सिमसार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नदी र ताल
बायोम
स्थलीय बायोम
तुन्द्रा
टैगा, उदीच्य वन
पर्वतीय घाँसको मैदान र झाड़ी भएको भूमि
शीतोष्ण शंकुधारी वन
उष्णकटिबंधीय र उप उष्णकटिबंधीय शंकुधारी वन
शीतोष्ण चौडा पात भएको र मिश्रित वन
भूमध्य जंगल, काठको भूमि, र स्क्रब
उष्णकटिबंधीय र उप उष्णकटिबंधीय नमी र चौडा पात भएको वन
उष्णकटिबंधीय र उप उष्णकटिबंधीय शुष्क चौडा पात भएको वन
शीतोष्ण घाँसको मैदान, सवाना, र झाड़ीदार
उष्णकटिबंधीय र उप उष्णकटिबंधीय चरागाह, सवाना, र झाड़ीदार
मरुभूमि र जेरिक(xeric) झाड़ीदार
बाढ़ घाँसको मैदान र सवाना
नदी तट क्षेत्र
सिमसार
जलीय बायोम्स
तलाउ
तटीय क्षेत्र, अंतर्ज्वारिय क्षेत्र
मैंग्रोव (Mangrove) वन
सिवार वन
मूँगाको चट्टान
नेरिटिक (Neritic) क्षेत्र
महाद्वीपीय शेल्फ
पेलजिक (Pelagic) क्षेत्र
बेन्थिक क्षेत्र
जलतापीय हवा
चिसो बतास (seeps)
पैक बर्फ
अन्य बायोम्स
इण्डोलिथिक (Endolithic) क्षेत्र

पानीले राम्रो सित भिजेको ठाऊ वा अत्यधिक आर्द्रता भएको जमीन प्राविधिक रूपमा भन्नु पर्दा, त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करिब करिब एउटै स्तरमा हुन्छ अनि बोट बिरुवाको अस्तित्व रहेको हुन्छ । जहाँ जमीन लुक्दैन, जहाँ पानी सुक्दैन र रसिलो जमीन भएको क्षेत्रलाई सिमसार भनिएको हो । यो भनेको पानीको मुहानलगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई जनाउने गरेको छ ।[१]

नेपालको राष्ट्रिय सीमसार नीति २०५९ अनुसार जमेको वा वगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धापलगायतका नदीको बांध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानवालीसमेत पर्छ । विश्व सीमसार क्षेत्रफलको आँकलन गरिए अनुसार विश्व संरक्षण अनुगमन केन्द्र ५७० लाख हेक्टर -२ प्रतिशत) ताल, ३० प्रतिशत भनस, २६ प्रतिशत दलदल, २० प्रतिशत धाप, १५ प्रतिशत बाँध क्षेत्र छन् । १९९९ रामसार पक्ष सातौं सम्मेलन ७४८ देखि ७७८ लाख हेक्टर, २००४ भूमण्डलीय ताल तथा सीमसार तथ्याङ्क भण्डार अनुसार ९१७ लाख हेक्टर र १९९९ भूमण्डलीय सीमसार स्रोतको सिंहावलोकन र सीमसार सूचना सङ्कलनले १२८० लाख हेक्टर आँकलन गरिएको छ । नेपालमा रहेको सीमसार नेपालमा ५३५८ ताल, हिमनदीका रूपमा ३२५२ वटा, हिमताल २३२३ वटा, ताल ५००० वटा, जलाधार १३८०, पोखरी ५१८३ वटा र तराईमा १६३ सीमसार छन् भने पहाडमा ७९ वटा छन् । सीमसार क्षेत्र घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटका लागि महत्वपूर्ण मानिन्छ । सीमसारको प्रकारलाई हेर्दा तीन किसिमको छ जस्तै सामुदि्रक किनार, भू-भागीय र मावन निर्मित हुन् तर पनि माटो, भू-वनौट, जलवायु, जलचर, जलवायु, जल परिचालन र जल रसायन, वनस्पति र मानवीय कारणले ५ प्रकारको सीमसार हुन्छन् । ती हुन्

  • कम गहिरो ताल,
  • दलदल वा धाप ,
  • बाढ क्षेत्र -कोसी टप्पु र नारायणी नदीको बाँदरझुला,
  • नदी मुख, सामुदि्रक किनार -यो अस्टे्रलियाको मुगाको चट्टान
  • मावन निर्मित-सुनसरी सप्तरी बाँध, जगदीसपुर जलाशय, नवल परासीको गण्डकी बाँध र मकवानपुरको इन्द्र सरोवर ।

सिमसार अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणाली हो । पारिस्थिकीय प्रणालीमा अनगिन्ती सङ्ख्यामा जीवाणु, वनस्पति, कीटपतङ, उभयचर, घस्रने प्राणी, चरा, माछा र स्तनधारी जीवहरू पाइन्छन् । जलवायु, भौगोलिक स्वरूप भूगर्भ र जल परिचालनलगायत भौतिक एवम् रासायनिक प्रक्रियाले सिमसारमा वनस्पति र जनावरको उच्चतम विविधता पाइन्छ । सिमसारभित्र जल परिचालन र शुद्धीकरण प्रक्रिया निरन्तर चलिरहने हुनाले यसलाई प्रकृतिको मृगौला भन्ने गरिन्छ । जमीनमा बग्ने सतहको भल सिमसारमा मिसिएपछि त्यसबाट बगाएर ल्याएका रासायनिक पौष्टिक तत्त्वहरू समेत सिमसारले सोसेर लिन्छ । यसले गर्दा शुद्धीकरण हुनुको साथै माछालगायतका जलचरलाई प्रशस्त आहार प्राप्त हुन्छ ।

नेपालमा सिमसार क्षेत्र अत्यधिक उपभोगका कारण बिग्रँदै गएको छ । यो अत्यधिक चरण, जडीबुटी सङ्कलन, पानीको प्रयोग र आवश्यकताभन्दा बढी दोहन थलोका रूपमा प्रयोग, प्रदूषणग्रस्त, धार्मिक पर्व, मेलापातमा तीर्थालुले जथाभावी पूजासामग्री विसर्जन गर्नु, वरपरका खेतमा रासायनिक मल तथा विषादी प्रयोगले सिमसार दूषित बन्दै गएको छ । बाहृय प्रजातिका माछा छाडिनाले स्थानीय जातका माछा विस्थापित हुन थालेका छन् । भूमि अतिक्रमणले सिमासार क्षेत्र हराउन थालेको छ । भूक्षय सिमसारका लागि अर्वुद रोगजत्तिकै खतरनाक भएको छ । वरपरबाट बगेर आउने भेलसँगै ढुङ्गा, बालुवा, पाङ्गो माटो थुपि्रएर सिमसार सुक्ने सम्भावना रहन्छ । मनाङको तिलिचो ताल वा तराईका पोखरीहरू भूक्षयले चुनौतीपूर्ण बन्न पुगेको छ । दैवीप्रकोपले गर्दा सिमसारले थेग्नै नसकिनेगरी बाढी, पहिरो र पानी सम्स्याका रूपमा आएको देखिन्छ ।

नेपालमा उच्च पहाडी क्षेत्रमा ७८, मध्य पहाडीमा ८६ र तराईमा १६३ वटा गरी ३२७ ताल तथा सीमसार क्षेत्र छन् । नेपालको नौवटा रामसार क्षेत्रमध्ये कोसीटप्पु वन्यजन्तु आरक्ष कोसी नदीको बाँध क्षेत्र हो । नेपालका ९ वटा रामसार क्षेत्रले कुल ३४ हजार ४५५ हेक्टर क्षेत्रफल रहेको छ जसमा कोसीटप्पु वन्यजन्तु आरक्ष ५१ प्रतिशत ओगटेको छ । सुनसरी, सप्तरी र उदयपुरको बीचमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष कोसीमा ४८५ प्रजातिको माछा, विश्वबाटै लोप हुन लागेको ३० प्रजातिको चरामध्ये २१ प्रजाति र राजगिद्धसमेत पाइन्छ ।

त्यसैगरी सबभन्दा कम क्षेत्र ओगटेको इलाम जिल्लामा अवस्थित माई पोखरीले ०.२६ हेक्टर क्षेत्रफल मात्रै रहेको पाइन्छ । यसमा प्राकृतिक मूलका साथै वषरातको पानी प्रमुख स्रोत हो । यहँा चिलाउने, कटुस, खसु्र जातिका वनस्पतिले ढाकेको छ । यो क्षेत्रमा हरियो छेपारो, चीरबाघ, ओतलगायतका वन्यजन्तु पाइन्छ । यो मात्रै पहाडको रामसार क्षेत्र हो ।

कलैया जिल्लाको घोडाघोडी ताल क्षेत्र ठूला भए पनि गहिरो कम रहेको ताल हो । दलदल, धापका साथै चुरे क्षेत्रमा वन, सानाठूला गरी २० वटा तालतलैया छन् । यहाँ सङ्कटापन्न कछुवा, औत, गोही, चरा, हाँस र अन्य स्थनधारी बाघ र मृग पनि पाइन्छ । त्यसैगरी कमल, सुनाखरी, जङ्गली धानसहितका ४४५ प्रजातिका वनस्पति, २९ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, ७ प्रजातिका सरिसृप र १४० प्रजातिका रैथाने र घुमन्ते चरा पाइन्छ ।

कपिलवस्तु जिल्लाको जगदीश्वर जलाशय वाणगंगा सिँचाइको नहरद्वारा आपूर्ति गरिरहेको र वरिपरि खेत, सामुदायिक वन र केही स-सना पोखरीलगायत नहर संरचना छन् । हिउँदेमा बसाइँ कोशीटप्पु सरी आउने चराहरु जलकौवा, बकुल्ला, स्टोर्क, हाँस २० प्रजातिका माछा, डुबुल्की चरा, सिद्रेचरा, जकेवा, भुडीभोर, लोभीपपी गरुड, १३ प्रजातिका पानी हाँस, र ४२ प्रजातिका रैथाने र घुमन्ते चरा यहाँ पाइन्छ ।

उता चितवन जिल्लाको बीस हजारी ताल समूह १७ प्रजातिका माछासहितका, गरुड पाइन्छ । जिल्लाको रारा तालको लम्बाइ ५.१ । चौडाई २.७ किलो मिटर र गहिरो १६७ मिटर रहेको छ । ठूला उच्च पर्वतीय क्षेत्रमा अवस्थित यो तालमा प्रशस्त जलचर पाइन्छ । खतराको सूचीमा रहेका वनस्पति पाँच औले, जटामसी र कुटकी पाइन्छ । २३५ प्रजातिका पक्षीहरू पाइन्छ ८ प्रजातिका माछा पाइन्छ । फोक्सुण्डो तालमा चितुवा पाइन्छ । १५५ प्रजातिका वनस्पति कुटकी, भ्याकुर, विष, जटामसी, लघुपत्र र हिमाली साग तथा पक्षीमा सुनजुरे हाँस, चखेवा चखेवी, वगाले सीमकुखुरा, मरुल, सिन्दुरेहाँस र खोयाँ हाँस आदि पाइन्छ । गोसाइकुण्ड ताल १०० प्रजातिको वनस्पति र हिउँदमा हाब्रे र कस्तुरी मृग देखा पर्छ । सीमसार तथा रामसारमा परेको गोक्यो ताल समूह कुटकी, शर्मा गुरु, कपाले फूल, क्यासर जस्ताका दुर्लभ वनस्पतिका पाइन्छ ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]