सुनगाभा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विषयसूची

[सम्पादन गर्ने] भिन्न नाम , एउटै फूल

सुनाखरी

सुनगाभा सुनाखरी अर्किड यी तीनै नामले एउटै फूललाई जनाउछ| सुनगाभा र सुनाखरी नाम केवल स्थान बिषेश अनुसार बोलीचालीमा फरक नाम हुन भने , अर्किड चाहि आयातित नाम| तर काठमाडै का पुष्प् ब्यबसायी हरू विदेशी प्रजाति का सुनगाभा/सुनाखरी लाई अर्किड नै भन्न रुचाउछन |

[सम्पादन गर्ने] के हो सुनगाभा

सुनगाभा अथवा सुनाखरी भनेपछि बूढो रूखको बुईं चढेर झयाउ र उन्यूले बेरिएका हाँगा र टोड्कामा लटरम्म लत्रिएका विभिन्न रङका फूलका लहराहरूको सम्झ्ना आउँछ। प्रायः सबै रूखका हाँगा र कापमा उम्रने गरेपनि सुनगाभाहरू परजीवी हुँदैनन्। यिनले ऐंजेरुले झै आफू चढेकै वृक्षमा जरा गाडेर खाद्य-रस चुस्दैनन्, हावाबाटै मलजल प्राप्त गर्दछन्। कुनै-कुनै प्रजाति त जमीनमै उम्रन्छ, रूख चढ्दा पनि चढ्दैन।

[सम्पादन गर्ने] विभिन्नता

अर्किड परिवारभित्र १७ हजार प्राकृतिक तथा हजारौं मानवकृत ठिमाहा जातजातिका वनस्पति पर्दछन्। पुष्पमेलामा देखिने ठिमाहा जातको वर्चस्वलाई अरू वनस्पतिले उछिन्न गाह्रो छ, किनभने यिनका पुष्पाकृति, रङ, साजसज्जा र आकर्षण अरूको भन्दा बिल्कुलै बेग्लै र कौतुहलमय छन्। सुनगाभा परिवारका कुनै-कुनै फूलहरूको परागसेचन र गर्भाधान प्रक्रिया पत्याइनसक्नुको हुन्छ। यसलाई सफल बनाउन भँवरा, माहुरी, बारुला, कमिला र अन्य विभिन्न कीटपतङ्गहरूलाई आकर्षित गर्ने ती सुनगाभाको रूपरङ र सजावट यति आकर्षक हुन्छ, यौन-उत्तेजनाले मत्त कुनै-कुनै बारुलाहरू फूललाई नै पोथी ठानेर सम्भोग गर्न पुग्दछन्। युरोपमा पाइने 'फ्रिस जातिको सुनगाभाको यस्तो करामत नेपालका सुनगाभामा भने देख्न पाइँदैन।

सिम्बिडियम(en:Cymbidium सुनगाभाका फूलहरूलाई माउबोटबाट काटेर फूलदानमा राख्दा पनि महिनौंसम्म तिनको मोहिनी रूप मूझराउँदैन र रङ खुइलिँदैन भने बागबगैँचा वा उद्यानको त कुरै बेग्लै। राम्रो स्याहारसुसार खोज्ने यी बिरुवाहरू हत्तपत्त मर्दैनन्। सिम्बिडियमका प्राकृतिक प्रजातिको सङ्ख्या तीन सयभन्दा धेरै छ भने नेपालमा पनि बाक्लो वन भएका क्षेत्रमा ११ प्रजाति भेटिन्छन्। पुष्पाकृति र रङशोभाका दृष्टिले सबै प्रजाति उत्कृष्ट कोटिमा पर्दछन्।चैतदेखि जेठ सिम्बिडियम फुल्ने याम हो। यसका स्वच्छ सेता फूलभित्रको तल्लो 'ठमा हल्का सुनौलो जलप भएको इवर्नियम र इमरल्ड, यूँको फिका हरियो तरेलीहरूको माझ्मा छिरबिरे राता बुट्टाले सजिएको डेभोनियानम, सेतो किनारा छोडेर छ्याप्पै रातो पोतिएका तरेलीहरूका माझ्मा रक्ताम्य 'ठ बाएको इरिथि्रयम जातका सुनगाभाहरू नयाँ वर्षका नेपाली सौगात हुन्।

केही सिम्बिडियम सुनगाभा दशैं-तिहारताका फुल्दछन्। सन् १८२०मा कलकत्ता वनस्पति उद्यानका सुपरीटेन्डेन्ट नाथानियल वालिचले काठमाडौं उपत्यकाको शिवपुरीबाट सङ्कलन गरेको इरिडिवाइडिस प्रजातिका सुन्दर फूलहरू विश्वकै लागि नेपालीको नौलो परिचय बनेका थिए। त्यसअघिसम्म यो सुनगाभाको अस्ितत्वबारे संसारमै कसैलाई थाहा थिएन। नेपाली लान्सिफोलियम(en:Lilium lancifolium प्रजातिको सुनगाभा ग्रीष्मयामपछि पनि वर्षाभरि फुल्ने सिम्बिडियममा पर्दछ। यस फूलका बाहिरी तीनवटा तरेलीको आकार खड्गजस्तै लाम्चो र टुप्पो तीखो देखिने हुनाले यसले लान्सिफोलियम अर्थात् भाला वा खड्ग आकारको तरेली भन्ने संज्ञा पाएको हो। यसैगरी ग्रीष्म र वर्षा खप्ने पेण्डूलम प्रजातिका रातो र प्याजी रङका फूलका लहराहरू तख्ताघडीको लङ्गुरझै दायाबायाँ झुलेर पहराका ठूला-ठूला ढुङ्गाका चेपमा लटरम्म फुलिरहेका हुन्छन्। सिम्बिडियम सुनगाभा नेपालका औल, बेसी र चुरेका घाँचमा बढी भेटिन्छन्। यिनका वंशाणुगत गुणहरू कैयौं व्यापारिक सिम्बिडियममा समाहित भइसकेका हुनसक्छन्, जसको हामीले अध्ययन-अनुसन्धान गर्न सकेका छैनौं। व्यवस्िथत अध्ययन-अनुसन्धान हुनसकेमा हाम्रा रैथाने सिम्बिडियमहरूले नयाँ बजार भेट्ने निश्चित नै छ।

[सम्पादन गर्ने] कथन

सिम्बिडियम सुनगाभाको सुवास र सौन्दर्यलाई चीनका महान् दार्शनिक कन्फ्यूसियसले २५ सय वर्ष पहिले नै मुक्तकण्ठले तारीफ गरेका सुनगाभाको इतिहासमा अङ्कित छ। कन्फ्यूसियस र बुद्ध समकालीन (सिद्धार्थ गौतम १२ वर्षले मात्र जेठा) हुन्। सिम्बिडियम फूलको चर्चा हजारौं वर्ष पुरानो भएता पनि सिम्बिडियम भन्ने यसको नाम सन् १७९९मा मात्र जुरेको हो। स्वार्ज भन्ने वनस्पतिविज्ञले ग्रीक शब्द किम्बियोनलाई आधार बनाएर सिम्बिडियम नाम दिएका हुन्, जसको शाब्दिक अर्थ डुङ्गा अथवा नाउ हुन आउँछ। केही सिम्बिडियमको मध्यभागको 'ठे तरेली (लिप पेटल) डुङ्गाको आकारमा पसारिएको देखिन्छ। माहुरी र भँवराहरू त्यही तरेलीमा पहिलो पाइलो टेकेर फूलभित्र छिर्छन्।

[सम्पादन गर्ने] नेपाल कै जातिय सुनाखरी

  • Bulbophyllum ambrosia subsp.
  • Eria baniaii
  • Eria nepalensis
  • Eria pokharensis
  • Liparis olivacea Lindl.
  • Neottia nepalensis
  • Malaxis monophyllos var.
  • Malaxis tamurensis Tuyama
  • Oberonia nepalensis
  • Oreorchis pporphyranthes Tuyama
  • Pleione coronaria

[१]

[सम्पादन गर्ने] खाध्य

खद्य पदार्थमा वास्नाको लागि प्रयोग हुने भनिला (en:Vanilla) पनि सुनाखरी कै एउटा जात हो |

[सम्पादन गर्ने] सन्दर्भ सामाग्री

Hara et al. (1978), Rajbhandari & Dahal (2004), Shakya & Shrestha (2007), Shrestha et al. (2007)

Two new species of orchids: Eria annapurnensis L.R.Shakya & M.R.Shrestha, a new species, and Gastrochilus calceolaris var. biflora L.R.Shakya & M.R.Shrestha, a new variety (both Orchidaceae), EDINBURGH JOURNAL OF BOTANY

[सम्पादन गर्ने] श्रोत

[२] नेपाली अर्किड

[सम्पादन गर्ने] सुनगाभा फूलका तस्बीरहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा