सुनखानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनखानी
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सुनखानी नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सुनखानी गाविस जिल्ला सदरमुकामबाट करिव ५ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल १३.३५ वर्ग किलोमिटर छ। यस गाविको पूर्वमा ठूलोपाखर तथा थुमपाखार गाविस पश्चिममा यमुनाडाँडा गाविस उत्तरमा थम्पाखारा थाविस र दक्षिणमा ठोकर्पा तथा लिसंखु गाविसहरू पर्दछ। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। यस गाविसमा तामाङ जातिको बाक्लो बस्ती छ। व्यावसायीक कृषि उत्पादन र कृषि प्रणालीमा सिन्धुपाल्चोक जिल्लाकै एक नमुना गाविस हो सुनखानी। यस गाविसमा व्यावसायीक रूपमा कृषि उत्पादनका बालीबीज उत्पादन तथा अन्य कृषि अनुसन्धान गरिन्छ। यस गाविसबाट मकैको बीज मुलाको बीज काउलीको बीज आदि निर्यात हुन्छ। यस गाविसमा सिँचाईको अत्याधिक सुविधा छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गत पर्ने यस गाविसको वि.सं. २०५८ सालमा साक्षरता दर ४३ घरपरिवार संख्या ६०८ र कुल जनसङ्ख्या ३२१४ थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "सुनखानी", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]