सुनगाभा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सुनगाभा/सुनाखरी
Temporal range: 80–0 Ma
Late Cretaceous - Recent
Color plate from Ernst Haeckel's Kunstformen der Natur
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): एकदलीय वनस्पति
गण: Asparagales
कुल: Orchidaceae
Juss.
Type genus
Orchis
Tourn. ex L.
Subfamilies
सुनगाभा फूलको विश्वव्यापी वितरण नक्शा

वैज्ञानिक नाम अर्किडासीले चिनिने सुनगाभा वानस्पतिक परिवार अत्यन्तै विविधता युक्त तथा संसारभर फैलिएको वानस्पतिक परिवार हो । अर्किड फेमिली भनेर पनि चिनिने यस वानस्पतिक परिवारमा अत्यन्तै रंगिविरंगी तथा वासना युक्त फूलहरू समाहित छन् । सुर्यमुखी परिवार जस्तै यो वानस्पतिक परिवार पनि सबै भन्दा धेरै प्रजातिहरू भएका दुई वानस्पतिक परिवार मध्ये एक हो । यी परिवारहरू अन्तर्गत हालसम्म ८८० वर्गका २१,९५०देखि २६,०४९ फूलका प्रजाति पत्ता लगिसकेका छन् ।[१][२]

भिन्न नाम, एउटै फूल[सम्पादन गर्ने]

सुनाखरी

सुनगाभा, सुनाखरी, अर्किड यी तीनै नामले एउटै फूललाई जनाउँछ । सुनगाभा र सुनाखरी नाम केवल स्थान बिषेश अनुसार बोलीचालीमा फरक नाम हुन भने, अर्किड चाहिं आयातित नाम । तर काठमाडौंका पुष्प ब्यवसायीहरू विदेशी प्रजातिका सुनगाभा/सुनाखरीलाई अर्किड नै भन्न रुचाउँछन ।

के हो सुनगाभा ?[सम्पादन गर्ने]

वैज्ञानिक शब्दावलीमा सुनाखरीलाई 'डेण्ड्रोवियम' भनिन्छ । 'डेण्ड्रो'को अर्थ वृक्ष र 'विओस्' भनेको जीवन हो । सुनाखरीहरू अन्य रूखमा हुर्कने गर्दछन् । प्रायः सबै रूखका हाँगा र कापमा उम्रने गरेपनि सुनगाभाहरू परजीवी हुँदैनन् । यिनले ऐंजेरुले झै आफू चढेकै वृक्षमा जरा गाडेर खाद्य-रस चुस्दैनन्, हावाबाटै मलजल प्राप्त गर्दछन् । कुनै-कुनै प्रजाति त जमीनमै उम्रन्छन्, रूख चढ्दा पनि चढ्दैन । नेपालमा 'डेण्ड्रोवियम' जाति भित्र २६ प्रजातिका सुनाखरी छन् । तीमध्ये १२ प्रजातिमा जडीबुटीको गुण पाइन्छ ।

विभिधता[सम्पादन गर्ने]

सुनगाभा परिवारभित्र १७ हजार प्राकृतिक तथा हजारौं मानवकृत ठिमाहा जातजातिका वनस्पति पर्दछन् । पुष्पमेलामा देखिने ठिमाहा जातको वर्चस्वलाई अरू वनस्पतिले उछिन्न गाह्रो छ, किनभने यिनका पुष्पाकृति, रङ, साजसज्जा र आकर्षण अरूको भन्दा बिल्कुलै बेग्लै र कौतुहलमय छन् । सुनगाभा परिवारका कुनै-कुनै फूलहरूको परागसेचन र गर्भाधान प्रक्रिया पत्याइनसक्नुको हुन्छ। यसलाई सफल बनाउन भँवरा, माहुरी, बारुला, कमिला र अन्य विभिन्न कीटपतङ्गहरूलाई आकर्षित गर्ने ती सुनगाभाको रूपरङ र सजावट यति आकर्षक हुन्छ, यौन-उत्तेजनाले मत्त कुनै-कुनै बारुलाहरू फूललाई नै पोथी ठानेर सम्भोग गर्न पुग्दछन् । युरोपमा पाइने 'फ्रिस जातिको सुनगाभाको यस्तो करामत नेपालका सुनगाभामा भने देख्न पाइँदैन ।

सिम्बिडियम(en:Cymbidium सुनगाभाका फूलहरूलाई माउबोटबाट काटेर फूलदानमा राख्दा पनि महिनौंसम्म तिनको मोहिनी रूप ओइलाउँदैन र रङ खुइलिँदैन । राम्रो स्याहारसुसार खोज्ने यी बिरुवाहरू हत्तपत्त मर्दैनन् । सिम्बिडियमका प्राकृतिक प्रजातिको सङ्ख्या तीन सयभन्दा धेरै छ भने नेपालमा पनि बाक्लो वन भएका क्षेत्रमा ११ प्रजाति भेटिन्छन् । पुष्पाकृति र रङशोभाका दृष्टिले सबै प्रजाति उत्कृष्ट कोटिमा पर्दछन् । चैतदेखि जेठ सिम्बिडियम फुल्ने याम हो । यसका स्वच्छ सेता फूलभित्रको तल्लो 'ठमा हल्का सुनौलो जलप भएको इवर्नियम र इमरल्ड, यूँको फिका हरियो तरेलीहरूको माझमा छिरबिरे राता बुट्टाले सजिएको डेभोनियानम, सेतो किनारा छोडेर छ्याप्पै रातो पोतिएका तरेलीहरूका माझमा रक्ताम्य ओठ बाएको इरिथ्रियम जातका सुनगाभाहरू नयाँ वर्षका नेपाली सौगात हुन् । केही सिम्बिडियम सुनगाभा दशैं-तिहारताका फुल्दछन् । सन् १८२०मा कलकत्ता वनस्पति उद्यानका सुपरीटेन्डेन्ट नाथानियल वालिचले काठमाडौं उपत्यकाको शिवपुरीबाट सङ्कलन गरेको इरिडिवाइडिस प्रजातिका सुन्दर फूलहरू विश्वकै लागि नेपालीको नौलो परिचय बनेका थिए । त्यसअघिसम्म यो सुनगाभाको अस्तित्व बारे संसारमै कसैलाई थाहा थिएन । नेपाली लान्सिफोलियम(en:Lilium lancifolium प्रजातिको सुनगाभा ग्रीष्मयामपछि पनि वर्षाभरि फुल्ने सिम्बिडियममा पर्दछ। यस फूलका बाहिरी तीनवटा तरेलीको आकार खड्गजस्तै लाम्चो र टुप्पो तीखो देखिने हुनाले यसले लान्सिफोलियम अर्थात् भाला वा खड्ग आकारको तरेली भन्ने संज्ञा पाएको हो । यसैगरी ग्रीष्म र वर्षा खप्ने पेण्डूलम प्रजातिका रातो र प्याजी रङका फूलका लहराहरू तख्ताघडीको लङ्गुरझै दायाबायाँ झुलेर पहराका ठूला-ठूला ढुङ्गाका चेपमा लटरम्म फुलिरहेका हुन्छन् । सिम्बिडियम सुनगाभा नेपालका औल, बेसी र चुरेका घाँचमा बढी भेटिन्छन् । यिनका वंशाणुगत गुणहरू कैयौं व्यापारिक सिम्बिडियममा समाहित भइसकेका हुनसक्छन् । 'डेण्ड्रोवियम'का अरू लोकप्रिय प्रजातिमा सुनको गहना जस्तो लटरम्म लर्कने सुनगाभालाई 'डेन्सीफ्लोरम' भनिन्छ। यसको मध्यभागमा केही लाली चढेको भए पनि सबै तरेलीहरू सुनौला हुन्छन् । फूलका झुप्पाहरू घोगाको आकृतिमा भुईंतिर लत्रेर फुल्छन्। यो वनस्पतिको चारपाटे मोटो डाँठ हुन्छ। फूल लटरम्म हुँदा चिल्लापातहरूले शोभा थप्छन्। यसका पहेंला प्रतिस्पर्धी सुनाखरीमध्ये डे. क्रिसान्थम, डे. फिम्ब्रियाटम, डे. क्राइसियम र डे. जिब्सोनी उल्लेखनीय छन् । विछट्टै राम्रो प्याजी रङको डे. नोविले पनि सबैको प्यारो सुनाखरी हो। सुनाखरीमध्ये जिवन्ती नामले प्रख्यात 'डेण्ड्रोवियम माकाराई' ३०/३५ वर्ष पहिले नै त्रिभुवन राजपथबाट ट्रकका ट्रक निकासी हुन्थे । च्यवनप्रासलगायत विभिन्न आयुर्वेदिक औषधिमा प्रयोग हुने यो सुनाखरी आजभोलि प्रायः लोप भएको छ। जिवन्ती नामबाट प्रयोग हुने अरू बिरुवा पनि छन्, तर बढी प्रहार भएको सम्पदा सुनाखरीको प्रजाति नै हो । सुनाखरी दम, खोकी, घाँटी दुखेको तथा ज्वरोमा प्रयोग हुन्छ । यौनवर्द्धक औषधिको रूपमा पनि यसको प्रयोग गरिन्छ । औषधि गुणकै कारण लोपोन्मुख हत्ताजडी (पाँचऔंले) अर्किड परिवारकै वनस्पति हो, तर यो जमीनमा आलु फलेझै फल्छ, उच्च लेकाली क्षेत्रमा । नेपालको तराई, मधेश र चुरे क्षेत्रको २०० मिटरदेखि १५०० मिटरसम्मको उचाइमा पाइने 'डेण्ड्रोवियम एफाइलम' (en:Dendrobium aphyllum सौन्दर्यको दृष्टिले अनुपम हुन्छ। 'एफाइलम'को अर्थ पातविहीन हुन आउँछ। फुल्दा पात नहुने यो सुनाखरी नेपाल, भुटान हुँदै चीनको युनान प्रान्तसम्म फैलिएको छ। युनानका पुष्पप्रेमीहरू यो फूल फुल्दा 'एक हजार एक पुष्पवर्षा' भन्ने उद्गार पोख्दछन्। एउटै बिरुवा पचासौं वर्ष फुल्ने र हप्ता दिनमै ओइलाउने भएकोले पुष्प अनुरागीहरू यो फूल फुलेको हेर्न मौका चुकाउँदैनन्। मधुर वासनायुक्त यस वनस्पतिका लामा–लामा डाँठहरूमा माथिदेखि तलसम्म आँख्ला परेको हुन्छ। ती आँख्लाबाट निस्केका स–साना भेट्नामा दुईदेखि पाँच सेन्टिमिटरसम्मका फूल फक्रन्छन्। फूलका बाहिरी तरेलीहरूमा प्याजी रङका हल्का रेसाहरू देखिन्छ। माझ्मा एउटा हल्का पहेंलो तरेली बटारिएर सोली आकारमा फक्रन्छ। फूलको भित्री भाग प्याजी छिर्काहरूले अझ् आकर्षक देखिन्छ। फूलको रङ ठाउँ अनुसार फरक हुन्छ– प्याजीदेखि गुलावीसम्म।

कथन[सम्पादन गर्ने]

सिम्बिडियम सुनगाभाको सुवास र सौन्दर्यलाई चीनका महान् दार्शनिक कन्फ्यूसियसले २५ सय वर्ष पहिले नै मुक्तकण्ठले तारीफ गरेका सुनगाभाको इतिहासमा अङ्कित छ। कन्फ्यूसियस र बुद्ध समकालीन (सिद्धार्थ गौतम १२ वर्षले मात्र जेठा) हुन्। सिम्बिडियम फूलको चर्चा हजारौं वर्ष पुरानो भएता पनि सिम्बिडियम भन्ने यसको नाम सन् १७९९मा मात्र जुरेको हो। स्वार्ज भन्ने वनस्पतिविज्ञले ग्रीक शब्द किम्बियोनलाई आधार बनाएर सिम्बिडियम नाम दिएका हुन्, जसको शाब्दिक अर्थ डुङ्गा अथवा नाउ हुन आउँछ। केही सिम्बिडियमको मध्यभागको 'ठे तरेली (लिप पेटल) डुङ्गाको आकारमा पसारिएको देखिन्छ। माहुरी र भँवराहरू त्यही तरेलीमा पहिलो पाइलो टेकेर फूलभित्र छिर्छन्।

नेपाल कै जातिय सुनाखरी[सम्पादन गर्ने]

  • Bulbophyllum ambrosia subsp.
  • Eria baniaii
  • Eria nepalensis
  • Eria pokharensis
  • Liparis olivacea Lindl.
  • Neottia nepalensis
  • Malaxis monophyllos var.
  • Malaxis tamurensis Tuyama
  • Oberonia nepalensis
  • Oreorchis pporphyranthes Tuyama
  • Pleione coronaria

खाध्य[सम्पादन गर्ने]

खद्य पदार्थमा वास्नाको लागि प्रयोग हुने भनिला (en:Vanilla) पनि सुनाखरी कै एउटा जात हो |

सुनगाभा फूलका तस्बीरहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

Hara et al. (1978), Rajbhandari & Dahal (2004), Shakya & Shrestha (2007), Shrestha et al. (2007)

Two new species of orchids: Eria annapurnensis L.R.Shakya & M.R.Shrestha, a new species, and Gastrochilus calceolaris var. biflora L.R.Shakya & M.R.Shrestha, a new variety (both Orchidaceae), EDINBURGH JOURNAL OF BOTANY

श्रोत[सम्पादन गर्ने]

  • [१]-सुनगाभासँग बग्दो देश
  1. Stevens, P. F. (2001 onwards). Angiosperm Phylogeny Website Version 9, June 2008 Mobot.org
  2. "WCSP", World Checklist of Selected Plant Families