ हो – थसि । यस गाबिसको पूर्वमा लुभु, पश्चिममा ईमाडोल, उत्तरमा टिकाथली र दक्षिणमा हरिसिद्धि, ठैब, गोदामचौर गा. बि. स. रहेको थसी समुद्री सतहबाट १३७२ मिटर उचाइमा रहेको छ। थसी कुल क्षेत्रफल ४७८६ रोपनी रहेको थसि जस्लाइ ९ वटा वडामा विभाजन गारिएको छ भने आर्थिक बर्स २०६३को सिद्धिपुर खानेपानी तथा सरसफाइ उप्भोक्ता सस्न्था द्वारा प्रस्तुत तथ्यान्क अनुसार यस सिद्धिपुर्(थसि)को जनसन्ख्या ६०६४ जना छन् । जस्मा पुरुस ३०९९ जना र महिला २९६५ जना छन् भने घर सन्ख्या १०३५ र परिवार सन्ख्या१३०८ छन् । यस गा बि स लाई बीसेस गरि पराल बाट बनेको सुकुल बाट चीनिन्छ ,पुरखौ देखि गर्दै आएको सुकुलको काम हाल सम्म पनि कायम नै छ ।
मानब सभ्यताको प्रारम्भ भए देखी मानबले आफ्नो जिबन सुख, शान्ती र सुबिधाले बिताउनको लागि आ-आफ्नो ठाउमा भएका प्रार्कृतिक सम्पदाको उपयोग गर्दै आफ्नो जिबन यापन सजिलो बनाएको कुरा बिगतका दिन हरूले देखाइसकेकछन भन्दा फरक नपरला जस्तो लाग्छ । हरेक समुदाएका पूर्वजहरूले आफ्नो जिबन यापनका लागि बिभिन प्रकारका आफ्नो समुदाएमा भएका प्राकृतिक श्रोत र साधनको सही तरिकाले उपयोग गरी केही न के ही सिप र ज्ञानको बिकास गरेको पाईन्छ भने युगौ युग देखी मानबले आर्थात् हाम्रा पूर्वजहरूले प्राकृतिक श्रोत साधन तथा सम्पदालाई दिगो रूपमा उचित ढंगबाट परिचालन गरी आ आफ्ना आवश्यकता पुरा गरेको अनुसन्धान कर्ताहरूले स्पस्त पारी सकेको छ । उदाहरणको रूपमा हेर्ने हो भने ग्ग्रामीण क्षेत्रमा बसो बास गर्ने जनताहरू लाई लिन सकिन्छ , ग्रामीण क्षेत्रका जनताहरूमा बिद्यामान सिप र ज्ञान भएका कारण आ-आफ्नो गाउँमा सजिलो तरिकाले पाउने प्रकृतिले बरदान स्वरूप दिएको कच्चा पदार्थहरूलाई आफु सँग भएको सिप र ज्ञानले भ्याए सम्म प्रयोग गरेको देखिन्छ । जुन सिप र ज्ञानले गर्दा थुप्रै ग्रामीण स्थानहरू प्रसिद्ध छन जस्तो कि पाल्पाको धाका टोपि,ललितपुरको हस्तकला,ललितपुर थेचोको खुवा, ललितपुर लुभुको तान बाट बुनेको कपदा लाई लिन सकिन्छ । ललितपुर कै सिद्धिपुर थसीको पराल बाट बनाएको सुकुल , यस सिद्धिपुर थसीका पूर्वजहरूले पनि आफ्नो गाउँमा पराल सजिलै सँग पाउने भएकोले त्यसलाई राम्रो सन्ग उपयोग गरेर आफ्नो सिप र ज्ञानले भ्याए सम्म मेहेनत गरेर पराललाइ सुकुलको पूर्ण रूप दिनुभएको छ जस्ले गर्दा आज यस सिद्धिपुर (थसि) गाउँ सुकुलको गाउँ भनेर सिङो नेपाल भरी चिनिन्छ ।
यस गा बि स लाई विभिन्न समय अनुसार विभिन्न नामले चीनिदै आइरहेको छ - १) सिपुर, २) थसि , ३) सानागाउँ र ४) सिद्धिपुर थसि- प्राचिन समयमा थसिमा (सल्लाको रूख)को जङलमा बस्ती बसालेको हुनाले सोही रूखको नामबाट थसी हुन गएको मानिन्छ। लिच्छ्बी र मल्लकालिन समयमा ठुल ठुला बस्तिहरू बनाईेएको ठाउमा देशको रक्षा,सुरक्षा गर्नको लागि "गढ"(गण) बनाईएको हुन्थ्यो,गढ बनाउने बेला सम्भवत: वरिपरी रूखरू रोपेर हेरदै डरलाग्दो जङल बनाइन्थ्यो,जसभित्र धैरै गहिरो खाद्दल खनेर डरलाग्दा र हींस्रक जनावरहरू पाल्ने गरिन्थ्यो। साथै गहिरो पोखरी र पर्खाल पनि बनाइन्थ्यो। यसरी तीन चार तहभित्र मात्रा शहर बनाईएको हुन्थ्यो भने शहरमा पस्न ठाउँ- ठाउमा धैरै बलिया ढोकाहरू बनाईएको हुन्थ्यो , जुन ढोका थुनिएपछी शहर भित्र पस्न प्राय: असम्भब नै हुन्थ्यो । तर कहिलेकही एकदम बलिया पहलमान शत्रुहरू आएका गुप्ता समाचार थाहा पाउनसाथ भागनका निम्ती शहरभित्र पस्नु भन्दा पहीले शहर सँगइ घना जङल बनाईएको हुन्थ्यो। यस्ता ठाउलाई गढ वा दुर्गा (गण) भनिन्थ्यो। जुन ठाउँमा "गढ " दुर्गा वा" गण " बनेको हुन्छ , सोही ठाउँको नाम विशेस प्रलित हुन्थ्यो। यहा सल्लाको रूखको (नेवारीमा ' थसिमा ” )को जङलमा "गढ" वा डुर्ग्(गण) बनाईएका कारण यस ठाउको नाम "थसी" रहन गएको हो भनी किबदन्तिमा उल्लेख गरेको पाईन्छ ।
किरातकालमा पाटन शहरमा मोटा-घाटा ,डम्म परेका, देख्दै डर लाग्दा भोटेहरू छ्यास-छ्यास्ती आएर जनजिबन अस्तब्यस्त हुने गरी बसोबास गर्न आएका थिए,जस्ले गर्दा स्थानियवासिलाई हमला गरेर बाल बच्चालाई मात्रा छाडेर अन्य सबैको हात खुट्टा भाची ,चोट पटक बनाई विभिन्न यातना र कस्टहरू दिई मार्न थाले ।भोटेहरूको यस्तो नराम्रो व्यबहार र दु:खदायी घटनाले गर्दा सहन नसकी "अब यहाँ बसेर भएन "भन्दै पाटनशहर बाट सल्लै सल्लाको रूखको जङल (थसिमा हे थसिमा दु:गु, गुं)मा आएर विस्थापित भए। कसै कसैले त भनेका थिए- ' तिमिहरू त्यस्तो डर लाग्दो,हिंस्रक जनवरहरू भएको जङलमा बस्न नजाउ भनेर ।" तर विस्थापित हुनेहरूले कसैको कुरा नसुनी " यस्ता भोटेहरूको हातबाट बाट मर्नु भन्दा त बरू जङल मै गएर मर्नु बेस " भन्दै सल्लाको (थसिमा या गुं )जङल्मा आएर बसे । तिनिहरू बिस्तारै जङल फडानी गरेर खेती गरेर त्यही बस्न थाले ।त्यही समय देखी यस देशको (गाउको ) नाम "थसी" रहन गएको मानिन्छ । त्यसैले यो देश (गाउ )का पुर्खा भनेर पाटनवासिलाई भने गरीन्छ । पाटनको " लुंखुशी र दुपातका " मानिसहरू नै सबै भन्दा पहिला यहाँ बसोबास गर्न आएका हुन भन्ने कुरा स्थानिय जेष्ठनागरिकहरूको भनाइ रहेको छ । थसिका मुख्य वासिन्दाहरू भन्नु पर्दा घ:वा खलक्, यलमु खलक्, धंगु खलक्, किसी खलक र नेम्कुल खलक भन्ने गरीन्छ । घ:वा खलकका पूर्वजहरू पाटनवासी नै हुन्, घ:वा खलकको कुल देवता हालको शन्ख मुलको सिकबहिलमा अवस्थित छ । त्यस्तै गरी यलमु र धंगु खलकहरूको पुर्खा पनि पाटन वासी नै हुन किन कि लुखुशी र दुपात वासिले हाल सम्म मनाउदै अैइरहेको धं: गुठी र यलमु गुठीमा यहाँका वासिन्दाहरू प्रत्यक्ष रूपमा हालसम्म पनि सहभागिता जनाउदै आउनु पनि एक प्रमाण हो भने नेम्कुल खलकका पुर्खा पनि पाटनका नै हुन , नेम्कुल खलकको कुल घर हाल सम्म पनि लुखुसिमा छ र कुलदेवताको पूजा गर्न त्यही घरमा हालसम्म पनि जाने गरेका छन्। बाकी अन्य खलकहरू अन्तै बाट आएका मानिन्छन। जस्तो कि सुनाकोथि, हरिसिद्धि, भादगाउ, धापाखेल आदी ।
लिखित रूपमा भेटाउन नसकिए पनि सिद्धिपुर थसी का जेष्ठ नागरिकहरूको भनाइ अनुसार यस थसिको पुरानो बस्ती भनेर हालको " पं:फुती "(नया पानी तयान्की) फांटलाई भन्ने गरिन्छ ।जसलाई बैजु,बैधय ख्य:(जहा नाम चलेको बैधयको घर थियो ) र जसलाई " सिँपुर " देश भनेर चिनिने गरिन्थ्यो रे, उहाहरूका भनाइ अनुसार हाल सम्म पनि त्यहा खानेर हेर्दा पुराना घरका गराहरू , माटाका टुटेफुटेका भाडाहरू , इनारका खाल्दाहरू र जगमा राखिएका ढुङ्गाहरू भेटाउन सकिन्छ । (ईटाका भटाहरू बनाउदा याद रहोस थुप्रै पुराना ढुङ्गाहरू निस्केकेको कुरा सिद्धिपुर वासिलाई थाहा भए कै कुरा हो।) र हाल सम्म पनि ईनार रहेको ठाउमा पानी आईरहेको छ जुन आज भोली सम्म पनि देख्न सकिन्छ । यस ठाउमा पं-फुती फांट ( सिं-पुर् )मा बसोबास गरिरहेको समयमा दुई ठुल ठुला दैबी प्रकोपहरू भएका थिए रे भन्ने गरीन्छ । १) अजिद्धे आएर अजिमाको महामारी फैलिएर यस सिं-पुरका (थसि)का सबै बाल बालिकाको मृत्युद भयो र हाहाकार मच्चियो ,जुन दु:खदपूर्ण घटनालाई थसिका वासिन्दाले बिस्तारै बिर्सदै जाने क्रममा फेरी अर्को प्रलय आउन शुरू भयो रे । २) पुर्वाभिमुख(पुर्बतिर फर्केर बसेको )भएर थसिमा जहिले पनि पूर्वपट्टी असिना नै असिनाको बर्षा हुन्थ्यो,जस्ले गर्दा सम्पूर्ण बाली नाली नस्त हुने गर्थ्यो । हरेक बर्ष यसरी असिनाको बर्षाले ठुलो धनको क्ष्यती हुने गर्थ्यो र खानाको लागि हाहाकार मच्चिन थालयो , गाउँ भरी भोकमरी बढ्न थालयो । असिनाको बर्षा यही प्वं (प्वं : नेवारीमा, नेपालीमा असिना ) द्धे असिनाको देबले गर्दा यस्तो प्रकोप भएको हो भनी ठानी रिसले चुर भएका स्थानिय वसिन्दाहरू मिलेर प्वंद्धे (असिनाको देबता ) लाई नजीकैको गोदावरि खोलामा फाल्न लगेको थियो रे भने जन श्रुती छ। त्यसपछी पं फुती फांतमा बसेर ठिक्क नहुने सोचेर मान्छेहरू त्यहा छोडेर हालको ठाउमा आएर बसोबास गर्न आएको हो भन्ने मान्यता रहिआएको छ , प्रमाणको लागि चोभारको आदिनाथलाई लिन सकिन्छ ।
चोभार र थसिका जेष्ठ नागरिक र जनश्रुती अनुसार धैरै बर्ष पहिले थसिका वासिन्दाहरूले असिनाका कारण गोदावरि खोलामा फ्याकेको श्रीआदिनाथ खोला सँग सङ्गै बग्दा बग्दै धैरै बर्ष पछी यो उपत्यकालाई छोडेर जान मन नलागेर भनौ या खोइ के भएर हो चोभारको नख्खु खोलाको दोभानमा अड्किएर बसेको नन्द ग्वाले देखेका थिए,चोभारको चौरमा गाई चराउदै गरेका चोभार वासी "नन्द ग्वा "ले चोभारको नख्खु खोलाको दोभानमा बगाउदै गरेका बच्चालाई बच्चाउन खोलामा गएका थिए,सो समयमा बच्चाले 'मलाई नछोउ,मलाई नछोउ भनी कराउन थाले र सोही समयमा नन्द ग्वालाई श्रीआदिनाथले आफ्नो रूप दर्शन गराउनु भयो। आदिनाथको दर्शन पाएपछी नन्द ग्वाले श्रीआदिनाथलाई बिन्ती चढाए -' प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही समय देखी खाली भइरहेको हुँदा सो ठाउँमा प्रभु विराजमान भइदिनु पर्यो ।“ नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गर्नुभयो, र नन्द ग्वा खुशीले प्रभुलाई लिन म बाजा गाजा लिएर आउछु भनी गाउँ पसे । नन्द ग्वाले सम्पूर्ण गाउँ वासिलाई खबर गर्दा गर्दै उनी आउन ढिला भए। उता श्रीआदिनाथ मलाई कहिले लिना आउछ भनेर नख्खु खोलाको दोभान बाट माथि चोभार डाडाको गाउँ तिर हेरिरहनुभयो ।(त्यही भएर हाल सम्म पनि श्रीआदिनाथको आँखा अली माथि हेरिरहेको जस्तो देखिन्छ।) नन्द ग्वा बिभिन्न बाजागाजाका साथ पहिलेको ठाउँमा आइपुगे, तर पहिलाको ठाउँमा श्रीआदिनाथले दर्शन दिनु भएन्, यता उता चारैतिर सबैले आँखा लगाए तर कही भेटिएन्न्, नन्द ग्वा र पुरोहित बिच गन्थन भयो र नन्द ग्वाले मैले यही देखेको हो भनी जिद्धी गर्न थाले । त्यस पछी सोही ठाउँमा पुरोहित र नन्द ग्वालाई मात्रा आदिनाथले दर्शन दिनु भयो। पुरोहितले देख्ना साथ खोलामा कलश थाप्नु भयो र श्रीआदिनाथ त्यस कलश भित्र विराजमान हुनुभयो । अहिले पनि कलश थाप्दा पानी बगेको पट्टी कलशको पछाडिको भाग पारी थापीन्छ र हाल सम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफा स्वां खन्याउने गरीन्छ र देवताभएको दफा स्वां फ्न् फनि घुमेर पछाडि बाट अगाडि आई कलश भित्र बिराजमान हुनुहुन्छ जुन चैत दसैंमा चोभारको मेलामा हाल सम्म पनि देखन सकिन्छ ।
त्यस बेला श्रीआदिनाथ स्वयम प्रकत भई भनु भएको थियो कि -" म सिपुर (सिद्धिपुर थसी)को देवता हुँ, मलाई परापुर्वकालदेखी नै थसिका नेकु खलक् (नेम्कुल) द्वारा नित्य पूजा गरी आईरहेको हुनाले अबका दिनहरूमा पनि नित्य कर्म गर्दा नेम्कुल खलक द्वारा नै गरियोस भनु भयो । गाउवासीहरू यस् कुरामा सहमत भईसकेपछी बिभिन्न बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खाली रहेको श्री बसुन्धारामाजुको मन्दिरमा श्रीआदिनाथको स्थानपना गरिएको भने कुरा जन श्रुती छ । हाल सम्म पनि थसी (सिद्धिपुर्)का वासिन्दा मध्ये चार नेम्कुल खलकहरू बिना जुता नाङो खुट्टा सेतो वस्त्र लगाएर कपाल मुन्डन गरी थसी (सिद्धिपुर्) देखी चोभार सम्म हिंडेर पूजा गर्ने जाने चल्न हाल सम्म यथावत नै छ । यसबाट यो स्पस्त हुन आउछ कि थसी (सिद्धिपुर )को प्वं द्दे नै हालको श्रीआदिनाथ देवता हुन ।
थसिको स्थापना सम्बन्धमा आधिकारिक प्रमाणहरू फेला परेको छैन । तर पुरातत्व बिभागको च्. ला. न. ५४९ \ ने. आ १४६मा देवमाला वंशावली (ने. स. १०७६मा प्रकाशित ) पृष्ठा १२५मा थसिको बारेमा यस्तो लेखिएको पाईन्छ -
" नेपाल सम्बत ६६२ श्री रत्न मल्लको पालामा कुकुं भने देवानहरूको रखवालको लागि ५०० घरको शहर बनाइदिएको हुन ।" तर ने. स. ६६३ बि. स. १६००मा कुकुं जातका भोटेहरू नेपालमा भित्रिएको कुरा गलत मानिएको छ । नेपालको मल्लकालिन ईतिहास, कान्तिपुरको ईतिहास, रत्न मल्ल( पृष्ठे ४१, बि. स. २०४१ आस्विन ३ गते प्रकासित लेखक पेशल दाहाल र प्रकाशिका कमला दाहाल )मा रत्न मल्लले ति जातका भोटेहरूलाई थसिमा ५०० घर दिएको होइनन भनी उल्लेख गरिएको छ । उता नेपालको एतिहासिक रूपरेखा बालचन्द्र शर्मा , २००८ पौषको वन्शावलिमा उल्लेखित मिति सँग रत्न मल्लको राज्यकाल पनि मिल्दैन । राजा ने स ६४०मा (बि स;१५७७)भाद्र तिर स्वर्गे भएको उल्लेख छ भने ने स ६३३मा (बि स १५९९- १६००) तिर कसरि भोटेहरूलाइ थसिमा बस्न घर बनाइ दिए त्यो कुरा स्पस्त हुन सकेको छैन । राजा ने स ६४०मा (बि स;१५७७)भाद्र तिर स्वर्गे भएको उल्लेख छ भने ने स ६३३मा (बि स १५९९- १६००) तिर कसरि भोटेहरूलाइ थसिमा बस्न घर बनाइ दिए त्यो कुरा स्पस्त हुन सकेको छैन । बलम्बुको भेल्बु भन्ने ठाउँमा फेला परेको शिलालेख जिस्णु गुप्त र ध्रुब देबको बलम्बु ,भेल्बुको अभिलेख (लिच्छबी सस्न्क्रीत, प्रीस्ठ ३८ लेखक जगदीश चन्द्र रेग्मि, प्रकाशक रत्न पुस्तक भन्डार )मा थंसम्प्रिन्देव क्षेत्राल भनेर उल्लेख गरिएको छ | उक्त थंसम्प्रिन्देवक्षेत्रालको अर्थ हालको सिद्धिपुर नै थसी हो भने कुरामा सत्यता देखएको छ । जसरी काठमाडौं, चम्बुक्रम,भक्तपुरलाई ख्रिपुम , माखोप्ॠन र पाटन लाई यूपग्राम्, ललितब्रुम र हालको ठेचोलाई थेञ्चो भनिए झै थंसम्प्रिन्देवक्षेत्राल पनि हालको थसी नै हो भने अनुमान लगाउन सकिन्छ ।
थंसम्प्रिन्देवक्षेत्रालको अर्थ थसिमा रहेका देवतासँग सम्बन्धित जग्गाको बारेमा बल्म्बुवासिले थसिवासिलाई चार किल्ला छुत्याएर जग्गा राखिदिएको उल्लेख छ ,तर कुन चाँही देवता हो नाम थाहा पाउन सकिएको छैन।थसिका नेम्कुल जातिका भनाइ अनुसार काठमाडौंको न्हुघ:(जैसिदेवल) अवस्थित(सिठी द्धे )कुमार र चोभारमा अवस्थित आननदादिलोकेश्वरको (आदिनाथ)को पुजाआजा गर्न बलम्बुमा जग्गा प्रदान गरिएको मानिन्छ। त्यसै कारण सिद्धी कुमार जात्रा र आनन्दादिलोकेश्वर जात्रा (कुमार सस्थी र चैत दसैं )का दिन थसिका नेम्कुलहरू त्यहा गएर देवताको रेखदेख गर्ने , रङ्ग्र रोगन गर्ने र पछी बलम्बुका वासिन्दाले विशेस पूजा गर्न आउने चल्न हालसम्म पनि यथावत नै छ ,त्यसैले थंसम्प्रिन्देवक्षेत्राल………..नै हालको थसी हो भन्न सकिन्छ ।
त्यस्तै थसिको देव ननि स्थित गणेशको मन्दिरमा राखिएको राजा योग नरेन्द्र मल्ल्को अप्रकाशित अभिलेखमा थसी पाटनमा नै पर्छ भनी उल्लेख गरिएको पाईन्छ । जुन यसरी लेखिएको छ -"संवत ८१९ चैत्रमासे शुकल पक्ष अस्तम्या तिथी पुनवशुनक्षेत्र शुभ जोगे जथाकरणमुहुत्तरे अंगारवास श्री सुबर्णचक्र सिंह तया ।"फेरी गोपालराज वशावलिको ५१ ख पेजमा थसी र बलम्बु गाउँ पाटनमा नै पर्दछ भनी उल्लेख गरिएको छ । जसलाई "४६७ आस्विन शुद्धि-३ श्री देवलदेवसी व: अनखराम महाथस वो जगस्यं मनिगलाया राज कायामुन्हिया ,कृतिपुर् ,बलम्बु, चेटकवाठ, थंसम्प्रिन्देवक्षेत्राल, ख्व्यंप ।"लेखिएको छ जस अनुसार थसिको अस्तित्व सं. ४६७मा नै भईसकेको देखिन्छ।
विषयसूची |
सानोगाउँ [सम्पादन गर्ने]
यो गाउँ वरिपरि रहेका छिमेकी गाउँ भन्दा सानो र बस्ती धैरै पातलो भएको हुनाले सुरूमा सानो गाउँ र पछी हुँदै गएपछी सानागाउँ हुन गएको मानिन्छ। सानागाउँ भनेर २०१२ साल भन्दा पहिलेदेखी नै नामाकरण गरिएको देखिन्छ, किन कि २०२१ सालमा नापी हुँदा नक्सामा सानोगाउँ लेखिएको छ ।
सिद्धिपुर [सम्पादन गर्ने]
यस थसी गाउँको मध्य भागमा अवस्थित देव न:नि टोलमा रहेको सिद्धेस्वर महादेबको नाम बाट यस गाउँको नाम " सिद्धिपुर " रहन गएको हो भने जन धारणा पाईन्छ । यस्तै जर्मनका लेखक डा.कार्ल प्रुश्चको “ काठमाण्डौं भ्याली “ नामक पुस्तक अनुसार शिद्ध बाबाले तपस्या गरी सिद्धि प्राप्त गरेको पवित्र स्थल भएकोले सिद्धिपुर नाम रहन गएको भनेर उल्लेख गरेको छ । यद्धेपी " सिद्धिपुर " भनेर वि. स; २०२१ साल भन्दा पहिला नै नामाकरण गरिएको भए पनि चलन चल्तिमा सानोगाउँ नै उल्लेख गरिने गरिएको छ । हालको थसिमा बसोबास गरिसकेपछी मन्दिर बनाउन निम्ती जङल फडानी गरेर जोत्दा पाच् फिट लम्बाइको कालो स्तम्भ फेला पर्यो । स्वयम सिद्ध भएकोले त्यसलाई सिद्धेस्वर महादेब भनेर नामाकरन गरिएको भनाइ छ । यस्तै यस गा बि सको अट्ख्वा: भने ठाउँमा खेत खन्दा खन्दै एउटा पिठको उत्पती भएको थियो ।जुन २०२२ \२०२३ साल तिर यसै गाबिस.को वडा न. १मा बस्ने बुद्धिमान महर्जनले आफ्नो खेत अग्लो भई सिचाइ गर्न गाह्रो भएकाले ज्यामी लगाएर माटो बोकाएका थिए ।त्यस्तै एक रात सपनमा सो पिठको दर्सन गराए । तर बिस्वास नलागेर थुप्रै ज्यौतिसहरू का गएर माटो देखाउन लगे । सबै ठाउँबाट त्यहा पिठ छ भनेर पठाइदिए ।त्यस पछि सबै माटो हटाई पिठको उत्खनन गरेर विधिपुर्बक पुजा गरि बोका बलि दिइ दुई दिन सम्म जाग्रम बसेको कुरा उहाले बताउनु भएको थियो । जुन मुर्तिहरूको ठिक समयमा उचित संरक्षण गर्न नसकेकाले सबै मुर्तिहरू चोरि भैइसकेकछन ,जुन स्थान हालस्म्म पनि वेवारिस अवस्थामा नै छ भने जिर्णोद्धार पर्खाइमा बसिरहेकोछ ।
आर्थिक बर्स २०६३को सिद्धिपुर खानेपानी तथा सरसफाइ उप्भोक्ता सस्न्था द्वारा प्रस्तुत तथ्यान्क अनुसार यस सिद्धिपुर्(थसि)को जनसन्ख्या ६०६४ जना छन् । जस्मा पुरुस ३०९९ जना र महिला २९६५ जना छन् भने घर सन्ख्या १०३५ र परिवार सन्ख्या१३०८ छन् ।
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
- सांस्कृतिक पृष्ठभूमिमा सानागाउँ (थसि) सिद्धिपुर - श्री नन्दबहादुर महर्जन्, सन्ध्या टाइम्स
- बिपिन कपालिद्वारा लिखित 'थसिको एक इतिहास'
- बासु पासा द्वारा लिखित 'ललितपुर'
- लकस: वा पौ:,
- मध्यकालिन अभिलेख ग्रन्थकार धनवज्र वज्राचार्य २०५६ बाट साभार
- पुर्णबहादुर नेम्कुल(तध: ननि), समाजवी स्व अस्टमान महर्जन, ता: गुठिको जीट्ठा गणेशबहादुर महर्जन (देब ननि ), सिद्धिबहादुर महर्जन (छाउनी), आशाकाजि शाक्य (देब ननि), श्यामबहादुर मगर (चोभार), राजेश शाक्य (चोभार), स्व जगधन शाक्य (चोभार), धनबहादुर डंगोल(चोभार), बुद्धिराज शाक्य (चोभार), इन्द्रबहादुर शाक्य (चोभार)
बाह्य सूत्र [सम्पादन गर्ने]
|
|||||